Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

१०० रुपैयाभन्दा बढिको सामानमा भन्सार कडाई, सरकारको निर्णयविरुद्ध चौतर्फी असन्तुष्टि

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख ७, २०८३
आधा किलोमिटरमा आधा दर्जन स्थानमा चेकजाँच, तर पनि लागुऔषध देखि हातहतियार वीरगंजसम्म !

वीरगंज (पर्सा), ७ वैशाख । भारतीय बजारबाट १०० रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने नियमको कडाइका साथ कार्यान्वयन सुरु भएपछि सर्वसाधारणदेखि राजनीतिक दलसम्म असन्तुष्टि चुलिएको छ । खुला सीमामा निर्भर रहेका सीमावर्ती बासिन्दा प्रत्यक्ष प्रभावित भएपछि यो विषय राजनीतिक बहसको केन्द्रमा पुगेको छ ।

आइतबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकमा समेत यो मुद्दा उठाइएको थियो । बैठकमा सचिवालय सदस्य दीपक बोहोराले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग उक्त नियमको औचित्यमाथि प्रश्न उठाएका थिए ।

यसैबीच, नेपाली कांग्रेसले पनि सरकारको निर्णयप्रति आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ । कांग्रेसका प्रवक्ता देवराज चालिसेद्वारा जारी वक्तव्यमा यो कदम जनविरोधी, अव्यवहारिक र असंवेदनशील भएको उल्लेख गरिएको छ । सीमावर्ती क्षेत्रमा सस्तो सामान किनेर जीविकोपार्जन गर्ने मधेस प्रदेशका न्यून आय भएका नागरिक र साना किसानमाथि यसले थप बोझ थोपरेको कांग्रेसको आरोप छ ।

महँगी चर्किएको वर्तमान अवस्थामा डिजेलको मूल्य प्रतिलिटर २३७ रुपैयाँ पुगिसकेको सन्दर्भ उल्लेख गर्दै कांग्रेसले सानो परिमाणको खरिदमा समेत कर लगाउनु गरिबीलाई झन् गहिरो बनाउने नीति भएको बताएको छ ।

विवाद बढ्दै जाँदा सरकारका उच्च स्रोतले भने यो कुनै नयाँ नियम नभई झण्डै तीन दशकअघिदेखि अस्तित्वमा रहेको व्यवस्था मात्र कडाइका साथ लागू गरिएको दाबी गरेको छ । यद्यपि, सीमावर्ती नागरिकहरूको असन्तुष्टिलाई ध्यानमा राख्दै यसलाई कसरी सहज बनाउने भन्नेबारे आन्तरिक रूपमा छलफल भइरहेको जानकारी पनि दिइएको छ ।

उता, विपक्षी दलहरूले भने नीतिमा विभेद देखिएको भन्दै आलोचना गरेका छन् । हवाई मार्गबाट ठूलो परिमाणमा सामान भित्र्याउनेलाई सहजता दिइँदा साना उपभोक्तामाथि कर लगाइनु अनुचित भएको उनीहरूको भनाइ छ । कांग्रेसले दैनिक उपभोग्य वस्तुमा भन्सार छुट दिन, इन्धन मूल्य नियन्त्रण गर्न र मधेश प्रदेशका लागि विशेष राहत प्याकेज ल्याउन सरकारसँग माग गर्दै निर्णय पुनर्विचार गर्न दबाब दिएको छ ।

Tags: १०० रुपैया बढिको सामानमा भन्सार शुल्क
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

अशोज २७, २०८३
महोत्तरीमा दसैँको सुरक्षा कडा, सामाजिक सञ्जालमा २४ घण्टा निगरानी

महोत्तरीमा दसैँको सुरक्षा कडा, सामाजिक सञ्जालमा २४ घण्टा निगरानी

अशोज २७, २०८३
नेपाल राष्ट्र बैंक वीरगंजमा दशैं लक्षित नयाँ नोट वितरण सुरु

नेपाल राष्ट्र बैंक वीरगंजमा दशैं लक्षित नयाँ नोट वितरण सुरु

अशोज २७, २०८३
११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना नियन्त्रणमा

११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना नियन्त्रणमा

अशोज २७, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि