Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सागढी नगरपालिकाको पहलः ड्याम निर्माणले खानेपानी अभाव घटाउन दीर्घकालीन योजना

पर्सा राष्ट्रिय निकुञ्ज नजिकैको कोइलाभार जंगल क्षेत्रमा रहेको सानो प्राकृतिक मुहानलाई संरक्षण गर्दै पक्का ड्याम निर्माण गरेको हो । जंगल क्षेत्रबाट रसाएर आउने पानीलाई संकलन गरी दीर्घकालीन उपयोगमा ल्याउने उद्देश्यले निर्माण गरिएको उक्त संरचनाले जलस्रोत व्यवस्थापनमा नयाँ सम्भावना देखाएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २२, २०८२
पर्सागढी नगरपालिकाको पहलः ड्याम निर्माणले खानेपानी अभाव घटाउन दीर्घकालीन योजना

वीरगंज (पर्सा), २२ चैत । पर्सा जिल्लामा पछिल्ला केही वर्षयता देखिएको खानेपानी अभाव समाधानका लागि पर्सागढी नगरपालिकाले दीर्घकालीन पहल सुरु गरेको छ । वन–जंगलको तीव्र दोहन, चुरे क्षेत्रको विनाश तथा पानी पुनर्भरणमा आएको गिरावटका कारण मध्य तराईका भूभागहरू सुक्खा बन्दै जाँदा यहाँका बासिन्दा पानी संकटबाट प्रभावित भइरहेका छन् । यही चुनौतीलाई मध्यनजर गर्दै पर्सागढी नगरपालिकाले पर्सा राष्ट्रिय निकुञ्ज नजिकैको कोइलाभार जंगल क्षेत्रमा रहेको सानो प्राकृतिक मुहानलाई संरक्षण गर्दै पक्का ड्याम निर्माण गरेको हो ।

जंगल क्षेत्रबाट रसाएर आउने पानीलाई संकलन गरी दीर्घकालीन उपयोगमा ल्याउने उद्देश्यले निर्माण गरिएको उक्त संरचनाले जलस्रोत व्यवस्थापनमा नयाँ सम्भावना देखाएको छ । करिब ३३ लाख रुपैयाँको लागतमा तयार गरिएको ड्याम निर्माणमा प्रदेश सरकारको ३० लाख विशेष अनुदान र उपभोक्ता समितिको ३ लाख रुपैयाँ लगानी रहेको छ । वडा नम्बर १ स्थित कोइलाभार वन क्षेत्रमा बनाइएको यो संरचनाले दुई स्थानीय तहका चार वडासम्म सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य राखेको छ ।

नगरप्रमुख गोकर्ण पाठकका अनुसार पछिल्ला वर्षहरूमा पर्सामा खानेपानीको समस्या बढ्दै गएपछि स्रोत पहिचान र संरक्षणमा नगरपालिका केन्द्रित भएको हो । उनका अनुसार पानी संकलन र पुनर्भरणलाई जोड दिने यस्तो ड्याम निर्माणले दीर्घकालीन रूपमा भूमिगत जलस्तर सुधार गर्न मद्दत पुग्ने विश्वास गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत राजु साहले पनि ड्यामले बहुआयामिक फाइदा दिने बताए । उनका अनुसार यसले सिँचाइमा सहयोग पुर्‍याउनुका साथै जलचर तथा वन्यजन्तुको पानी आवश्यकतामा समेत सहजता ल्याउनेछ । साथै वन क्षेत्रको हरियाली संरक्षण र जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणमा समेत यो पहल सहायक बन्ने अपेक्षा गरिएको छ ।

विशेषगरी सुख्खा मौसममा देखिने पानी अभावलाई ध्यानमा राख्दै यस्तो संरचना निर्माण गरिएको हो । विज्ञहरूले पनि चुरे क्षेत्रको चिस्यानयुक्त भूभागमा यस्ता ड्याम निर्माण गर्दा पानी पुनर्भरणमा सकारात्मक प्रभाव पर्ने सुझाव दिएका थिए । त्यसैका आधारमा पालिकाले यो योजना कार्यान्वयनमा ल्याएको हो । हाल निर्माण गरिएको ड्यामबाट पर्सागढी नगरपालिका वडा नम्बर १, ७ र ९ तथा सखुवाप्रसौनी गाउँपालिकाको वडा नम्बर १ अन्तर्गत करिब ७ सय बिगाहा जमिनमा सिँचाइ सुविधा पुग्ने अनुमान गरिएको छ । साथै जंगल क्षेत्रमै पानी उपलब्ध भएपछि वन्यजन्तु र पशुपन्छीलाई समेत सहज हुने बताइएको छ ।

यस सफल पहलपछि नगरपालिकाले अन्य सम्भावित स्रोतहरूको पनि पहिचान गरिसकेको जनाएको छ । आगामी दिनमा यस्ता थप ड्याम निर्माण गरी पानी पुनर्भरण र व्यवस्थापनलाई अझ सुदृढ बनाउने योजना अघि सारिएको छ । यसैबीच, ड्याम आसपासको क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने तयारी पनि थालिएको छ । खुला चौरलाई पिकनिक स्थलका रूपमा विकास गर्ने, पौडी पोखरी निर्माण गर्ने तथा आन्तरिक पर्यटकलाई लक्षित गरी आवश्यक पूर्वाधार थप गर्ने योजना नगरपालिकाले बनाएको छ । साथै पानीको उपयोगलाई सहज बनाउन धारा जडान गर्ने तयारीसमेत गरिएको छ ।

यसरी पर्सागढी नगरपालिकाले पानी संकट समाधानसँगै वातावरण संरक्षण र पर्यटन प्रवद्र्धनलाई जोड्ने प्रयास थालेको छ, जसले स्थानीयस्तरमै दीर्घकालीन विकासको नयाँ उदाहरण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

Tags: कोइलाभार जंगलमा ड्याम: खानेपानी र सिँचाइमा राहत
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

बैशाख ६, २०८३
वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बैशाख ४, २०८३
दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

बैशाख ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि