Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

चौधरी प्रकरणमा पर्साका दल एकजुट : निष्पक्ष छानबिनको माग गर्दै संयुक्त विज्ञप्ति

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र ४, २०८२
चौधरी प्रकरणमा पर्साका दल एकजुट : निष्पक्ष छानबिनको माग गर्दै संयुक्त विज्ञप्ति

वीरगंज (पर्सा), ४ चैत । पर्सामा सक्रिय विभिन्न राजनीतिक दलहरूले प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोज कुमार चौधरीसँग जोडिएको घटनाबारे संयुक्त धारणा सार्वजनिक गर्दै निष्पक्ष अनुसन्धानको माग गरेका छन् । नेपाली कम्युनिष्ट पार्टी पर्साको पहलमा चैत्र ३ गते बसेको सर्वदलीय बैठकपछि जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमा घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सम्बन्धित निकायलाई तत्काल ध्यान दिन आग्रह गरिएको हो । विज्ञप्तिमा चौधरीलाई एक जिम्मेवार, मिलनसार तथा सक्रिय राजनीतिक व्यक्तित्वका रूपमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा उल्लेख गरिएअनुसार, २०८२ फागुन १९ गते साँझ वीरगंज फर्किने क्रममा सुरक्षा जाँचका बेला चौधरी सवार गाडीको डिकीबाट शंकास्पद वस्तु फेला परेको भन्दै उनीसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तर, घटनाको १६ दिन बितिसक्दा पनि उक्त वस्तुको प्रकृति, त्यसको स्रोत तथा उद्देश्यबारे स्पष्ट जानकारी सार्वजनिक हुन नसकेको भन्दै दलहरूले चिन्ता व्यक्त गरेका छन् ।

राजनीतिक रूपमा सक्रिय व्यक्तित्व तथा उम्मेदवार नै रहेको अवस्थामा आफ्नै गाडीमा विस्फोटक पदार्थ बोकेर हिँड्नु अस्वाभाविक देखिने भन्दै विज्ञप्तिमा घटनामा कुनै षड्यन्त्र हुन सक्ने आशंका व्यक्त गरिएको छ । साथै, घटनाको भोलिपल्ट अन्य स्थानमा फेला परेको वस्तुसँग जोडेर घटनालाई थप जटिल बनाउने प्रयास भइरहेको संकेत पनि गरिएको छ ।

दलहरूले अनुसन्धान प्रक्रिया अनावश्यक रूपमा लम्ब्याएर मनोवैज्ञानिक दबाब सिर्जना गरिँदै निर्दोष व्यक्तिहरूलाई फसाउने प्रयास भइरहेको हुनसक्ने आशंका समेत व्यक्त गरेका छन् । उनीहरूले ढिलाइ नगरी निष्पक्ष छानबिन सम्पन्न गरी यथाशीघ्र न्यायिक प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन् । ‘ढिलो गर्नु न्याय नदिनु सरह हो,’ भन्ने भनाइ उद्धृत गर्दै विज्ञप्तिमा तत्काल अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्न र आवश्यक कारबाही प्रक्रिया अघि बढाउन जोड दिइएको छ । साथै, आफ्नो सहनशीलतालाई कमजोरी नठान्न चेतावनी दिँदै अवस्था जटिल बने थप कदम चाल्न बाध्य हुने संकेत समेत गरिएको छ ।

उक्त संयुक्त विज्ञप्तिमा रामनारायण कुर्मी (नेपाली काँग्रेस), सुन्दर कुर्मी (नेकपा एमाले), रामनरेश यादव (जसपा नेपाल), तबरेज अहमद (जसपा), ओमप्रकाश सर्राफ (जनमत पार्टी), अमिताभ बचन दास (प्रलोप), पन्नालाल पटेल (राप्रपा), हिमाल चन्द्र गौतम (राष्ट्रिय जनमोर्चा), धनबहादुर श्रेष्ठ (वैज्ञानिक समाजवादी पार्टी), बिरेन्द्र कण्ठ (पिपुल फस्ट पार्टी) तथा बालगोपाल थापा र रामदरश कुशवाहा (नेपाली कम्युनिष्ट पार्टी) लगायतका नेताहरूको हस्ताक्षर रहेको छ ।

यसैक्रममा, विभिन्न दलका प्रतिनिधिहरूले भोला दाहाल, प्रमुख जिल्ला अधिकारी, सँग भेट गरी घटनाबारे छलफल गरेका छन् । उक्त भेटमा सुदिप राज पाठक, पर्सा प्रहरी प्रमुख, लगायतको उपस्थिति रहेको थियो । दलहरूको संयुक्त धारणा सार्वजनिक भएसँगै चौधरी प्रकरणले पर्साको राजनीतिक वृत्तमा थप चर्चा र चासोको विषय बनेको छ ।

Tags: चौधरी प्रकरणमा निष्पक्ष छानबिनको माग
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशनः पर्साका पाँच नेता केन्द्रीय कार्यसमितिमा, चौधरी र कुर्मी पराजित

कांग्रेसको १५औँ महाधिवेशनः पर्साका पाँच नेता केन्द्रीय कार्यसमितिमा, चौधरी र कुर्मी पराजित

अशोज ३१, २०८३
औद्योगिक करिडोरका श्रमिकका पीडाः न्यूनतम पारिश्रमिकदेखि सामाजिक सुरक्षासम्म समस्या

औद्योगिक करिडोरका श्रमिकका पीडाः न्यूनतम पारिश्रमिकदेखि सामाजिक सुरक्षासम्म समस्या

अशोज ३१, २०८३
चाडपर्वमा बासी र अस्वच्छ खाना बिक्री गरे कारबाही, होटल तथा मिठाइ पसललाई विभागको चेतावनी

चाडपर्वमा बासी र अस्वच्छ खाना बिक्री गरे कारबाही, होटल तथा मिठाइ पसललाई विभागको चेतावनी

अशोज ३१, २०८३
चाडपर्वमा चिनी अभाव हुन नदिन सरकारको तयारी, २२ हजार क्विन्टल मौज्दात

चाडपर्वमा चिनी अभाव हुन नदिन सरकारको तयारी, २२ हजार क्विन्टल मौज्दात

अशोज ३१, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि