Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

घुमुवाको आडमा खुले मधेशका नाकाः डिआइजीको नाममा ‘लाइन क्लियर’, सीमा तस्करको नियन्त्रणमा

प्रदेश प्रहरी कार्यालयले मातहतका जिल्लाका प्रहरीमाथि अविश्वास गर्दै सिधै ‘घुमुवा’ खटाउने अभ्यास बढाएको छ । ती घुमुवाले उच्च अधिकारी विशेषतः डिआइजीको नाम प्रयोग गर्दै तस्करीका लागि चिनिएका नाकाहरू खोल्न दबाब दिने गरेको आरोप छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १७, २०८२
घुमुवाको आडमा खुले मधेशका नाकाः डिआइजीको नाममा ‘लाइन क्लियर’, सीमा तस्करको नियन्त्रणमा

वीरगंज (पर्सा), १७ चैत । मधेश प्रदेशका सीमा नाकाहरू पछिल्ला समय तीव्र रूपमा तस्करीको केन्द्र बन्दै गएका छन् । सूचना संकलनको नाममा सादा पोसाकमा खटाइएका ‘घुमुवा’ परिचालनकै आडमा आठै जिल्लाका नाकाबाट अवैध कारोबार झनै मौलाएको आरोप उठेको छ । प्रदेशका विभिन्न नाकाबाट मदिरा, चिनियाँ स्याउ, गिट्टी–बालुवालगायतका सामग्री निर्बाध रूपमा ओसारपसार भइरहेको छ भने भारततर्फबाट चिनी, दाल, चामल, मोटरपाट्र्स, कस्मेटिक्सदेखि दैनिक उपभोग्य वस्तुहरू भन्सार छल्दै नेपाल भित्रिरहेका छन् । यसको प्रत्यक्ष असर सीमावर्ती बजारदेखि सदरमुकामसम्मका व्यवसायमा परेको छ ।

प्रहरी स्रोतका अनुसार प्रदेश प्रहरी कार्यालयले मातहतका जिल्लाका प्रहरीमाथि अविश्वास गर्दै सिधै ‘घुमुवा’ खटाउने अभ्यास बढाएको छ । ती घुमुवाले उच्च अधिकारी विशेषतः डिआइजीको नाम प्रयोग गर्दै तस्करीका लागि चिनिएका नाकाहरू खोल्न दबाब दिने गरेको आरोप छ । चुनावअघि र त्यसपछिको संक्रमणकालमा यस्ता घुमुवा सीमा चौकीसम्म पुगेर नाका खुलाएको दाबी गरिएको छ । सीमा क्षेत्रमा कार्यरत एक प्रहरी अधिकृत भन्छन्, ‘डिआइजी गोविन्द थपलियाको नाम लिएर आदेश आउँछ । त्यसपछि राति तस्करीका गाडी पास नगरी बस्न सकिँदैन ।’ उनका अनुसार यस्ता घुमुवा आठै जिल्लामा परिचालित छन् । यद्यपि, डिआइजी थपलियाले घुमुवा नभई सादा पोसाकका कर्मचारी खटाइएको स्वीकार्दै त्यसको उद्देश्य सूचना संकलन मात्र भएको बताएका छन् ।

यता, प्रदेश प्रहरीका प्रवक्ता कमल थापाले तस्करीमा प्रहरीको संलग्नताको आरोप अस्वीकार गरेका छन् । उनका अनुसार पछिल्ला दिनमा आठै जिल्लाबाट करिब सात लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको छ । सादा पोसाकका प्रहरी अपराध नियन्त्रणकै लागि परिचालित हुने दाबी गर्दै उनले अनियमितता भएको जस्तो नलाग्ने बताएका छन् । तर, व्यवसायीहरूको भोगाइ फरक छ । उनीहरू भन्छन् भन्सार तिरेर ल्याइएको सामान महँगो पर्ने, जबकि तस्करीका सामान सस्तोमा बजारमा उपलब्ध हुने भएकाले बिक्रीमा भारी गिरावट आएको छ । ‘यो समस्या केवल मेरो होइन, मधेशका सबै जिल्लाका व्यापारीको साझा पीडा हो,’ सिरहाका एक व्यवसायीले बताए ।

सप्तरीको बलान बिहुल गाउँपालिका अन्तर्गत बेल्ही, पातो, छिन्नमस्ता, सोभरणपटी लगायतका नाकाहरूबाट स्याउ र मदिरा तस्करी व्यापक रहेको दाबी गरिएको छ । यिनै नाकाबाट सुर्तीजन्य पदार्थ, गुटखा, साना ग्यास सिलिन्डर, लाइटर र मोटरपाट्र्स समेत भित्र्याइने गरिएको बताइन्छ । नाका बन्द गर्न खोज्दा समेत घुमुवाको नाममा पुगेका प्रहरी अधिकारीले उल्टै खोल्न निर्देशन दिने गरेको स्रोतको दाबी छ । त्यस्तै, सिरहाका माडर, ठाढी, बरियारपट्टी, झाझपट्टी, औरही, नरगी र चतरी नाकाहरू पछिल्लो समय तस्करका लागि ‘भूस्वर्ग’ जस्तै बनेका छन् । यी क्षेत्रबाट नुनदेखि सुनसम्म तस्करी हुने गरेको स्थानीयको भनाइ छ । तस्करीका सामान लहान, गोलबजार र मिर्चैयामा भण्डारण गरी नक्कली बिल बनाएर पहाडी जिल्लातर्फ पठाइने गरिएको छ ।

सीमाबाट गोदामसम्म सामान सुरक्षित पुर्‍याउन घुमुवाको सहयोग रहने र मोटरसाइकल, टेम्पो, ट्र्याक्टर, मिनी ट्रक तथा पिकअप प्रयोग हुने गरेको बताइन्छ । धनुषाको जटही र औरही नाकाबाट पनि तस्करी भइरहेको छ । एक घटनामा, नाका खोल्न आएको आदेश नमान्दा डिआइजी र जिल्ला प्रहरी प्रमुखबीच भनाभन भएको स्रोतले जनाएको छ । पर्सामा भने प्रमाणबिना हस्तक्षेप नगर्नु भन्दै प्रहरी प्रमुखले कडाइ गरेपछि घुमुवाको प्रभाव सीमित भएको बताइन्छ ।

व्यापारीहरूका अनुसार बारा, सर्लाही, रौतहट र महोत्तरीमा ‘घुमुवा आतंक’ झन् तीव्र छ । धनुषा र महोत्तरीका सीमावासी रमभरोष भन्छन्, ‘अहिले त नाका तस्करलाई नै जिम्मा दिइएको जस्तो अवस्था छ ।’ केही स्थानमा तस्करी रोक्न खोज्दा प्रदेश प्रहरी कार्यालयबाटै दबाब आएको दाबी गर्दै यो विषय माथिल्लो निकायसम्म पुर्‍याइएको स्रोतले जनाएको छ । मधेशका नाकाबाट चिनी, कपडा, मोटरपाट्र्स, पान मसाला, तेल, दाल, चामल, मैदा, कुखुरा तथा सुर्तीजन्य पदार्थहरू भन्सार छलेर भित्रिन्छन् भने नेपालबाट मदिरा, चिनियाँ स्याउ र गिट्टी–बालुवा भारततर्फ पठाइन्छ ।

सिरहाको बरियारपट्टीमा भेटिएका एक स्थानीय भन्छन्, ‘सुरक्षाकर्मीको बाक्लो उपस्थितिमै तस्करी हुनु सामान्य कुरा भइसक्यो । नियन्त्रण गर्ने निकाय नै मौन भएपछि हामी के बोल्ने ?’ उनका अनुसार ‘लाइन क्लियर’ को संकेत पाएपछि मात्र तस्करी सुरु हुन्छ । सीमादेखि सहरसम्म यस्तो लाइन व्यवस्थापन गर्न मोटरसाइकलमा तस्कर र प्रहरीका प्रतिनिधि सक्रिय रहने गरेको बताइन्छ । ‘प्रहरी नमिलेसम्म भन्सार छलेर सामान ल्याउने आँट कसैले गर्दैन,’ उनले स्पष्ट पारे ।

सप्तरी, सर्लाही, रौतहट, बारा र पर्साका दर्जनौँ नाकामा तस्करको खुलेआम गतिविधि रहेको स्थानीयको भनाइ छ । सुरक्षाकर्मी र भन्सार कर्मचारीसँगको मिलेमतोमा संगठित सञ्जालमार्फत तस्करी हुने गरेको आरोप छ । कहिलेकाहीँ देखाउनका लागि केही सामान समातिए पनि ‘कुरा मिलेपछि’ छाडिने गरेको सीमावासीको गुनासो छ । सिरहाका नरगीका एक बासिन्दा भन्छन्, ‘प्रहरी मिलेपछि जे पनि वारपार गर्न सम्भव छ ।’ झाझपट्टी नजिकैका रमसुफल रायका अनुसार राति सीमा क्षेत्रमा सामान थुपारेर मोटरसाइकल र टेम्पोमार्फत सहर पठाइन्छ । ‘लाइन क्लियर भएपछि मात्रै ढुवानी सुरु हुन्छ ,’ उनले भने ।

उनले थपे, ‘हामीसँग आँखा, कान र मुख बन्द गरेर बस्नु बाहेक विकल्प छैन । राज्यकै निकायले तस्करलाई बाटो खोलिदिएपछि कसरी आवाज उठाउने ?’ स्थानीयको बुझाइ स्पष्ट छ सीमादेखि सहरसम्म प्रहरी निष्पक्ष भए मात्र तस्करी रोक्न सकिन्छ । नत्र, भन्सार राजश्व छलेर हुने अवैध कारोबार रोक्नु असम्भवजस्तै देखिन्छ ।

Tags: सीमादेखि गोदामसम्म ‘सेटिङ’: मधेशमा अवैध कारोबार निर्बाध
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

जेष्ठ १, २०८३
पर्सा-१ मा रास्वपाका हरि पन्तको फराकिलो जीत, प्रदीप यादव १४ हजार मतान्तरले पराजित

सडक विस्तारमा हतारो नगर्न पूर्वमन्त्री यादवको आग्रह

जेष्ठ १, २०८३
वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

जेष्ठ १, २०८३
डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

जेष्ठ १, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि