Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जा गुइँठाको प्रयोग गरिँदै

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २९, २०८२
रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जा गुइँठाको प्रयोग गरिँदै

गरुडा (रौतहट), २९ चैत । रौतहटको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग गरिँदै आइएको छ । यहाँका ग्रामीण भेगका नागरिकले हिजोआज खाना पकाउनका लागि परम्परागत चुलोमा गुइँठाको प्रयोग गर्दै आएका छन् । ग्रामीण क्षेत्रका आर्थिक अवस्था कमजोर भएका, विपन्न तथा दलित परिवारले परम्परागत चुलोको प्रयोग गर्दै आएका हुन् ।

खाना पकाउने ग्यास अभाव तथा चर्को मूल्य पर्ने भएपछि चुलोमा गुइँठा (गोबरबाट बनेको) प्रयोग गर्दै आइएको स्थानीय बताउँछन् । वनजङ्गल मासिँदै जाँदा दाउराको अभाव भएपछि गाईभैँसीको गोबरबाट बनेका गुइँठालाई खाना बनाउन दैनिक रूपमा प्रयोग गर्दै आएको बृन्दावन नगरपालिका–१ का अदित्यकुमार रजकले बताए ।

आर्थिक अवस्था कमजोर भएका परिवारले महँगोमा ग्यास किनेर प्रयोग गर्न नसक्ने र यसलाई ल्याउन पनि टाढा जानुपर्ने भएकाले आफूहरूले गाईवस्तुको गोबरबाट गुइँठा बनाएर प्रयोग गर्ने गरेको उनको भनाइ छ । गुइँठाको आगोले खाना छिटो पाक्ने र धुँवा पनि कम निस्किने भएकाले तराई–मधेसका ग्रामीण क्षेत्रमा यसको प्रयोग बढी मात्रा हुने बृन्दावन नगरपालिका–३ का प्रमोद यादवले बताए । गोबरमा भुस, पराल, मकैको ठठेरोलगायत वस्तु राखेर गोबरलाई सुकाएर गुइँठा तयार पारिने जानकारी दिँदै उनले पछिल्लो समय भान्छामा यसको प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि भएको बताए ।

दाउरा अभाव बढ्दै जाँदा यहाँका स्थानीय बासिन्दाले गुइँठालाई भरपर्दो इन्धनका रूपमा पुनः अपनाउन थालिएको यादवको धारणा छ । वनजङ्गल टाढा हुनु, पहिलाजस्तो सहज रूपमा दाउरा उपलब्ध नहुनु, बढ्दो इन्धन सङ्कटलगायत कारणले गुइँठा प्रयोग गर्नेको सङ्ख्या बढिरहेको उनको बुझाइ छ । विशेषगरी दाउरा अभाव भएका क्षेत्रमा स्थानीयले गुइँठाभित्र सानो बाँस वा अन्य काठ राखेर बल्ने क्षमतायुक्त ‘गुइँठा दाउरा’ बनाउने र घरघरमै उपलब्ध हुने गाईभैँसीको गोबरबाट तयार गरिने गुइँठा अहिले सस्तो र सहज विकल्पका रूपमा स्थापित हुँदै गएको गढीमाई नगरपालिका(८ का अशोक यादवले बताए ।

गुइँठा परम्परागत इन्धनमात्र होइन, अहिलेको सन्दर्भमा व्यावहारिक वैकल्पिक स्रोत पनि भएको बताउँदै यसलाई व्यवस्थित रूपमा प्रवद्र्धन गर्न सकियो भने तराई क्षेत्रमा ग्यास र दाउरामा निर्भरता कम गर्न सकिने यादवको धारणा छ । सरकारले गुइँठालाई दिगो इन्धनका रूपमा विकास गर्न स्पष्ट नीति तथा योजना ल्याउन सके ग्रामीण भेगका लागि यो दीर्घकालीन समस्याको समाधान बन्न सक्ने उनको भनाइ छ ।

यहाँ केही नगरपालिकाले निःशुल्क ग्याससहित चुलो नागरिकलाई वितरण गरेको भए तापनि सोही नगरपालिकाका नागरिकले समेत गोबरको गुइँठा बनाएर वैकल्पिक ऊर्जाका रूपमा प्रयोग गरिरहेका छन् । जिल्लाको मौलापुर, फतुवा विजयपुर, कटहरिया, गुजरा, परोहालगायत नगरपालिकाले स्थानीयलाई ग्याससहितको चुलो वितरण गरेको थियो । स्थानीय तह निर्वाचनको घोषणापत्रमा नै घरघरमा ग्यास चुलो प्रदान गरी धुवाँमुक्त गाउँ बनाउने प्रतिबद्धता गरेसँगै निर्वाचित जनप्रतिनिधिले स्थानीयलाई ग्यास चुलो वितरण गरेका थिए ।

रौतहटको गौर, इशनाथ, गरुडा, मौलापुर, यमुनामाई, देवाही गोनाही, बृन्दावन, गुजरा, राजपुर र कटहरियालगायत जिल्लाका १८ वटै स्थानीय तहका ग्रामीण भेगका नागरिक ग्यास चुलो थन्क्याएर गोबरको गुइँठा बनाइराखेका छन् । चन्द्रपुर नगरपालिकाले आफ्नो नगर क्षेत्रमा करिब दुई हजारभन्दा बढी विद्युतीय चुलो वितरण गर्न थालेको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले जानकारी दिए । चन्द्रपुर नगरपालिकाको १० वटै वडामा प्रतिवडा दुई सयको दरले विद्युतीय चुलो वितरण गर्न थालिएकाले आवेदन फारम समेत सङ्कलन गरिसकेको नगरप्रमुख काफ्लेले जानकारी दिए । रासस

Tags: वैकल्पिक ऊर्जा गुइँठा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि