Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भू-माफियाको चँगुलमा फसेको ‘छपकैया पोखरी’ : ३९ वर्षको लामो संघर्षपछि पुनः सार्वजनिकीकरण

पुनरावेदन अदालत र सर्वोच्च अदालतसम्म पुगेको मुद्दामा निरन्तर प्रमाण र पहलको आधारमा अन्ततः निजी पक्षको निर्णय उल्टाइएको हो । ३९ वर्ष लामो कानुनी लडाइँ र स्थानीय नागरिकहरूको निरन्तर संघर्षपछि फेरि महानगरकै स्वामित्वमा फर्काइएको हो ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
चैत्र २२, २०८२
भू-माफियाको चँगुलमा फसेको ‘छपकैया पोखरी’ : ३९ वर्षको लामो संघर्षपछि पुनः सार्वजनिकीकरण

वीरगंज (पर्सा), २२ चैत । वीरगंजस्थित ऐतिहासिक र बहुमूल्य ‘छपकैया पोखरी’ अन्ततः सार्वजनिक सम्पत्तिका रूपमा पुनः स्थापित भएको छ । वीरगंज महानगरपालिका वडा नं. २ छपकैया स्थित मुख्य सडक छेउमै रहेको अर्बौं मूल्य बराबरको यो सार्वजनिक पोखरी निजीकरण हुँदा विवादमा परेको थियो, तर ३९ वर्ष लामो कानुनी लडाइँ र स्थानीय नागरिकहरूको निरन्तर संघर्षपछि फेरि महानगरकै स्वामित्वमा फर्काइएको हो । जग्गा निजीकरण भएपछि छपकैया निवासी सामाजिक अभियन्ता जफर अन्सारीको पहलमा कानुनी प्रक्रियाको सुरूवात भएको थियो ।

पुनरावेदन अदालत र सर्वोच्च अदालतसम्म पुगेको मुद्दामा निरन्तर प्रमाण र पहलको आधारमा अन्ततः निजी पक्षको निर्णय उल्टाइएको हो । यससँगै सार्वजनिक सम्पत्ति संरक्षणमा महत्वपूर्ण उपलब्धि हासिल भएको मानिन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव डा. भीष्म कुमार भुसालले सामाजिक सञ्जालमार्फत पोखरी सार्वजनिक सम्पत्तिमा फर्किएको जानकारी साझा गर्दै वीरगंज महानगरपालिकाका पूर्व नगरप्रमुख विजयकुमार सरावगीप्रति आभार व्यक्त गरेका छन् । पूर्व मेयर सरावगीले आफ्नो कार्यकालमा सार्वजनिक सम्पत्ति संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै मुद्दामा दृढता देखाएका थिए । उनले अघिल्लो अदालतको त्रुटिपूर्ण फैसलाको तथ्य राख्दै कार्यपालिका बोर्डमार्फत निर्णय गराएर राष्ट्रपतिसम्म ध्यानाकर्षण गराएका थिए ।

जटिल प्रकरणमा पनि सरावगीको नेतृत्व, इच्छाशक्ति र निरन्तर पहलले महानगरलाई आफ्नो बहुमूल्य सम्पत्ति फिर्ता गराउन सफल भएको जनाइएको छ । यस अभियानमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतले प्रमाण संकलनमा सक्रिय भूमिका खेलेका थिए भने अभियन्ता जफर अन्सारीको दशक लामो संघर्ष र सञ्चारमाध्यमको निरन्तर खबरदारीले समेत महत्वपूर्ण योगदान पुर्‍याएको छ । अन्ततः ३९ वर्षको लामो संघर्षपछि सार्वजनिक सम्पत्ति संरक्षणमा सफलता पाउँदा वीरगंजवासीमा खुशी र उत्साह फैलिएको छ ।

सार्वजनिक सम्पत्ति निजीकरण भएको नालीबेली
वीरगंज उपमहानगरपालिका २ छपकैयास्थित सार्वजनिक पोखरी । करिव ४ विघा क्षेत्रफलमा फैलिएको अर्वौ मूल्य पर्ने सार्वजनिक पोखरीलाई स्थानीय प्रमोद बिक्रम शाहले पैसा र पावरको साहारामा आफ्‌नो नाममा दर्ता गराउन सफल भएका थिए । शाहले मालपोत कार्यालय पर्साका केही कर्मचारीहरुको सल्लाह र सहयोगमा मिति २०४४ साल बैशाख २० गते उक्त सार्वजनिक पोखरीलाई आफ्‌नो नाममा पास गराई जग्गाधनी लालपुर्जा लिन सफल भएका थिए ।

तत्कालीन नगरसभा सदस्य समेत रहेका प्रमोद विक्रम शाहले आफन्त पर्ने त्रिलोक प्रताप राणा सर्वोच्च अदालतका प्रधान न्यायधीश भएको बेला जिल्ला नापी अधिकृत साविर हुसेनले प्रमाणित गरिदिएको आधारमा सो जग्गाको लालपुर्जा प्राप्त गर्न सफल भएका थिए । नगरसभा सदस्य शाहले उक्त पोखरी आफ्‌नो निजी सम्पत्ति रहेको दाबी गरेपनि २०३९ साल वैशाखमा भएको उनको पारिवारिक अशवण्डापत्रमा छपकैया पोखरीबारे कतै उल्लेख नगरिएकोले पनि छपकैया पोखरी शाहको नरहेको पुष्टि भएको थियो । तर सरकारदेखि सार्वजनिक जग्गाको सुरक्षार्थ खडा गरिएको मालपोत कार्याललय नै सरकारी जग्गा निजीकरण गरिदियो ।

वीरगंज नगरको मातहतमा रहेको पोखरी व्यक्ति विशेषले आफ्‌नो नाममा दर्ता गराएको थाहा पाएपछि तत्कालीन कार्यकारी अधिकृत रामकृष्ण भुर्तेलले जिल्ला अदालत पर्सा, पुनरावेदन अदालत हेटौडा र सर्वोच्च अदालत काठमाडौंमा उजुरी गरे । न्याय दिने निकायको उच्च पदमा उनको आफन्त पर्ने प्रधान न्यायधीश त्रिलोक प्रताप राणा रहेकोले उनकै इशारामा कार्यकारी अधिकृतले दिएको उजुरीको हकदैया नपुगेको र हकम्याद भित्र मुद्दा नगरेको भनि उजुरी खारेज गरिएको थियो । तर पर्सा जिल्ला बिजवनिया गाबिस निवासी रामदयाल प्रसाद यादवले छपकैया पोखरीलाई सार्वजनिक गरि पाउँ भनि जिल्ला अदालत पर्सामा दिएको उजुरीमाथि २०६५ असार २६ गते न्यायधीश मोहनकृष्ण खनालको एकल इजलाशले छपकैया पोखरीलाई पुनः सार्वजनिक गरेको थियो ।

त्यस पश्चात प्रमोद विक्रम शाह रै.नं. ११ मा ज.वि. २–८–५ र रै.नं. २२ मा ज.वि. १–०–० अन्तर्गतको जग्गा आफ्‌नो नाममा दर्ता रहेको सो जग्गा आफूले साविकदेखि हालसम्म मालपोत तिरी माछापालन गरि अविछिन्न रुपमा भोगचलन गर्दै आएको भनि पुनरावेदन अदालत हेटौडामा दिएको रिट निवेदनमाथि न्यायधीशद्धय एकराज आचार्य र तेज बहादुर कार्कीको संयुक्त इजलाशले पनि छपकैया पोखरीलाई सार्वजनिक गरेको थियो । तर सर्वोच्च अदालतमा शाहका आफन्त त्रिलोक प्रताप राणा प्रधान न्यायधीश भएको कारण शाहको उजुरीमाथि २०७१ साल भदौ ८ गते माननिय न्यायधीश चोलेन्द्र सम्शेर जबरा र दीपकराज जोशीको संयुक्त इजलाशले छपकैया पोखरी प्रमोद विक्रम शाहको रहेको भनि फैसला सुनाएको थियो ।

सो फैसला लगतै शाहले सो पोखरीमा माटो भरी टुक्रा टुक्रा गरि दुई पटकमा अन्दाजी १५ कठ्ठा जग्गा विक्री गर्न सफल भएका थिए । पोखरीको जग्गा खरिद गर्ने सिरहा जिल्ला गाविस कल्याणपुर वडा नं. ७ बस्ने ४६ वर्षीय सावित्री कुमारी महासेठले जग्गामा माटो पुर्न खोज्दा विवाद शुरु भएको थियो । त्यस पश्चात वीरगंज महानगरपालिकाका तत्कालीन निर्वाचित भएका विजय सरावगीले चासो लिए । स्थानीयको साथ र सरावगीको पहलले अहिले छपकैया पोखरी पुनः सार्वजनिकीकरण भएको छ ।

विजय सरावगी मेयर हुँदा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यभार सम्हालेका डा. भीष्मकुमार भुषाल (हाल प्रधानमन्त्री कार्यालयको सह–सचिव) ले पनि सार्वजनिक सम्पत्ति दोहनप्रति चासो देखाएका थिए । उहाँहरुको समन्वय र स्थानीय समाजसेवी जफर अन्सारीको निरन्तर प्रयासले गर्दा करिब ३९ वर्षपछि छपकैया पोखरी पुनः सार्वजनिकीकरण भएको हो । उक्त जग्गामा एकातिर हिन्दुहरुको छठ घाट निर्माण गरिएको छ भने अर्कोतिर मुस्लिम समुदायको इदगाह निर्माण गरिएको छ सोही कारण सो जग्गा हिन्दु र मुस्लिम धर्मावलम्बीको धार्मिकस्थलको रुपमा लिने गरिएको छ ।

Tags: ३९ वर्षको कानूनी लडाइँ: अन्तत ‘छपकैया पोखरी’ सार्वजनिकीकरण
हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

बैशाख ६, २०८३
वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बैशाख ४, २०८३
दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

बैशाख ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि