Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

डिपिआरविनै १,२०० संरचना ध्वस्तः वीरगंज मेनरोड विस्तारको हतारमाथि प्रश्न ! विकास कि विनाश ?

सडक विस्तारको मूल आधार मानिने डिपिआर नै अन्तिम चरणमा नपुगेको अवस्थामा यति ठूलो मात्रामा संरचना भत्काइनु ‘योजनाविहीन कार्यान्वयन’ भएको आरोप स्थानीय तहदेखि सरोकारवालासम्मबाट उठेको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख ८, २०८३
डिपिआरविनै १,२०० संरचना ध्वस्तः वीरगंज मेनरोड विस्तारको हतारमाथि प्रश्न ! विकास कि विनाश ?

वीरगंज (पर्सा), ८ वैशाख । वीरगंज महानगरपालिकाको मुख्य सडक विस्तारका लागि सञ्चालन गरिएको अतिक्रमण हटाउने अभियान डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) नै तयार नभएको अवस्थामा तीव्र गतिमा अघि बढाइएको भन्दै प्रश्न उठ्न थालेका छन् । आइतबारदेखि सुरु गरिएको अभियान सोमबारमै सम्पन्न गर्दै करिब १ हजार २ सय घरटहरा भत्काइएपछि प्रक्रिया र योजनाबद्धतामाथि आलोचना चुलिएको हो ।

त्रिभुवन राजपथअन्तर्गत गण्डक चोकदेखि नेपाल–भारत मितेरी पुलसम्मको करिडोरमा सञ्चालन गरिएको उक्त अभियानमा प्रशासनको निर्देशनपछि डोजर परिचालन गरी संरचना हटाइएको थियो । तर, सडक विस्तारको मूल आधार मानिने डिपिआर नै अन्तिम चरणमा नपुगेको अवस्थामा यति ठूलो मात्रामा संरचना भत्काइनु ‘योजनाविहीन कार्यान्वयन’ भएको आरोप स्थानीय तहदेखि सरोकारवालासम्मबाट उठेको छ ।

सडक डिभिजन कार्यालय हेटौंडाकी इन्जिनियर दिलासा तिवारीका अनुसार हालसम्म डिपिआर तयार गर्ने प्रक्रिया उत्तर–दक्षिण आयोजना निर्देशनालयसँग समन्वयमा जारी छ । उनका अनुसार आवश्यक अध्ययन पूरा भएपछि मात्र बजेट सुनिश्चित हुने र त्यसपछि मात्रै ६ लेन विस्तारको ठेक्का प्रक्रिया अघि बढाइनेछ । तर, स्थानीय व्यवसायी र प्रभावित नागरिकहरूले भने बिना स्पष्ट डिजाइन, लागत र मुआब्जा संरचना हटाइनु अन्यायपूर्ण भएको गुनासो गरेका छन् ।

‘पहिले योजना, त्यसपछि कार्यान्वयन हुनुपर्नेमा पहिले घर भत्काइयो, अहिले योजना बनाउने कुरा हुँदैछ,’ एक स्थानीय व्यापारीले भने । यसैबीच, प्रशासनले शनिबार साँझ १२ घण्टाभित्र संरचना हटाउन दिएको निर्देशनपछि अभियान तीव्र बनाइएको थियो । छोटो समयमै गरिएको व्यापक डोजर कारबाहीपछि अहिले वीरगंजको मुख्य बजार क्षेत्र ध्वस्त संरचनाका अवशेषले भरिएको छ ।

फोहोर र भग्नावशेष व्यवस्थापन नहुँदा सडक क्षेत्र अस्तव्यस्त बनेको छ, जसले व्यापारिक गतिविधि र आवागमनमा प्रत्यक्ष असर पारेको छ । यता, सडक डिभिजन कार्यालयले डिपिआर तयार गर्न ३ देखि ४ महिना लाग्ने र आगामी आर्थिक वर्षदेखि मात्र निर्माण प्रक्रिया अघि बढ्ने जनाएको छ । निर्माण सम्पन्न हुन कम्तीमा दुई वर्ष लाग्ने प्रक्षेपण गरिएको छ ।

तर, योजना नै अन्तिम रूप नलिई गरिएको यस्तो व्यापक भत्काइले विकासभन्दा बढी व्यवस्थापकीय अव्यवस्था र स्थानीय असन्तोष बढाएको देखिएको छ । अबको मुख्य प्रश्न भनेको डिपिआर बिना गरिएको यो कारबाही विकास हो वा जल्दोबोल्दो निर्णयको परिणाम ?

Tags: योजनाविनै वीरगंजमा विध्वंसः ‘चुपचाप’ एक हजार २०० संरचना सखाप
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि