Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मधेशमा कुष्ठ रोगबारे अन्धविश्वास कायमः जनचेतनाको अभावले उपचारबाट टाढा बिरामी

चालु आर्थिक वर्ष २०८२–८३ को फागुनसम्म पर्सा जिल्लामा ४४ जना नयाँ कुष्ठ रोगी फेला परेका छन् । सबैभन्दा धेरै वीरगंज महानगरपालिकामा १७ जना संक्रमित भेटिएका छन् भने ठोरी, कालिकामाई र धोबिनी गाउँपालिकामा नयाँ बिरामी फेला परेका छैनन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १९, २०८२
मधेशमा कुष्ठ रोगबारे अन्धविश्वास कायमः जनचेतनाको अभावले उपचारबाट टाढा बिरामी

वीरगंज (पर्सा), १९ चैत । मधेस प्रदेशमा कुष्ठ रोगलाई अझैपनि कुकर्मको परिणाम वा दैवी श्रापका रूपमा हेर्ने पुरानो सोच हट्न नसकेको सरोकारवालाहरूले बताएका छन् । द लेप्रोस्कोपी नेपालले वीरगंजमा आयोजना गरेको कुष्ठरोगसम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागीहरूले समाजमा व्याप्त यस्ता भ्रमका कारण रोग नियन्त्रणमा चुनौती थपिएको औंल्याएका हुन् । कार्यक्रममा संस्थाका मधेश प्रदेश प्रोजेक्ट म्यानेजर अमजद अली मिकरानीले मधेसी समुदायमा कुष्ठ रोगबारे सही धारणा विकास हुन नसकेको बताए ।

उनका अनुसार अझै पनि धेरैले यो रोगलाई पाप, श्राप वा देवी–देवतासँग जोडेर हेर्ने गरेका छन्, जसका कारण संक्रमितहरू रोग लुकाउन बाध्य हुने अवस्था छ । मिकरानीले यस्तो सोचका कारण कुष्ठ रोगीहरू घरपरिवार र समाजबाट विभेद र घृणाको व्यवहार भोग्नुपरेको उल्लेख गरे । उनले शिक्षित परिवारभित्रसमेत लोकलाजका कारण रोग लुकाएर राख्ने र उपचार नगर्ने प्रवृत्ति देखिएको बताए । समाजमा अझै पनि कुष्ठ रोग निको नहुने, अत्यधिक सर्ने वा विभिन्न अन्धविश्वाससँग जोडिएको गलत धारणा कायम रहेको उनको भनाइ छ ।

उनले कुष्ठ रोग कुनै दैवी शक्तिको प्रभाव नभई ‘माइकोब्याक्टेरियम लेप्रे’ नामक जीवाणुबाट सर्ने रोग भएको स्पष्ट पार्दै समयमै उपचार गरेमा पूर्ण रूपमा निको हुन सक्ने सन्देश समुदायमा फैलाउनुपर्नेमा जोड दिए । अभिमुखीकरण कार्यक्रममा सहभागी हिन्दु, मुस्लिम र क्रिश्चियन धर्मका अगुवाहरूले पनि आफ्ना समुदायमा रहेको गलत धारणा हटाउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।

हिन्दु धर्मका प्रतिनिधि अमोद पाण्डेले कुष्ठ रोगलाई पाप वा श्रापका रूपमा नलिई सामान्य रोगकै रूपमा बुझाउन आवश्यक रहेको बताए । त्यस्तै, वीरगंजस्थित चर्चका प्रतिनिधि नीरज आचार्यले आफ्नो समुदायमा कुनै प्रकारको विभेद हुन नदिने प्रतिबद्धता व्यक्त गरे । मुस्लिम समुदायकी प्रतिनिधि सबाना खातुनले पनि सही जानकारीको अभावका कारण गलत धारणा फैलिएको उल्लेख गर्दै जनचेतना अभिवृद्धि आवश्यक रहेको बताइन् ।

पर्सामा कुष्ठ रोगको अवस्था
चालु आर्थिक वर्ष २०८२–८३ को फागुनसम्म पर्सा जिल्लामा ४४ जना नयाँ कुष्ठ रोगी फेला परेका छन् । मिकरानीका अनुसार सबैभन्दा धेरै वीरगंज महानगरपालिकामा १७ जना संक्रमित भेटिएका छन् भने ठोरी, कालिकामाई र धोबिनी गाउँपालिकामा नयाँ बिरामी फेला परेका छैनन् ।

यस्तै छिपहरमाई, बिन्दवासिनी र पकहाँ मैनपुरमा ५–५ जना, पोखरिया र जगरनाथपुरमा ४–४ जना, जिराभवानी र बहुदरमाईमा २–२ जना तथा पर्सागढी र पटेर्वा सुगौलीमा १–१ जना नयाँ संक्रमित भेटिएका छन् । गत आर्थिक वर्ष २०८१–८२ मा भने जिल्लाका १४ वटै पालिकामा गरी १०९ जना कुष्ठ रोगी पहिचान भएका थिए ।

मिकरानीले कुष्ठ रोग नियन्त्रणका लागि सञ्चालन गरिएका कार्यक्रमहरूमा स्थानीय तहबाट अपेक्षित सहयोग नपाएको गुनासो पनि गरे । जनचेतनामूलक कार्यक्रमका लागि बजेट अभाव देखाउँदै पालिकाहरूले सहयोग नगर्दा अभियान प्रभावकारी बनाउन कठिनाइ भएको उनले बताए ।

Tags: ‘पाप र श्राप’ को भ्रमले कुष्ठ रोग नियन्त्रणमा गम्भीर चुनौती
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३
वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

जेष्ठ १६, २०८३
चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

जेष्ठ १६, २०८३
निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि