Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

विद्युतीय सवारीप्रति बढ्दो आकर्षणः वीरगंज नाकाबाट ७ महिनामै १९ अर्ब बढीको गाडी भित्रियो

विशेषगरी विद्युतीय सवारीसाधनको आयातमा तीव्र वृद्धि देखिएको छ । चालू आर्थिक वर्षको ७ महिनामा १ अर्ब ४८ करोड ६४ लाख रुपैयाँ मूल्यका ४ सय ९७ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएका छन्, जसबाट ९६ करोड ३६ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १८, २०८२
विद्युतीय सवारीप्रति बढ्दो आकर्षणः वीरगंज नाकाबाट ७ महिनामै १९ अर्ब बढीको गाडी भित्रियो

वीरगंज (पर्सा), १८ चैत । चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्मको ७ महिनामा वीरगंज नाका हुँदै नेपालमा नयाँ सवारीसाधन आयातमा उल्लेखनीय उछाल देखिएको छ । यस अवधिमा कुल १९ अर्ब ८४ करोड रुपैयाँ बराबरका सवारीसाधन भित्रिँदा वीरगंज भन्सार कार्यालयले मात्रै १५ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा यो वृद्धि झनै चकित पार्ने खालको छ । अघिल्लो वर्ष ७ महिनामा १३ अर्ब ९५ करोड रुपैयाँ बराबरका सवारीसाधन आयात हुँदा १२ अर्ब १२ करोड राजस्व उठेको थियो । यसरी हेर्दा चालू वर्षमा ५ अर्ब ६९ करोड रुपैयाँ बढी मूल्यका सवारीसाधन आयात भएका छन् भने राजस्वमा समेत ३ अर्ब २८ करोड रुपैयाँको उल्लेखनीय वृद्धि भएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिएका छन् ।

विशेषगरी विद्युतीय सवारीसाधनको आयातमा तीव्र वृद्धि देखिएको छ । चालू आर्थिक वर्षको ७ महिनामा १ अर्ब ४८ करोड ६४ लाख रुपैयाँ मूल्यका ४ सय ९७ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएका छन्, जसबाट ९६ करोड ३६ लाख रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो वर्ष सोही अवधिमा ४३ करोड १० लाख रुपैयाँ मूल्यका १ सय ६५ वटा मात्रै यस्ता सवारी आयात भएका थिए । यसरी विद्युतीय चारपांग्रे सवारीको आयात २१७ प्रतिशतले बढेको देखिन्छ ।

त्यस्तै, विद्युतीय मोटरसाइकलतर्फ पनि आकर्षण उल्लेखनीय रूपमा बढेको छ । चालू वर्षमा ८० करोड ५७ लाख रुपैयाँ मूल्यका ६ हजार १२८ वटा विद्युतीय मोटरसाइकल भित्रिँदा २६ करोड ४३ लाख रुपैयाँ राजस्व उठेको छ । अघिल्लो वर्ष ४४ करोड ३० लाख रुपैयाँ मूल्यका ३ हजार ३७४ वटा मोटरसाइकल आयात भएका थिए। यस आधारमा विद्युतीय मोटरसाइकल आयात ८७ प्रतिशतले वृद्धि भएको छ ।

यता, इन्धन (डिजेल तथा पेट्रोल)बाट चल्ने सवारीसाधनको आयातमा भने घट्दो प्रवृत्ति देखिएको छ । चालू वर्षको ७ महिनामा १ अर्ब १६ करोड १३ लाख रुपैयाँ मूल्यका ६ सय ९ वटा जिप, कार र भ्यान आयात हुँदा २ अर्ब ८६ करोड रुपैयाँ राजस्व उठेको छ । अघिल्लो वर्ष सोही अवधिमा १ अर्ब ५० करोड रुपैयाँ मूल्यका ७ सय ४८ वटा सवारी आयात भएका थिए, जसबाट ३ अर्ब ७३ करोड राजस्व संकलन भएको थियो ।

यद्यपि पेट्रोलबाट चल्ने मोटरसाइकलको आयात भने बढेको देखिन्छ । चालू वर्षमा ५५ करोड रुपैयाँ मूल्यका ५ हजार ३४७ वटा मोटरसाइकल भित्रिँदा ६९ करोड ५३ लाख रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो वर्ष सोही अवधिमा २७ करोड २० लाख रुपैयाँ मूल्यका २ हजार ८१८ वटा मोटरसाइकल आयात हुँदा ३४ करोड २० लाख रुपैयाँ राजस्व उठेको थियो । समग्रमा वीरगंज नाका हुँदै सवारीसाधन आयातमा व्यापक विस्तारसँगै राजस्व संकलनमा समेत उल्लेखनीय उछाल आएको छ । विशेषगरी विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणले नेपालको यातायात बजारमा परिवर्तनको संकेत स्पष्ट देखिएको छ ।

Tags: नयाँ विद्युतीय सवारी आयातमा वृद्धि
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

अशोज २७, २०८३
महोत्तरीमा दसैँको सुरक्षा कडा, सामाजिक सञ्जालमा २४ घण्टा निगरानी

महोत्तरीमा दसैँको सुरक्षा कडा, सामाजिक सञ्जालमा २४ घण्टा निगरानी

अशोज २७, २०८३
नेपाल राष्ट्र बैंक वीरगंजमा दशैं लक्षित नयाँ नोट वितरण सुरु

नेपाल राष्ट्र बैंक वीरगंजमा दशैं लक्षित नयाँ नोट वितरण सुरु

अशोज २७, २०८३
११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना नियन्त्रणमा

११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना नियन्त्रणमा

अशोज २७, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि