Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजमा लामखुट्टे नियन्त्रण अभियान तीव्र, फगिङसहित विषादी छर्ने कार्य सुरु

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र ४, २०८२
वीरगंजमा लामखुट्टे नियन्त्रण अभियान तीव्र, फगिङसहित विषादी छर्ने कार्य सुरु

वीरगंज (पर्सा), ४ चैत । वीरगंज महानगरपालिकाले लामखुट्टेको बढ्दो प्रकोप नियन्त्रण गर्न मंगलबारदेखि एयर स्प्रे (फगिङ) प्रविधिमार्फत विषादी छर्ने अभियान सुरु गरेको छ । यसअघि महानगरले पम्प स्प्रे प्रयोग गरेर औषधी छर्कँदै आएकोमा अब फगिङ विधिलाई समेत जोड दिँदै नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाइएको हो ।

महानगरका सरसफाइ अधिकृत सर्फुदिन मियाँका अनुसार बिहानको समयमा पम्प स्प्रे प्रयोग गरी औषधी छर्ने र साँझपख एयर स्प्रे (फगिङ) मार्फत विषादी छर्ने कामलाई तीव्र बनाइएको छ । उनले लार्भा अवस्थामा रहेका लामखुट्टेलाई बिहान र दिउँसो नियन्त्रण गर्ने तथा साँझ वयस्क लामखुट्टेलाई फगिङमार्फत नष्ट गर्ने योजना अनुरूप काम भइरहेको जानकारी दिए ।

गर्मी मौसम सुरु भएसँगै वीरगंज क्षेत्रमा लामखुट्टेको संख्या बढ्न थालेको छ । सोही अवस्थालाई मध्यनजर गर्दै महानगरपालिकाले दुवै प्रविधिको संयोजनमा विषादी छर्ने कार्य अघि बढाएको हो । यस अभियानलाई व्यवस्थित बनाउन महानगरले ३२ वटै वडामा लागू हुने गरी तालिका समेत तयार पारेको छ ।

वीरगंजमा विशेषगरी चिसो मौसम समाप्त भएर गर्मी सुरु हुने समय तथा वर्षायामको प्रारम्भमा लामखुट्टेको प्रकोप तीव्र हुने गरेको पाइन्छ । यही अवस्थालाई ध्यानमा राख्दै महानगरपालिकाले हरेक वर्ष दुई चरणमा विषादी छर्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

महानगर प्रमुख राजेशमान सिंह ले लामखुट्टेको टोकाइबाट सर्ने डेंगु, मलेरिया जस्ता रोगबाट नागरिकलाई सुरक्षित राख्न यस्तो अभियान निरन्तर सञ्चालन गरिएको बताए । साथै, उनले स्थानीयवासीलाई घर–आँगन वरिपरि पानी जम्न नदिन, सरसफाइमा ध्यान दिन र अभियानलाई सफल बनाउन सहयोग गर्न अपिल गरेका छन् ।

Tags: लामखुट्टे नियन्त्रण अभियान तीव्र
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशनः पर्साका पाँच नेता केन्द्रीय कार्यसमितिमा, चौधरी र कुर्मी पराजित

कांग्रेसको १५औँ महाधिवेशनः पर्साका पाँच नेता केन्द्रीय कार्यसमितिमा, चौधरी र कुर्मी पराजित

अशोज ३१, २०८३
औद्योगिक करिडोरका श्रमिकका पीडाः न्यूनतम पारिश्रमिकदेखि सामाजिक सुरक्षासम्म समस्या

औद्योगिक करिडोरका श्रमिकका पीडाः न्यूनतम पारिश्रमिकदेखि सामाजिक सुरक्षासम्म समस्या

अशोज ३१, २०८३
चाडपर्वमा बासी र अस्वच्छ खाना बिक्री गरे कारबाही, होटल तथा मिठाइ पसललाई विभागको चेतावनी

चाडपर्वमा बासी र अस्वच्छ खाना बिक्री गरे कारबाही, होटल तथा मिठाइ पसललाई विभागको चेतावनी

अशोज ३१, २०८३
चाडपर्वमा चिनी अभाव हुन नदिन सरकारको तयारी, २२ हजार क्विन्टल मौज्दात

चाडपर्वमा चिनी अभाव हुन नदिन सरकारको तयारी, २२ हजार क्विन्टल मौज्दात

अशोज ३१, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि