Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

प्रशासनले शनिबार साँझ नै सूचना जारी गर्दै आइतबार बिहान साढे ४ बजेसम्म सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गर्न निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार आइतबार बिहानैदेखि डोजर र एक्साभेटर प्रयोग गरी घर, टहरा तथा अन्य संरचनाहरू हटाउन थालिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख ६, २०८३
१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

वीरगंज (पर्सा), ६ वैशाख । लामो समयदेखि अन्योलमा रहेको त्रिभुवन राजपथअन्तर्गत वीरगंजको मुख्य सडक विस्तार कार्य अन्ततः आइतबार बिहानबाट औपचारिक रूपमा सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको नेतृत्वमा बिहान सबेरैदेखि सडक सीमाभित्र परेका अतिक्रमित संरचनाहरू हटाउने अभियान अघि बढाइएको हो । प्रशासनले शनिबार साँझ नै सूचना जारी गर्दै आइतबार बिहान साढे ४ बजेसम्म सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गर्न निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार आइतबार बिहानैदेखि डोजर र एक्साभेटर प्रयोग गरी घर, टहरा तथा अन्य संरचनाहरू हटाउन थालिएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद दाहालका अनुसार नेपाल–भारत मितेरी पुलदेखि गण्डक चोकसम्मको सडक खण्डमा केन्द्ररेखाबाट दुवैतर्फ २५ मिटरभित्र पर्ने सम्पूर्ण संरचना हटाइँदैछ । सडक विस्तारलाई गति दिन भन्सार क्षेत्र, घण्टाघर, मुर्ली र चिनी मिल आसपासका स्थानहरूमा एकैसाथ काम अगाडि बढाइएको छ । सडक डिभिजन कार्यालय हेटौँडाका अनुसार विस्तार कार्यलाई प्रभावकारी बनाउन पाँच फरक स्थानबाट समानान्तर रूपमा काम सुरु गरिएको छ । डोजर र एक्साभेटरसहित करिब एक दर्जन उपकरण परिचालनमा रहेका छन् भने सुरक्षाको दृष्टिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

वीरगंज महानगरपालिका, सडक डिभिजन कार्यालय, स्थानीय प्रशासन र सुरक्षानिकायबीच समन्वय गरी अतिक्रमण हटाउने काम भइरहेको छ । प्रशासनले चरणबद्ध रूपमा संरचना हटाउँदै सडक विस्तार अभियानलाई निरन्तरता दिने जनाएको छ । यसअघि करिब १३ वर्षदेखि रोकिएको यो योजना सर्वोच्च अदालतको फैसलापछि कार्यान्वयनमा आएको हो । २०८१ फागुन २८ गते सर्वोच्च अदालतले सडक विस्तारसम्बन्धी मुद्दामा सरकारको पक्षमा फैसला गर्दै जग्गाधनीहरूले दायर गरेको रिट खारेज गरेपछि योजना अघि बढ्ने बाटो खुलेको हो ।

रिट निवेदकहरूले मुआब्जा तथा वैकल्पिक व्यवस्थाको माग गर्दै मुद्दा दायर गरेका थिए । उनीहरूले जग्गा प्राप्ति ऐन, २०३४ र सार्वजनिक सडक ऐन, २०३१ अनुसार प्रक्रिया नअपनाइएको दाबी गरे पनि अदालतले उक्त दाबी अस्वीकार गरेको छ । अब अतिक्रमण हटाउने कार्यसँगै वीरगंजको मुख्य सडकलाई व्यवस्थित, फराकिलो र सुरक्षित बनाउने लक्ष्यका साथ विस्तार अभियानलाई तीव्रता दिइएको छ ।

वीरगंज सडक विस्तारमा जेन जि यूथ फोर्स पर्साको समर्थन
वीरगंजको मुख्य सडक फराकिलो बनाउने अभियानप्रति जेन जि यूथ फोर्स पर्साले औपचारिक समर्थन जनाएको छ। संस्थाले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत उक्त कार्यप्रति पूर्ण साथ रहने स्पष्ट पारेको हो । शहरलाई व्यवस्थित, आकर्षक र सुरक्षित बनाउने उद्देश्यले चालिएको यो कदम सकारात्मक रहेको संस्थाको धारणा छ।

विज्ञप्तिमा २५/२५ मिटरको मापदण्डअनुसार गरिने सडक विस्तारले दीर्घकालीन रूपमा शहरी व्यवस्थापनमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ । यससँगै, अभियानलाई पारदर्शी, निष्पक्ष तथा जनहितमुखी तरिकाले अगाडि बढाउन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइएको छ । जेन जि यूथ फोर्स पर्साले सम्पूर्ण नगरवासीलाई समेत यस अभियानमा सक्रिय सहयोग गर्न आह्वान गरेको छ । वीरगंजलाई अझ व्यवस्थित र उत्कृष्ट शहरका रूपमा विकास गर्न सबै पक्षको सहकार्य अपरिहार्य रहेको संस्थाका संयोजक विशेष साहले बताएका छन् ।

Tags: लामो विवाद अन्त्य: सडक विस्तारका लागि वीरगंजमा डोजर चल्यो
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

जेष्ठ ३, २०८३
मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

जेष्ठ ३, २०८३
संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

जेष्ठ ३, २०८३
लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

जेष्ठ ३, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि