Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सरकारको कुनैपनि गतिविधि निजी मिडियामा प्रकाशन नगर्न पर्साका पत्रकारहरुको सुझाव

सरकारलाई सूचना प्रकाशन गर्न सरकारी मिडिया चाहिने तर समाचारको लागि निजी मिडिया चाहिने ? भन्दै सरकारको कुनै किसिमको गतिविधिलाई निजी मिडियामार्फत प्रकाशन प्रशारणमा रोक लगाउनुपर्ने सुझाव दिएका थिए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २६, २०८२
सरकारको कुनैपनि गतिविधि निजी मिडियामा प्रकाशन नगर्न पर्साका पत्रकारहरुको सुझाव

वीरगंज (पर्सा), २६ चैत । पर्साका पत्रकारहरुले सरकारी निकायको कुनैपनि गतिविधि प्रकाशन नगर्न सुझाव दिएका छन् । नेपाल सरकारले सरकारी सूचना सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्न गरेको निर्णयको विरुद्धमा पत्रकार महासंघ पर्सा शाखामा आयोजित छलफल तथा सल्लाह सुझाव संकलन कार्यक्रममा सहभागी पत्रकारहरुले सो सल्लाह दिएका हुन् ।

छलफलमा सहभागी पत्रकारहरुले सरकारलाई सूचना प्रकाशन गर्न सरकारी मिडिया चाहिने तर समाचारको लागि निजी मिडिया चाहिने ? भन्दै सरकारको कुनै किसिमको गतिविधिलाई निजी मिडियामार्फत प्रकाशन प्रशारणमा रोक लगाउनुपर्ने सुझाव दिएका थिए । निजी मिडिया संचालनको लागि सरकारले नै अधिकार दिएको र अहिले आएर निजी मिडियामाथि सरकारले नै अँकुश लगाउन खोजेको आरोप लगाउँदै सरकारी मिडियालाई पाल्ने मात्रै सरकारले कार्य गरि रहेको बताएका थिए ।

सूचना प्रकाशन प्रशारणमा कहिँ कतै कमजोरी भएको होला, तर त्यसको कारण सम्पूर्ण निजी मिडियाको आयश्रोत नै बन्द गर्ने सरकारको निर्णय गलत रहेको भन्दै अब ज्ञापन पत्र, कालोपट्टि बाँधेर विरोध गर्नुभन्दा पनि निजी पत्रपत्रिका बन्द नै गरेर विरोध गर्नुपर्ने सुझाव दिएका थिए ।

सरकारको उक्त निर्णयले निजी सञ्चारमाध्यम र त्यहाँ कार्यरत पत्रकारहरू अन्यायमा परेको बताउँदै सहभागी पत्रकारहरुले सरकारी विज्ञापनलाई व्यवस्थित र नियमन गर्नुपर्नेमा उल्टै निजी सञ्चारमाध्यमलाई नै वञ्चित गर्ने प्रयास भएको भन्दै आपत्ति जनाएका थिए । यस्तो निर्णय कार्यान्वयन भए धेरै निजी सञ्चारमाध्यम बन्द हुने अवस्था आउन सक्ने र ठूलो संख्यामा पत्रकारहरूको रोजगारी समेत गुम्न सक्ने भन्दै सरकारले उक्त निर्णय तत्काल फिर्ता लिनुपर्ने माग गरेका थिए ।

सरकारले संघीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेश तथा स्थानीय तहलाई सरकारी सञ्चारमाध्यममा मात्र सूचना प्रकाशन गर्न निर्देशन दिएको परिपत्रको विरोध गर्दै उक्त निर्णय तत्काल फिर्ता गराउन दबाब सिर्जना गर्ने उद्देश्यले आयोजित छलफल तथा सुझाव संकलन कार्यक्रममा पर्सा जिल्लाबाट प्रकाशित तथा प्रसारित दैनिक, साप्ताहिक र अनलाइन सञ्चारमाध्यमका प्रकाशक तथा सम्पादकहरूको सहभागिता रहेको थियो ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघ मधेश प्रदेशका सचिव दिपक गौतम, प्रेस चौतारीका केन्द्रीय सदस्य विजय भण्डारी, प्रेस सेन्टर मधेश प्रदेशका अध्यक्ष निरज पिठाकोटे मगर, समाजवादी प्रेस संगठन मधेश प्रदेशका अध्यक्ष मनोज पटेल, पर्सा जिल्ला अध्यक्ष शम्भु कुमार सुमन लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन पत्रकार महासंघ पर्साका सचिव विजय चौहानले गरेका थिए ।

Tags: ‘सरकारी विज्ञापन सरकारी मिडियामै’ : सरकारको निर्णय विरुद्ध पत्रकारहरु एकजुट
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बालेन सरकारले जनताको ढाड सेक्ने काम गर्‍योः डा. सिके राउत

बालेन सरकारले जनताको ढाड सेक्ने काम गर्‍योः डा. सिके राउत

भदौ २, २०८३
सुबोध स्मृत्ति पत्रकारिता पुरस्कारबाट गौतम सम्मानित

सुबोध स्मृत्ति पत्रकारिता पुरस्कारबाट गौतम सम्मानित

भदौ २, २०८३
वीरगंज चिनी कारखानाः संचालन हुन सक्ने अवस्था र प्रयास, सरकारको घोषणा कागजमै सीमित

वीरगंज चिनी कारखाना पुनः संचालनका लागि कार्यदल गठन

भदौ २, २०८३
सर्पदंश उपचारसेवाका लागि अनुमति दिन आग्रह

सर्पदंश उपचारसेवाका लागि अनुमति दिन आग्रह

भदौ १, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि