Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कलैया यातायात कार्यालयमा अराजकता : सेवाग्राही थुन्नेदेखि ‘लाइसेन्स किनबेच’ को आरोप

कलैया यातायात कार्यालय ‘लाइसेन्स किनबेचको अड्डा’ का रूपमा चिनिँदै आएको छ । यहाँ बारा वा पर्साका सेवाग्राहीभन्दा पनि हेटौडा माथिका पहाडी जिल्लाबाट सेवाग्राहीहरू आउने गरेका छन् । हेटौडा, काठमाडौं, सिन्धुपाल्चोक, पाल्पा लगायतका क्षेत्रबाट लाइसेन्स नपाएका व्यक्तिहरूलाई विचौलियामार्फत कलैया ल्याएर लाइसेन्स दिलाउने गरिएको कर्मचारी स्रोतको दाबी छ ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
चैत्र ४, २०८२
कलैया यातायात कार्यालयमा अराजकता : सेवाग्राही थुन्नेदेखि ‘लाइसेन्स किनबेच’ को आरोप

कलैया (बारा), ४ चैत । बाराको कलैयास्थित यातायात व्यवस्था कार्यालय फेरि एकपटक गम्भीर विवादमा तानिएको छ । कार्यालय प्रमुख चिन्तन आचार्यमाथि सेवाग्राहीलाई कार्यकक्षमै थुनेर दुर्व्यवहार तथा हातपात गरेको आरोप लागेसँगै कार्यालयभित्रको कार्यशैली, अनुशासन र पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ ।

सेवाग्राही अरुण कुशवाहाका अनुसार, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि बायोमेट्रिक प्रक्रिया गराउन कार्यालय पुगेका बेला सामान्य विवादले उग्र रूप लिएको थियो । कर्मचारीले नागरिकताको फोटोकपी मागेपछि, बाहिर फोटोकपीको सुविधा नभएको भन्दै उनले सक्कली नागरिकताबाटै प्रक्रिया अगाडि बढाइदिन अनुरोध गरेका थिए । यही विषयमा कार्यालय प्रमुखसँग गुनासो गर्न जाँदा स्थिति झनै तनावपूर्ण बनेको कुशवाहाको आरोप छ ।

उनका अनुसार, कार्यालय प्रमुख आचार्यले गुनासो सुन्नुको सट्टा धाकधम्कीपूर्ण शैलीमा प्रतिक्रिया दिए । त्यसपछि आफूले मोबाइलबाट भिडियो खिच्न खोज्दा आचार्यले आफ्ना सहयोगी र ट्राफिक प्रहरीलाई बोलाएर कार्यकक्षमै थुनेर गालीगलौज तथा दुर्व्यवहार गरेका थिए । ‘चार जनाले मिलेर मलाई कार्यकक्षमै थुने, मोबाइल खोसे र भिडियो डिलिट गरिदिए,’ कुशवाहाले भने । विवादकै क्रममा कुशवाहाको मोबाइल खसेर फुटेको समेत उनले बताएका छन् । घटना पश्चात उनलाई ट्राफिक प्रहरीको जिम्मा लगाइएको आरोप समेत उनले लगाएका छन् । यस्ता घटनाले सेवाग्राहीमाथि राज्य संयन्त्रकै दुरुपयोग भइरहेको संकेत गरेको स्थानीयहरू बताउँछन् ।

यता, कार्यालय प्रमुख चिन्तन आचार्यले भने आफूमाथि लागेको हातपातको आरोप अस्वीकार गरेका छन् । उनले सेवाग्राहीले अनुमति बिना भिडियो खिचेको कारण मोबाइल खोसेको स्वीकार गर्दै सो क्रममा मोबाइल खसेर फुटेको बताएका छन् । तर, उनले दुर्व्यवहार वा कुटपिट नगरेको दाबी गरेका छन् । तर यो घटना केवल व्यक्तिगत विवादमा सीमित छैन । कलैया यातायात कार्यालयमा वर्षौंदेखि संगठित भ्रष्टाचार र अनियमितताको जालो फैलिएको आरोप समेत पुनः सतहमा आएको छ । सेवाग्राहीहरूका अनुसार, लाइसेन्स प्राप्त गर्ने प्रक्रिया यहाँ पूर्णतः ‘व्यापार’मा परिणत भएको छ ।

स्थानीय स्रोतहरूका अनुसार, लिखित र ट्रायल परीक्षामा असफल भएकाहरूलाई समेत निश्चित रकम लिएर पास गराउने ‘खुलेआम धन्दा’ सञ्चालन भइरहेको छ । मोटरसाइकलदेखि हेभी सवारीसम्मका लागि १० हजारदेखि ७० हजार रुपैयाँसम्म दर तोकिएको बताइन्छ । अझ गम्भीर कुरा के भने, कम्प्युटर प्रणालीमै पास देखिने गरी रेकर्ड मिलाउने, सिसिटिभी फुटेज हटाउने वा सम्पादन गर्ने, लिखित परीक्षामा कर्मचारीले नै उत्तर भर्ने, ट्रायलमा अर्कै दक्ष चालक प्रयोग गर्ने जस्ता कार्यहरू भइरहेको आरोप छ ।

कलैया यातायात कार्यालय ‘लाइसेन्स किनबेचको अड्डा’ का रूपमा चिनिँदै आएको छ । यहाँ बारा वा पर्साका सेवाग्राहीभन्दा पनि हेटौडा माथिका पहाडी जिल्लाबाट सेवाग्राहीहरू आउने गरेका छन् । हेटौडा, काठमाडौं, सिन्धुपाल्चोक, पाल्पा लगायतका क्षेत्रबाट लाइसेन्स नपाएका व्यक्तिहरूलाई विचौलियामार्फत कलैया ल्याएर लाइसेन्स दिलाउने गरिएको कर्मचारी स्रोतको दाबी छ ।

विचौलियाहरूले समूहमा सेवाग्राही जम्मा गरेर सवारी बुकिङमार्फत कलैया ल्याउने र निश्चित रकम लिएर लाइसेन्स दिलाउने कार्य लामो समयदेखि सञ्चालनमा रहेको बताइन्छ । यसले सरकारी सेवा प्रणालीलाई नै अविश्वसनीय बनाउँदै लगेको छ ।

कार्यालयभित्रको अराजकता यसअघि पनि सतहमा आएको थियो । गत मंसिर १८ गते कार्यालयभित्रै कर्मचारीबीच भएको कुटाकुटले प्रशासनिक संस्कारको गिरावट उजागर गरेको थियो । तत्कालीन कार्यालय प्रमुख अबिन्द्र दास र खरिदार सत्यनारायण साहबीचको विवाद कुटाकुटमा परिणत हुँदा दुवै पक्ष घाइते भएका थिए । सो घटनामा पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिए पनि पछि मिलापत्रको नाममा छाडिएको थियो ।

उक्त विवाद सरुवा भइसकेका दासले कार्यालय नछाड्दा उत्पन्न भएको थियो । श्रम तथा यातायात मन्त्रालयले दासलाई जनकपुर सरुवा गरेपछि पनि उनले हाजिर हुन खोज्दा स्थिति तनावग्रस्त बनेको थियो । कर्मचारी स्रोतका अनुसार, करार नियुक्तिमा अनियमितता, अवैध रकम असुली, राजस्व बाहिरको कारोबार, रातिको गोप्य हिसाबकिताब जस्ता गतिविधिहरू लामो समयदेखि चल्दै आएका छन् । यस्ता क्रियाकलापले कार्यालयभित्र संस्थागत भ्रष्टाचार जरा गाडेर बसेको स्पष्ट देखिन्छ ।

यातायात व्यवस्था कार्यालय जस्तो संवेदनशील निकायमा यस्ता घटनाहरू दोहोरिँदा सेवाग्राहीको विश्वास दिनप्रतिदिन घट्दै गएको छ । सवारी चालक अनुमतिपत्र जस्तो महत्वपूर्ण प्रमाणपत्र नै पैसाको भरमा वितरण हुने हो भने त्यसले सडक सुरक्षामाथि समेत गम्भीर असर पार्ने देखिन्छ । यो सवारी चालक अनुमतिपत्र किनबेच गराउने कार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कलैया बाराका प्रमुखको पनि मिलोमतो रहेको बताइएको छ ।

यस घटनाले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । अब प्रश्न उठेको छ के यस्ता गम्भीर आरोपमाथि निष्पक्ष छानबिन हुन्छ ? दोषीमाथि कारबाही हुन्छ, कि फेरि यो पनि ‘मिलापत्र’मै टुंगिन्छ ? सेवाग्राहीहरू भने अब पारदर्शी, जिम्मेवार र सेवामुखी प्रशासनको अपेक्षा गरिरहेका छन् । कलैया यातायात कार्यालयको वास्तविकता उजागर गर्न र सुधार ल्याउन सम्बन्धित निकायले तत्काल कदम चाल्नु आवश्यक देखिन्छ ।

Tags: लाइसेन्स बेच्ने अड्डा’ बन्यो कलैया ! सेवाग्राहीमाथि दुर्व्यवहार
हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि