Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

लोप हुँदै थारू समुदायको ‘घाटो’ पर्व, परम्परा जोगाउन चुनौती

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २५, २०८२
लोप हुँदै थारू समुदायको ‘घाटो’ पर्व, परम्परा जोगाउन चुनौती

वीरगंज (पर्सा), २५ चैत । आदिवासी जनजाति थारू समुदायले परम्परादेखि मनाउँदै आएको ‘घाटो’ पर्व अहिले विस्तारै लोप हुने अवस्थामा पुगेको छ । चैत महिनाको शुक्लपक्षमा पर्ने यो महत्वपूर्ण सांस्कृतिक उत्सव संरक्षणको अभाव र आधुनिक जीवनशैलीको प्रभावका कारण समुदायभित्रै कमजोर बन्दै गएको हो ।

यस पर्वमा थारू युवतीहरूले असल जीवनसाथी प्राप्तिको कामनासहित माता गौरी (पार्वती) को विशेष पूजा गर्ने परम्परा रहँदै आएको छ । उनीहरूले माटोबाट माता गौरीको प्रतिमा निर्माण गरी गाउँकै कुनै एक घरको आँगनमा स्थापना गरेर दैनिक बिहान–बेलुका पूजा–आराधना गर्ने चलन थियो । त्यसैगरी, युवतीहरू सामूहिक रूपमा भेला भई घाटो तथा चैतार गीत गाउँदै झमटा नृत्य प्रस्तुत गर्ने गर्थे, जसले पर्वलाई अझ जीवन्त बनाउँथ्यो ।

पर्वको अर्को आकर्षक पक्षका रूपमा युवतीहरूको समूहले आँपका बगैंचाबाट पात संकलन गरी त्यसैमा खीर पकाएर माता गौरीलाई चढाउने र पछि प्रसादका रूपमा वितरण गर्ने परम्परा थियो । प्रसाद बाँड्दै गाउँका ज्येष्ठ नागरिकहरूसँग आशीर्वाद लिने र चन्दा संकलन गरेर सांस्कृतिक कार्यक्रम आयोजना गर्ने अभ्यास पनि यससँगै जोडिएको थियो ।

मूर्ति विसर्जनको दिनलाई विशेष उत्सवका रूपमा मनाइन्थ्यो । सो अवसरमा गाउँभरिका परिवारले आफ्ना छोरी, बहिनी तथा आफन्तजनलाई बोलाई आपसी भेटघाट गर्ने परम्परा थियो । खेतीपातीको व्यस्तताबीच यस्तो पर्वले पारिवारिक पुनर्मिलनको अवसर प्रदान गर्ने गर्थ्यो । यस दिन ठेकुवा, तेलही रोटी, दूधपुवा जस्ता परिकार बनाएर कोसेली पठाउने चलन पनि व्यापक थियो ।

तर पछिल्ला वर्षहरूमा घाटो पर्वको स्वरूपमा उल्लेख्य परिवर्तन आएको देखिन्छ । नाचगान र सांस्कृतिक कार्यक्रमहरू सीमित बन्दै गएका छन् भने अन्य परम्परागत गतिविधिहरू क्रमशः हराउँदै गएका छन् । कतिपय स्थानमा एकै दिन पूजा सम्पन्न गरी मूर्ति खोलामा विसर्जन गरेर पर्व टुंग्याउने प्रवृत्ति बढ्दो छ ।

पटेर्वासुगौली गाउँपालिकाकी उपाध्यक्ष तथा थारू कल्याणकारी समितिकी केन्द्रीय पार्षद् ममता महतोका अनुसार बदलिँदो जीवनशैली, शिक्षा र रोजगारीका लागि युवाहरूको शहरतर्फ बढ्दो आकर्षणले यस पर्वप्रति चासो घट्दै गएको छ । साथै, एउटै बस्तीमा परम्परागत ढंगले पर्व आयोजना गर्न ठूलो आर्थिक भार पर्ने भएकाले पनि कठिनाइ भइरहेको उनले बताइन् । संरक्षणका लागि सामूहिक रूपमा एकीकृत स्थानमा पर्व आयोजना गर्नुपर्ने उनको सुझाव छ ।

अहिलेको अवस्थामा थारू समुदायले घाटो पर्वलाई माघी जस्ता अवसरहरूमा प्रदर्शनात्मक रूपमा मात्र प्रस्तुत गर्न थालेको देखिन्छ, जसले यसको मौलिकता हराउँदै गएको संकेत गर्दछ ।

Tags: थारू समुदायको ‘घाटो’ पर्व
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि