Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय रास्वपा पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सर्वोच्चको फैसलाअनुसार मेनरोड विस्तार, अधिवक्ता पटेलको स्पष्ट धारणा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख ७, २०८३
सर्वोच्चको फैसलाअनुसार मेनरोड विस्तार, अधिवक्ता पटेलको स्पष्ट धारणा

वीरगंज (पर्सा), ७ वैशाख । वीरगंजको मुख्य सडक (मेनरोड) विस्तार अन्ततः कार्यान्वयनको चरणमा पुगेको छ । अधिवक्ता चन्द्रिका पटेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै हाल भइरहेको संरचना हटाउने कार्य कुनै हुकुमी शैली वा दमन होइन, बरु सर्वोच्च अदालतको आदेशअनुसार अघि बढाइएको प्रक्रिया भएको स्पष्ट पारेका छन् ।

उनका अनुसार यो अभियान न त राजनीतिक शक्ति प्रदर्शन हो, न राज्यद्वारा गरिएको आतंक, बल्कि विधिको शासन कार्यान्वयनको प्रत्यक्ष उदाहरण हो । ‘लोकतान्त्रिक व्यवस्थामा कानुनभन्दा माथि कोही हुँदैन न सरकार, न नागरिक,’ भन्ने उनको भनाइ छ ।

पटेलले मेनरोड विस्तारको आधार हालको सरकार नभई २०७६ सालमै गरिएको निर्णय भएको उल्लेख गरेका छन् । उनले प्रस्तुत गरेको तथ्यअनुसार २०३४ सालमै राजपत्रमा प्रकाशित सूचनाले वीरगंजको मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्रलाई सडक सीमा तोकेको थियो ।

त्यसपछि २०७६ भदौ ६ गते सडक विभागअन्तर्गत व्यापारिक मार्ग विस्तार आयोजना, वीरगंज–पथलैया सडक कार्यालयले उक्त सीमाभित्रका संरचना हटाउन सूचना जारी गरेको थियो । सो निर्णयविरुद्ध मुआब्जा माग गर्दै दायर गरिएको रिट (०७७–डब्लु ओ–०७३३) लाई सर्वोच्च अदालतले २०८१ फागुन २८ गते खारेज गरेपछि बाटो खुलेको हो ।

अदालतको उक्त फैसलापछि सडक डिभिजन कार्यालय हेटौंडाले अहिले वीरगंजमा संरचना हटाउने काम अघि बढाएको छ । यद्यपि, पटेलले व्यवसायी तथा स्थानीयलाई तयारीका लागि केही समय दिइएको भए अझ उपयुक्त हुने धारणा राखेका छन् । उनका अनुसार ‘केही दिनको समय दिएको भए झन् राम्रो सन्देश जाने थियो ।’

ढिलाइ भएपनि अन्ततः सही निर्णय कार्यान्वयनमा आएको उल्लेख गर्दै उनले अब राज्यले अभिभावकीय भूमिका निर्वाह गर्दै सहरको समग्र विकासलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । ‘२०७६ मा सुरु हुन नसकेको काम २०८३ मा भएपनि सहरको हितका लागि सकारात्मक कदम हो,’ भन्ने उनको निष्कर्ष छ ।

Tags: अधिवक्ता चन्द्रिका पटेल
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बैशाख ७, २०८३
जितगढी विजयउत्सवः राष्ट्रिय स्वाभिमानमा इतिहास रचेको दिन

जितगढी विजयउत्सवः राष्ट्रिय स्वाभिमानमा इतिहास रचेको दिन

बैशाख ७, २०८३
पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु उद्दार केन्द्र संचालनमा

पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु उद्दार केन्द्र संचालनमा

बैशाख ७, २०८३
सर्वोच्चको फैसलाअनुसार मेनरोड विस्तार, अधिवक्ता पटेलको स्पष्ट धारणा

सर्वोच्चको फैसलाअनुसार मेनरोड विस्तार, अधिवक्ता पटेलको स्पष्ट धारणा

बैशाख ७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि