वीरगंज (पर्सा), १८ चैत । नारायणी अस्पतालको विकृति सुधार गर्न वीरगंजका नवयुवाहरूको टोलीले संघीय स्वास्थ्मन्त्री निषा मेहताको ध्यानाकर्षण गराएका छन् ।
युवा अगुवा अर्जुन साहको अगुवाईमा काठमण्डौ गएको युवाहरूको टोलीले नारायणी अस्पतालको सेवा र सञ्चानल प्रणालीमा देखिएको विकृति ढिला सुस्ती, हेलचक्राई, जवाफदेही विहिनताको अवस्था बारे मन्त्री मेहतालाई जानकारी गराएका थिए ।
त्यसैगरि अस्पतालमा स्वस्थ्यकर्मी कर्मचारी अभाव, जिर्न भवन, स्वस्थ्य उपकरण अभाव लगायतका समस्या प्रति स्वस्थ्यमन्त्री मेहताको ध्यानाकर्षन गराइएको टोलीमा सहभागिहरूले बताएका छन् । सो अवसरमा नारायणी अस्पतालका सुपरडेन्डन डा. चिरन्जन साह, राजर्शी जनक विश्व विद्यालयका उपकुल पति अमर यादवलगायतको सहभागिता थियो ।









प्रतिक्रिया दिनुहोस् !