Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कालिकामाई उपमेयर कप टी–२०ः पोखरिया क्रिकेट क्लबको रोमाञ्चक जित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २९, २०८२
कालिकामाई उपमेयर कप टी–२०ः पोखरिया क्रिकेट क्लबको रोमाञ्चक जित

वीरगंज (पर्सा), २९ चैत । पर्साको कालिकामाई गाउँपालिकामा आयोजित दोस्रो गाउँपालिका स्तरीय उपमेयर कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि पोखरिया क्रिकेट क्लबले जितेको छ । मुडली क्रिकेट क्लबको आयोजनामा तथा गाउँपालिकाको सहयोगमा सम्पन्न प्रतियोगिताको फाइनल खेल अत्यन्त प्रतिस्पर्धात्मक बनेको थियो ।

फाइनलमा कालिकामाई क्रिकेट क्लब र पोखरिया क्रिकेट क्लबबीच भएको भिडन्तमा कालिकामाईले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २५० रनको विशाल योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको पोखरिया क्रिकेट क्लबले आक्रामक प्रदर्शन गर्दै १८ ओभरमै ६ विकेट गुमाएर २५६ रन बनाउँदै रोमाञ्चक जित हात पारेको हो ।

पोखरियाका कप्तान इरसाद मियाँले उत्कृष्ट प्रदर्शन गर्दै १५६ रनको विस्फोटक इनिङ खेलेका कारण ‘म्यान अफ द म्याच’ घोषित भए । विजेता टोली पोखरिया क्रिकेट क्लबलाई नगद ५० हजार ५१ रुपैयाँसहित शिल्ड प्रदान गरिएको थियो । उक्त पुरस्कार पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले हस्तान्तरण गरेका थिए । उपविजेता कालिकामाई क्रिकेट क्लबले नगद २५ हजारसहित दोस्रो शिल्ड प्राप्त गरेको छ, जुन गाउँपालिका उपाध्यक्ष राजमती देवी बरैनीले प्रदान गरिन् ।

कार्यक्रममा बोल्दै पूर्व मन्त्री रिजालले खेलले युवाको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै स्थानीय खेलकुदलाई प्राथमिकता दिनुपर्ने बताए । उनले आगामी दिनमा खेल क्षेत्रको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

मुडलीस्थित खेलमैदानमा सम्पन्न प्रतियोगिता गाउँपालिका अध्यक्ष बुलट पटेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा उपाध्यक्ष राजमती देवी बरैनी, नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, कोषाध्यक्ष प्रेम थापा, वाणिज्य अधिकृत सुनिल चौरसिया, वडा अध्यक्ष लालबाबु चौरसिया लगायत विभिन्न जनप्रतिनिधि, नेता, खेलाडी तथा दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतियोगितामा कुल ८ वटा टोलीको सहभागिता रहेको थियो । साथै, खेललाई थप रोमाञ्चक बनाउन प्रत्येक छक्कामा १ हजार रुपैयाँ पुरस्कार दिने घोषणा वडा अध्यक्ष लालबाबु चौरसियाले गरेका थिए । सोही अनुसार खेलभर ५४ वटा छक्का प्रहार हुँदा कुल ५४ हजार रुपैयाँ नगद वितरण गरिएको थियो । प्रतियोगिताले स्थानीयस्तरमा क्रिकेटप्रतिको आकर्षण र उत्साह झन् बढाएको देखिएको छ ।

Tags: कालिकामाई उपमेयर कप टी-२०
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

जेष्ठ ४, २०८३
कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

जेष्ठ ४, २०८३
रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

जेष्ठ ४, २०८३
महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

जेष्ठ ४, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि