Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

श्रममन्त्री ‘दीपक साह’को पद चैट, पदीय मर्यादाको दुरुपयोग गरेको ठहर गर्दै पदमुक्त

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २६, २०८२
श्रममन्त्री ‘दीपक साह’को पद चैट, पदीय मर्यादाको दुरुपयोग गरेको ठहर गर्दै पदमुक्त

काठमाडौँ, २६ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साह १३ दिनमै पदमुक्त भएका छन् । श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डको सदस्य बनाउने प्रयास र विवादास्पद अभिव्यक्तिका कारण उनलाई पदबाट हटाइएको हो । बालेन्द्र शाह नेतृत्वको सरकारमा चैत १३ गते मन्त्री नियुक्त भएका साहलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ व्यवस्था प्रयोग गर्दै फिर्ता बोलाएपछि प्रधानमन्त्री शाहले पदमुक्त गरेका हुन् ।

मन्त्री साहले आफ्नी श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डको सदस्य बनाउन लबिङ गरेका थिए । लामो समयदेखि निष्क्रिय रहेको बोर्डमा उनलाई पुनः सक्रिय गराउन खोजिएको विषयले विवाद उत्पन्न गरेको थियो । उक्त नियुक्तिमा निशा मेहता नेतृत्वको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट समेत सहमति दिइएको बताइएको छ ।

यद्यपि, सतहमा देखिएको विवाद श्रीमती नियुक्तिको भए पनि मन्त्री साहको सार्वजनिक अभिव्यक्तिप्रति समेत असन्तुष्टि बढेको थियो । १०औँ राष्ट्रिय बिमा दिवसको कार्यक्रममा उनले सरकार र कर्मचारीतन्त्रप्रति कडा टिप्पणी गर्दै स्वास्थ्य बिमा कार्यक्रमको वित्तीय अवस्था कमजोर रहेको र मन्त्रालयस्तरमै हस्तक्षेप हुने गरेको बताएका थिए । उनको उक्त अभिव्यक्तिलाई आफ्नो कार्यक्षेत्रभन्दा बाहिरको र असंयमित मानिएको थियो ।

रास्वपाको अनुशासन आयोगले मन्त्री साहमाथि पदको दुरुपयोगसम्बन्धी विषयमा अध्ययन गरी चैत २५ गते कारबाहीका लागि सिफारिस गरेको थियो । पार्टी विधानअनुसार सभापतिलाई मर्यादा र अनुशासन कायम राख्ने जिम्मेवारी रहेको तथा आवश्यक परे ‘राइट टु रिकल’ प्रयोग गर्न सकिने व्यवस्था छ । सोही आधारमा पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्रीलाई पत्र लेख्दै मन्त्री साहलाई पदबाट हटाउन सिफारिस गरेका थिए । साह महोत्तरी–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

यसैबीच, प्रधानमन्त्री शाहले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई पनि सचेत गराएका छन् । रास्वपा सभापति लामिछानेको सिफारिसका आधारमा मन्त्री मेहतालाई जिम्मेवारीप्रति गम्भीरता नदेखाएको भन्दै चेतावनी दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री मेहता पनि चैत १३ गते नै मन्त्रीमा नियुक्त भएकी थिइन् ।

Tags: श्रममन्त्री दीपक साह
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मिथिलाञ्चलमा सुरु भयो झुलोनोत्सव, जनकपुरधामका मठमन्दिरमा विशेष रौनक

मिथिलाञ्चलमा सुरु भयो झुलोनोत्सव, जनकपुरधामका मठमन्दिरमा विशेष रौनक

साउन ३१, २०८३
एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्न सचेतना अभियान

एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्न सचेतना अभियान

साउन ३१, २०८३
नवविवाहिताका लागि संस्कार, शिक्षा र मनोरञ्जनको पर्व ‘मधुश्रावणी’

नवविवाहिताका लागि संस्कार, शिक्षा र मनोरञ्जनको पर्व ‘मधुश्रावणी’

साउन ३१, २०८३
वीरगंजमा भरततालजस्तै ताल बनाउन पर्यटनमन्त्रीसँग सांसद पन्तको आग्रह

वीरगंजमा भरततालजस्तै ताल बनाउन पर्यटनमन्त्रीसँग सांसद पन्तको आग्रह

साउन ३१, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि