वीरगंज (पर्सा), १७ चैत । पर्साको पोखरियामा स्वर्गीय शम्भु प्रसाद रौनियारको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनी दिपनारायण रौनियारका पिता थिए । दिपनारायण रौनियार पोखरिया नगरपालिकाका प्रथम नगरप्रमुख तथा पूर्व मेयर छन् ।
पोखरियामा सम्पन्न अन्त्येष्टि कार्यक्रममा स्वर्गीय रौनियारको पार्थिव शरीरमा नेपाली कांग्रेसको चारतारे झण्डा ओढाएर सम्मान व्यक्त गरिएको थियो । सो अवसरमा सुरेन्द्र प्रसाद चौधरीले श्रद्धाञ्जली अर्पण गर्दै अन्त्येष्टि सम्पन्न गरेका थिए ।
स्वर्गीय रौनियारको निधनप्रति विभिन्न राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूले दुःख व्यक्त गरेका छन् । साथै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ ।









प्रतिक्रिया दिनुहोस् !