Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सहोदरा मेलाले ठोरीमा पर्यटकको बाढी, धार्मिक पर्यटनमा उछाल

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १७, २०८२
सहोदरा मेलाले ठोरीमा पर्यटकको बाढी, धार्मिक पर्यटनमा उछाल

वीरगंज (पर्सा), १७ चैत । आदिशक्ति माँ सहोदरा मन्दिरमा चैत्र १३ गतेदेखि सुरु भएको दस दिने धार्मिक मेलाले ठोरी क्षेत्रलाई पर्यटकीय रूपमा निकै चलायमान बनाएको छ । मेलासँगै श्रद्धालु तथा पर्यटकको भीड उल्लेख्य रूपमा बढ्दै जाँदा ठोरी आसपासका गन्तव्यहरूमा चहलपहल तीव्र बनेको छ । पर्सा, बारा, चितवन लगायत नेपालका विभिन्न जिल्लाका साथै भारतका विभिन्न सहरबाट मेला भर्न आउने भक्तजनहरू सहोदरा मन्दिरमा पूजाअर्चना सकेपछि नजिकै रहेको सोफा मन्दिर र प्राकृतिक सौन्दर्यले भरिएको ठोरी क्षेत्रको भ्रमणमा निस्कने क्रम उल्लेखनीय रूपमा बढेको छ । यसले धार्मिक पर्यटनसँगै आन्तरिक तथा सीमापार पर्यटनलाई पनि उकासेको देखिन्छ ।

भारतको बिहार राज्यमा मदिरा निषेध लागू रहेकाले पनि धेरै भारतीय पर्यटकहरू ठोरीतर्फ आकर्षित भइरहेको स्थानीयको भनाइ छ । ठोरी पुग्नेहरू राईधारा, रेड हिल भ्यू प्वाइन्ट, रानीवन इच्छानगर, बुलबुल पार्क, जमुनाघारी, सीता गुफा, सेतो पहाड, सिनही पर्वत, स्टोन पार्क र ठुटेखोलाको पुल जस्ता रमणीय स्थलहरू घुम्ने गरेका छन् । ठोरी गाउँपालिका–२ स्थित मानवीर होटलका सञ्चालक वीरबहादुर तामाङका अनुसार मेला सुरु भएयता पर्यटकको आगमन सामान्य अवस्थाको तुलनामा झण्डै दोब्बर पुगेको छ। उनका अनुसार मेला सुरु भएको केही दिनमै पर्यटकको चाप झनै बढ्दै गएको छ ।

होटल व्यवसायमा समेत यसको प्रत्यक्ष प्रभाव परेको छ, जहाँ पाहुनाहरूले खाना, खाजा तथा मदिरासमेत उपभोग गर्ने गरेका छन् । भारतको बिहारस्थित नरकटियागंजका पर्यटक अमित कुमारले सहोदरा मेला भर्न आउने क्रममा पहिलो पटक ठोरी घुम्ने अवसर पाएको बताए । अर्का भारतीय पर्यटक सुभाष कुमारले गर्मी मौसम भए पनि ठोरीको शीतल, हरियाली र शान्त वातावरणले आफूलाई अत्यन्त प्रभावित पारेको अनुभव सुनाए ।

त्यसैगरी, बाराको करैयामाई गाउँपालिकाबाट आएका साजन चौधरीले पहिलोपटक मेला भर्न आएको बताउँदै सोफा मन्दिर र ठोरीको चर्चित नाम सुनेपछि यहाँसम्म आइपुगेको बताए । उनले यहाँको भ्रमण स्मरणीय रहेको प्रतिक्रिया दिएका छन् । यसैबीच, सहोदरा मन्दिरबाट करिब आठ किलोमिटर उत्तर–पश्चिममा अवस्थित सोफा मन्दिरमा पनि दर्शनार्थीहरूको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ । ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको यस मन्दिरको स्थापना प्राचीनकालमा राजा हेतु कुँवरको पालामा भएको जनविश्वास छ । मन्दिरभित्र रहेको सुरुङलाई भारत सरकारले बन्द गरेको बताइन्छ ।

मन्दिर नजिकै बग्ने पण्डई खोलासँग महाभारतकालीन कथा जोडिएको छ । जनविश्वास अनुसार पाण्डवहरूले वनवासको समयमा यस क्षेत्रमा बसोबास गर्दै नित्यकर्म गर्ने गरेका कारण खोलाको नाम पण्डई रहन गएको हो। नेपालतर्फको ठुटे खोला भारत प्रवेश गरेपछि यही नामले चिनिने गरिएको छ । वीरगंज–ठोरी हुलाकी सडक निर्माणपछि नेपालबाट सहोदरा मेला भर्न जाने करिब ८० प्रतिशत यात्रु ठोरी नाकामार्फत आवतजावत गर्ने गरेका छन् । साथै, बिहार प्रशासनले चारचक्के सवारीका लागि ठोरी र इनर्वा नाका मात्र सञ्चालनमा राखेकाले पनि ठोरी हुँदै यात्रा गर्नेको संख्या उल्लेखनीय रूपमा बढेको देखिन्छ ।

Tags: सहोदरा मेलाले पर्यटकको चहलपहल
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आर्थिक अभावले न्यायबाट वञ्चित हुँदै हिंसापीडित महिला र बालबालिका, सहयोगको व्यवस्था गर्न माग

आर्थिक अभावले न्यायबाट वञ्चित हुँदै हिंसापीडित महिला र बालबालिका, सहयोगको व्यवस्था गर्न माग

अशोज २८, २०८३
मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

अशोज २७, २०८३
महोत्तरीमा दसैँको सुरक्षा कडा, सामाजिक सञ्जालमा २४ घण्टा निगरानी

महोत्तरीमा दसैँको सुरक्षा कडा, सामाजिक सञ्जालमा २४ घण्टा निगरानी

अशोज २७, २०८३
नेपाल राष्ट्र बैंक वीरगंजमा दशैं लक्षित नयाँ नोट वितरण सुरु

नेपाल राष्ट्र बैंक वीरगंजमा दशैं लक्षित नयाँ नोट वितरण सुरु

अशोज २७, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि