Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

एमाले पर्साको भेला फितलोः न्यून उपस्थितिले घट्दो सक्रियताको संकेत, ओली रिहाइको माग

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २५, २०८२
एमाले पर्साको भेला फितलोः न्यून उपस्थितिले घट्दो सक्रियताको संकेत, ओली रिहाइको माग

वीरगंज (पर्सा), २५ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्साद्वारा आयोजना गरिएको जिल्ला स्तरीय बृहत् कार्यकर्ता भेला बुधबार वीरगंजमा सम्पन्न भएको छ । तर अपेक्षा गरिएभन्दा निकै कम उपस्थिति देखिएपछि पार्टीभित्र सक्रियता र उत्साह घट्दै गएको संकेत नेताहरूले गरेका छन् ।

वीरगंजको नगर सभा गृहमा सम्पन्न उक्त भेलामा केन्द्रीय सदस्य, प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटी, महानगर तथा पालिका तहका नेता–कार्यकर्तालाई अनिवार्य रूपमा सहभागी हुन निर्देशन दिइएको थियो । तर करिब एक सय जनाको मात्रै उपस्थितिले कार्यक्रम अपेक्षाअनुसार प्रभावकारी बन्न नसकेको बताइएको छ ।

पार्टी संरचनामा तीन जना केन्द्रीय सदस्य, एक दर्जनभन्दा बढी प्रदेश कमिटी सदस्य, १३५ सदस्यीय जिल्ला कमिटी, १०१ सदस्यीय वीरगंज महानगर कमिटी, १३ वटा पालिका कमिटी र २३ वटा जनवर्गीय संगठन सक्रिय भए पनि भेलामा न्यून सहभागिता देखिएको एक नेताले जानकारी दिए । अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध केन्द्रीय सर्कुलरअनुसार आयोजना गरिएको कार्यक्रममा पूर्वमन्त्री प्रदीप यादव तथा केन्द्रीय सदस्य एवं वीरगंज महानगरपालिकाका पूर्वमेयर विजय सरावगीलगायत केही प्रभावशाली नेताहरू अनुपस्थित रहे ।

भेलाले अध्यक्ष ओलीलाई प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी तरिकाले पक्राउ गरिएको दाबी गर्दै तत्काल रिहा गर्न माग गरेको छ । कार्यक्रममा बोल्ने स्थानीय नेताहरूले वर्तमान सरकारले राजनीतिक प्रतिशोधको नीति अपनाएको आरोप लगाए । उनीहरूले गौरी बहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी पूर्वप्रधानमन्त्री ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएकोप्रति असन्तुष्टि जनाए ।

एमाले पर्साका नेता रुपेश पाण्डेले पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै निर्देशन उल्लंघन गर्ने नेतामाथि कडा कारबाही गर्नुपर्ने बताए । उनले आन्दोलनमा सहभागी भई टिकट लिएका र निर्वाचित जनप्रतिनिधिहरूको अनिवार्य उपस्थिति सुनिश्चित गर्नुपर्ने माग पनि राखे ।

डा. विशम्भर कुमार शर्माको अध्यक्षतामा सम्पन्न भेलामा केन्द्रीय सदस्य प्रभु हजरा, निर्मला देवकोटा, प्रदेश उपाध्यक्ष बिचारी प्रसाद यादव, नेता जालिम मियाँ, नेतृ रिमा कुमारी यादव, प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री प्रमोद जयसवाल, जन्नत अन्सारी, जिल्ला सचिव महेश दास, मानदेव हजरा, सन्जु छतकुलीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Tags: नेकपा एमाले पर्सा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि