Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

खेतमै आगो, बस्ती खतरा : किसानको अभ्यासले बढायो आगलागी जोखिम

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २८, २०८२
खेतमै आगो, बस्ती खतरा : किसानको अभ्यासले बढायो आगलागी जोखिम

वीरगंज (पर्सा), २८ चैत । गहुँबाली भित्र्याउने क्रम अन्तिम चरणमा पुगेसँगै खेतमा बाँकी रहेका छवाली र ठुट्टा जलाउने प्रचलनले ग्रामीण क्षेत्रमा आगलागीको जोखिम तीव्र बनाएको छ । हाल करिब ८० प्रतिशतभन्दा बढी गहुँ कटानी भइसकेको छ भने बाँकी बाली भित्र्याउने काम जारी छ । कटानी सम्पन्न भएका खेतहरूमा दैनिक रूपमा छवाली जलाउने क्रम बढेको छ ।

चर्को घाम र पछुवा हावाका कारण सानो आगोसमेत नियन्त्रणबाहिर गई फैलिने गरेको छ, जसले नजिकका बस्ती र अन्य बालीमा क्षति पुर्‍याउने खतरा बढाएको छ । हालै पर्सागढी नगरपालिका–५ मा छवाली जलाउने क्रममा आगो अनियन्त्रित भई भित्र्याउन बाँकी रहेको गहुँबालीमै फैलिएको थियो । उक्त आगो स्थानीय तहका बारुणयन्त्र प्रयोग गरी नियन्त्रणमा लिइएपनि यस घटनाले जोखिमको गम्भीरता उजागर गरेको छ ।

हरेक वर्ष यस्तै लापरवाहीका कारण बिघौँ जमिनमा लगाइएको गहुँबाली जलेर नष्ट हुने गरेको तथ्यले समस्या झन् गम्भीर बनेको देखिन्छ । जिल्ला विपद् व्यवस्थापन समिति पर्साले आगलागी नियन्त्रणका लागि पूर्वतयारी तीव्र बनाएको जनाएको छ । समितिका प्रतिनिधिका अनुसार जिल्लाका सबै पालिकाका जनप्रतिनिधि र कर्मचारीसँग समन्वय गर्दै सचेतना तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ ।

किसानहरू भने छवाली र ठुट्टा सुकेको अवस्थामा जलाउन सजिलो हुने तथा वर्षा सुरु भएपछि व्यवस्थापन कठिन हुने भएकाले अहिले आगो लगाउने गरेको बताउँछन् । साथै, बाँकी भुसले धान रोपाइँमा असर पार्ने विश्वासका कारण पनि यस्तो अभ्यास जारी रहेको उनीहरूको भनाइ छ । तर कृषि तथा वातावरणविद्हरूले भने यस्तो अभ्यासले दीर्घकालीन क्षति पुर्‍याउने चेतावनी दिएका छन् ।

उनीहरूले गहुँको छवाली संकलन गरी भुस बनाएर पशु आहारका रूपमा प्रयोग गर्न सकिने सुझाव दिएका छन्, जसले आगलागीको जोखिम घटाउनुका साथै पशुपालन प्रवद्र्धनमा समेत सहयोग पुग्ने बताइएको छ । छवाली जलाउने परम्परागत अभ्यासले तत्कालीन सहजता दिए पनि त्यसले निम्त्याउने आगलागी जोखिम र आर्थिक क्षति न्यूनीकरणका लागि वैकल्पिक उपाय अपनाउनु आवश्यक देखिएको छ ।

Tags: छवाली जलाउँदा बाली नै जले
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंज भन्सारमा ‘सेटिङ’को साम्राज्यः महिनाको ५ हजारमा गाडी बिना इन्ट्री काट्ने गरिएको खुलासा

वीरगंज भन्सारमा ‘सेटिङ’को साम्राज्यः महिनाको ५ हजारमा गाडी बिना इन्ट्री काट्ने गरिएको खुलासा

असार ३१, २०८३
वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

यातायात कार्यालयको सिस्टम सुचारु

असार ३०, २०८३
राष्ट्रिय हितका लागि सबै दल एकजुट हुन रास्वपा सांसद सिंहको आग्रह

राष्ट्रिय हितका लागि सबै दल एकजुट हुन रास्वपा सांसद सिंहको आग्रह

असार ३०, २०८३
‘सामान्य ज्वरोका बिरामीसँग एक लाख असुली’ नीलकण्ठ अस्पतालमाथि चर्को शुल्क असुलेको आरोप

‘सामान्य ज्वरोका बिरामीसँग एक लाख असुली’ नीलकण्ठ अस्पतालमाथि चर्को शुल्क असुलेको आरोप

असार ३०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि