Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बिमा अभावमा रौतहटका केरा किसान संकटमा, हावाहुरीले करोडौँको क्षति

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र ४, २०८२
बिमा अभावमा रौतहटका केरा किसान संकटमा, हावाहुरीले करोडौँको क्षति

चन्द्रपुर (रौतहट), ४ चैत । केरा खेतीमा बिमा व्यवस्था नहुँदा रौतहटका किसानहरू प्राकृतिक विपत्तिको मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा व्यावसायिक रूपमा गरिएको केरा खेती बर्सेनि हावाहुरी, रोग तथा अन्य जोखिमबाट प्रभावित हुँदै आएको भएपनि क्षतिपूर्ति पाउने कुनै भरपर्दो व्यवस्था नहुँदा किसानहरू थप समस्यामा परेका हुन् ।

सोमबार साँझ आएको तीव्र हावाहुरीले चन्द्रपुर नगरपालिका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । विशेषगरी चन्द्रपुर–३ मा लगाइएको करिब डेढ करोड रुपैयाँ बराबरको केरा बगान पूर्ण रूपमा नष्ट भएको छ । यससँगै किसानहरूको वर्षभरिको मेहनत एकै झट्कामा समाप्त भएको छ । चन्द्रपुर–१ को पौराई, वडा नम्बर २ को जुडिबेला, वडा नम्बर ३ को गैँडाटार तथा वडा नम्बर ४ को चन्द्रनिगाहपुर लगायतका स्थानमा हावाहुरीले व्यापक क्षति पुर्‍याएको छ ।

गैँडाटार गाउँलाई यस क्षेत्रको प्रमुख केरा उत्पादन केन्द्र मानिन्छ, जहाँ अधिकांश किसान व्यावसायिक रूपमा केरा खेतीमा निर्भर छन् । स्थानीय कृषक दीपक गौतमका अनुसार हजारौँ केरा बोट ढलेपछि लगानी, श्रम र समय सबै गुमेको छ । ‘एकैछिनमा वर्षभरिको पसिना बग्यो,’ उनले गुनासो गर्दै भने, ‘बिमा नहुँदा सम्पूर्ण क्षति हामीले नै बेहोर्नुपरेको छ, जसले आर्थिक रूपमा धरासायी बनाएको छ ।’

यस क्षेत्रका किसानहरूले बर्सेनि हावाहुरी, रोग तथा कहिलेकाहीँ जङ्गली जनावरको आक्रमण जस्ता समस्याको सामना गर्दै आएका छन् । तर, केरा खेतीमा बिमा नहुँदा हरेक पटकको क्षति किसानकै काँधमा पर्ने गरेको उनीहरूको भनाइ छ । केरा खेती विस्तार हुँदै गएपछि बिमा लागू गर्न माग गर्दै स्थानीय तहमा पटक–पटक आवाज उठाए पनि ठोस पहल हुन नसकेको कृषकहरू बताउँछन् ।

कृषक गौतमले आफूले करिब ७ बिघा जमिनमा केरा खेती गर्दै आएको उल्लेख गर्दै नगरप्रमुख सञ्जयकुमार काफ्ले तथा विभिन्न बिमा कम्पनीहरूसँग पटक–पटक पहल गर्दा पनि अपेक्षित सहयोग नपाएको गुनासो गरे । उनका अनुसार रौतहटमा करिब ४ सय बिघाभन्दा बढी क्षेत्रफलमा केरा खेती गरिएको छ र हालको हावाहुरीले मात्रै तीन करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

अर्का कृषक रमेश घिमिरेले बिमा प्रणाली लागू भए किसानको लगानी सुरक्षित हुने विश्वास व्यक्त गरे । ‘अहिलेको अवस्थामा बाली बिमा अनिवार्यजस्तै भइसकेको छ,’ उनले भने, ‘तर जोखिम धेरै हुने भन्दै बिमा कम्पनीहरूले केरा खेतीलाई प्राथमिकता दिएका छैनन्, जसले किसानलाई थप संकटमा पारेको छ ।’

यसैबीच नगरप्रमुख काफ्लेले बाली बिमा कार्यक्रम अघि बढाउन नगरपालिका आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् । उनले किसानको सुरक्षा र कृषि क्षेत्रको दिगोपनका लागि बिमा अपरिहार्य भएको उल्लेख गर्दै आवश्यक समन्वय र पहल गर्ने प्रतिबद्धता जनाएका छन् । केरा खेतीमा निर्भर किसानहरूको पीडा घटाउन प्रभावकारी बिमा नीति लागू गर्नु अहिलेको प्रमुख आवश्यकता बनेको देखिन्छ ।

Tags: हावाहुरीले केराखेतीमा क्षति
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३
भुक्तानी रोकिएपछि सरकारी कार्यालयमा तालाबन्दी, १४ करोड रुपैयाँ रोकिएको दाबी

भुक्तानी रोकिएपछि सरकारी कार्यालयमा तालाबन्दी, १४ करोड रुपैयाँ रोकिएको दाबी

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि