Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नयाँ सरकार गठनपछि ‘श्रीराम सुगर मिल्स’ पुनः संचालनको आशा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २२, २०८२
नयाँ सरकार गठनपछि ‘श्रीराम सुगर मिल्स’ पुनः संचालनको आशा

गौर (रौतहट), २२ चैत । जेनजी आन्दोलनपछिको राजनीतिक परिवर्तनसँगै गठन भएको नयाँ सरकारप्रति आम नागरिकको अपेक्षा उल्लेखनीय रूपमा बढेको छ । विशेषगरी बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि वर्षौंदेखि थलिएको औद्योगिक क्षेत्र पुनर्जीवित हुने आशा विभिन्न जिल्लामा देखिन थालेको छ ।

यसैक्रममा रौतहटको गरुडा नगरपालिका–५ महम्मदपुरस्थित लामो समयदेखि बन्द रहेको श्रीराम सुगर मिल्स पुनः सञ्चालन हुने सम्भावनाले स्थानीयवासी, किसान तथा सरोकारवालाहरूमा नयाँ आशा जगाएको छ । यद्यपि, सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीमा यो मिल समावेश नभए पनि स्थानीय स्तरमा सक्रियताले उद्योग पुनर्जीवित हुन सक्ने विश्वास व्यक्त गरिएको छ ।

२०४९ सालमा उद्योगपति दिवाकर गोल्छा द्वारा स्थापना गरिएको उक्त उद्योग एक समय मधेसकै प्रमुख औद्योगिक केन्द्रका रूपमा परिचित थियो । अत्याधुनिक प्रविधिसहित सञ्चालनमा रहेको यस मिलले दैनिक ठूलो परिमाणमा उखु प्रशोधन गर्ने क्षमता राख्थ्यो । त्यसबेला रौतहट, बारा र सर्लाहीका हजारौं किसानले आफ्नो उत्पादन बिक्रीका लागि भरपर्दो बजार पाएका थिए ।

उद्योग सञ्चालनमा हुँदा प्रत्यक्ष रूपमा एक हजारभन्दा बढीले रोजगारी पाएका थिए भने अप्रत्यक्ष रूपमा ढुवानी, व्यापार, कृषि तथा सेवा क्षेत्रमा हजारौंको जीविकोपार्जन यसैसँग जोडिएको थियो । तर व्यवस्थापन कमजोरी, आर्थिक संकटलगायत कारण देखाउँदै २०७७ साउन ११ गते उद्योग बन्द भएपछि किसानहरू वैकल्पिक बजार खोज्न बाध्य भएका थिए । कतिपयले त उखु खेती नै छाड्नुपरेको अवस्था छ ।

स्थानीयका अनुसार उचित व्यवस्थापन र स्पष्ट नीति अपनाइए उद्योग पुनः सञ्चालन गर्न सम्भव छ । उद्योग पुनः सञ्चालन भएमा एक हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने र हजारौं किसान लाभान्वित हुने अपेक्षा गरिएको छ । साथै, स्वदेशमै चिनी उत्पादन बढेर आयातमा निर्भरता घट्ने विश्वास पनि गरिएको छ ।

स्थानीय व्यवसायीहरूका अनुसार मिल सञ्चालनमा आए क्षेत्रको समग्र अर्थतन्त्र चलायमान हुनेछ । कृषि, व्यापार र रोजगारीमा सकारात्मक प्रभाव पर्नेछ । एक समय देशकै गौरवका रूपमा चिनिएको उद्योगको पुनः सञ्चालनलाई स्थानीयहरूले औद्योगिक पुनरुत्थान मात्र नभई आर्थिक पुनर्जागरणसँग जोडेर हेरेका छन् ।

हालसम्म सरकारबाट स्पष्ट निर्णय सार्वजनिक नभए पनि बालेन्द्र शाह नेतृत्वको सरकारले सुशासन र विकासलाई प्राथमिकता दिएको भन्दै स्थानीयवासी आशावादी देखिएका छन् । अब सबैको ध्यान सरकारको ठोस पहलतर्फ केन्द्रित छ ।

Tags: श्रीराम सुगर मिल्स
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि