Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा राष्ट्रिय निकुञ्जमा पानीको सङ्कट गहिरिँदै, वन्यजन्तु संरक्षणमा चुनौती

पानीको अभावले घाँसे मैदानसमेत खुम्चिँदै गएको छ । बाघ, हात्ती, चितुवा, गौरीगाई, चित्तल, जरायो र नीलगाईलगायत वन्यजन्तु पानीको खोजीमा मध्यवर्ती क्षेत्र हुँदै मानव बस्ती नजिक पुग्न थालेपछि मानव–वन्यजन्तु द्वन्द्वको जोखिमसमेत बढेको छ । सन् २००९ मा चारवटा रहेको पाटे बाघको सङ्ख्या सन् २०२२ को गणनामा ४१ पुगेको छ । हाल निकुञ्जमा ३ गैँडा, १६४ गौरीगाई र ४० देखि ६० वटा जङ्गली हात्ती रहेको तथ्याङ्क छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर १३, २०८३
पर्सा राष्ट्रिय निकुञ्जमा पानीको सङ्कट गहिरिँदै, वन्यजन्तु संरक्षणमा चुनौती

वीरगंज (पर्सा), १३ मंसिर । बारा, पर्सा र मकवानपुर जिल्लामा फैलिएको पर्सा राष्ट्रिय निकुञ्ज यतिबेला गम्भीर जलसङ्कटको सामना गरिरहेको छ । जलवायु परिवर्तन, बढ्दो तापक्रम, चुरे क्षेत्रको अनियन्त्रित दोहन तथा प्राकृतिक जलाधार कमजोर बन्दै जाँदा निकुञ्जभित्रका पानीका स्रोत सुक्दै गएका छन् । यसले वन्यजन्तुका लागि पानी व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।

६२७ दशमलव ३९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जका अधिकांश खहरे खोला वर्षभरि सुक्खा रहने गरेका छन् । लौकी, कामिनी, हलखोरिया र कालीदहजस्ता प्राकृतिक दहहरूमा समेत सुक्खा मौसममा पानीको सतह घट्ने गरेको छ । पानीको अभावका कारण वन्यजन्तु पानी र आहाराको खोजीमा लामो दूरीसम्म भौँतारिन बाध्य छन् ।

निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत सन्तोषकुमार भगतका अनुसार चुरेको फेदभन्दा दक्षिणतर्फको पाँचदेखि सात किलोमिटर क्षेत्र जलसङ्कटबाट बढी प्रभावित छ । भावर क्षेत्रको भू–बनोटका कारण वर्षाको पानी जमिनमुनि छिट्टै सोसिने हुँदा सतहमा पानी टिक्न नसक्ने उनले बताए । निकुञ्जको मुख्य आधार क्षेत्रबाट करिब १५ किलोमिटर आसपाससम्म स्थायी प्राकृतिक पानीको स्रोत छैन ।

पानीको अभावले घाँसे मैदानसमेत खुम्चिँदै गएको छ । बाघ, हात्ती, चितुवा, गौरीगाई, चित्तल, जरायो र नीलगाईलगायत वन्यजन्तु पानीको खोजीमा मध्यवर्ती क्षेत्र हुँदै मानव बस्ती नजिक पुग्न थालेपछि मानव–वन्यजन्तु द्वन्द्वको जोखिमसमेत बढेको छ । सन् २००९ मा चारवटा रहेको पाटे बाघको सङ्ख्या सन् २०२२ को गणनामा ४१ पुगेको छ । हाल निकुञ्जमा ३ गैँडा, १६४ गौरीगाई र ४० देखि ६० वटा जङ्गली हात्ती रहेको तथ्याङ्क छ । वन्यजन्तुको सङ्ख्या बढ्दै जाँदा पानी र आहाराको व्यवस्थापन झनै आवश्यक बनेको छ ।

जलसङ्कट व्यवस्थापनका लागि निकुञ्जले ३० भन्दा बढी सिमेन्टेड र ५० वटा माटोका गरी ८० वटा पोखरी निर्माण तथा सञ्चालनमा ल्याएको छ । सुक्खा मौसममा अमलेखगन्जबाट ट्याङ्करमार्फत पानी ल्याएर आधार, भेडाहा र महादेव खोलालगायत क्षेत्रमा रहेका पोखरीमा भर्ने गरिएको छ । पोखरी आसपासमा क्यामेरा ट्र्याप राखेर वन्यजन्तुको गतिविधि निगरानीसमेत गरिँदै आएको छ ।

चुरेविज्ञ नागदेव यादवले चुरे दोहन, वन विनाश, वन डढेलो र जलवायु परिवर्तनले प्राकृतिक जलाधार प्रणाली कमजोर बनाएको बताए । उनले चुरे संरक्षण, वर्षाको पानी सङ्कलन, जलाशय निर्माण, दीर्घकालीन अनुगमन तथा पानी पुनर्भरणका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् ।

संरक्षणकर्मीहरूका अनुसार ट्याङ्कर र कृत्रिम पोखरी तत्कालीन समाधान भए पनि पर्सा राष्ट्रिय निकुञ्जको दीर्घकालीन संरक्षणका लागि चुरे क्षेत्र जोगाउनु र प्राकृतिक जलाधार प्रणाली पुनर्जीवित गर्नु अपरिहार्य छ ।

Tags: पर्सा राष्ट्रिय निकुञ्ज
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पर्सा राष्ट्रिय निकुञ्जमा पानीको सङ्कट गहिरिँदै, वन्यजन्तु संरक्षणमा चुनौती

पर्सा राष्ट्रिय निकुञ्जमा पानीको सङ्कट गहिरिँदै, वन्यजन्तु संरक्षणमा चुनौती

मंसिर १३, २०८३
लैङ्गिक हिंसा निवारण कोष प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड

लैङ्गिक हिंसा निवारण कोष प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड

मंसिर १३, २०८३
लागूऔषध दुर्व्यसन तथा सामाजिक कुलत न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम

लागूऔषध दुर्व्यसन तथा सामाजिक कुलत न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम

मंसिर १३, २०८३
सर्लाहीमा सांसद अमरेशकुमार सिंहविरुद्ध प्रदर्शनः पुत्ला दहन, चारजना पक्राउ

सर्लाहीमा सांसद अमरेशकुमार सिंहविरुद्ध प्रदर्शनः पुत्ला दहन, चारजना पक्राउ

मंसिर १३, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि