वीरगंज (पर्सा), ६ वैशाख । नेपाल भारत सीमा क्षेत्र शंकराचार्य गेट स्थित जनअधिकार पार्टीले धर्ना दिएको छ । भारतबाट १०० रुपैयाँ बढी मूल्यको सामान ल्याउँदा भन्सार कर तिर्नुपर्ने नियमको विरोधमा जनअधिकार पार्टीका अध्यक्ष डा. शरदसिंह यादवको अगुवाइमा उक्त पार्टीका नेता कार्यकर्ताले आइतबार वीरगंज नाकास्थित शंकराचार्य गेटस्थित सडकमै एक घण्टा धर्ना दिएका हुन् ।
सरकारले भन्सार कर असुल्ने नाममा नेपाल र भारतबीचको रोटीबेटीको सम्बन्धमा नै खलल पुरर्याउने नियतले उक्त हास्यास्पद नियम लगाएको अध्यक्ष यादवले आरोप लगाए । खासगरी सीमा क्षेत्रका मधेसका जनतालाई सास्ती दिनेगरी भन्सारमा लगाइएको उक्त नियम तत्काल खारेज गर्नुपर्ने आँफुहरुको माग रहेको उनले बताए ।
मधेशी मूलका व्याक्ति बालेन शाह प्रधानमन्त्री हुदाँ सबैभन्दा बढी उत्साहित मधेसकै जनता भएको भएपनि सरकार बनेको २२ दिनमै मधेसीका लागि यो सरकारले अप्रिय नियम लगाउनु दुखद भएको उनको भनाई छ ।







प्रतिक्रिया दिनुहोस् !