Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मनोज चौधरी पक्राउ प्रकरणमा सर्वदलीय बैठक, प्रहरी प्रमुखविरुद्ध राजनीतिक प्रतिवादको निर्णय

पाठक पर्सा प्रहरी प्रमुख भएर आएदेखि राजनीतिक दलका नेताहरूको कुरा नसुन्ने, जनताका समस्या लिएर जाँदा समेत राम्रो व्यवहार नगर्ने गरेको गुनासो गरेका थिए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र ३, २०८२
मनोज चौधरी पक्राउ प्रकरणमा सर्वदलीय बैठक, प्रहरी प्रमुखविरुद्ध राजनीतिक प्रतिवादको निर्णय

वीरगंज (पर्सा), ३ चैत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता मनोज चौधरी पक्राउ प्रकरणलाई लिएर मंगलबार वीरगंजमा सर्वदलीय बैठक सम्पन्न भएको छ । नेकपाको आयोजनामा बसेको बैठकले चौधरी पक्राउ सम्बन्धमा साझा धारणा बनाउँदै राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको हो ।

बैठकले पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको राजनीतिक दल तथा नेताप्रति दृष्टिकोण सकारात्मक नरहेको निष्कर्ष निकाल्दै अनुसन्धान प्रक्रिया ढिलो भइरहेको समेत आरोप लगाएको छ । बैठकको बुझाइमा चौधरी पक्राउ प्रकरणमा अनुसन्धान गर्न र प्रतिवेदन बुझाउन प्रहरीले अनावश्यक ढिलाइ गरेको छ ।

बैठकमा बोल्ने नेताहरूले पाठक पर्सा प्रहरी प्रमुख भएर आएदेखि राजनीतिक दलका नेताहरूको कुरा नसुन्ने, जनताका समस्या लिएर जाँदा समेत राम्रो व्यवहार नगर्ने गरेको गुनासो गरेका थिए । पर्साका विभिन्न राजनीतिक दलका जिल्ला प्रमुख तथा प्रतिनिधिहरू सहभागी बैठकले प्रहरी उपरीक्षक पाठकको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बुधबार पर्साका प्रमुख जिल्ला अधिकारीसमक्ष डेलिकेसन जाने निर्णय पनि गरेको छ ।

त्यसैगरी बैठकले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार रहेका मनोज चौधरीले आफ्नै गाडीमा बम राखेर हिँड्न नसक्ने भन्दै उनलाई फसाउन षड्यन्त्र गरिएको हुन सक्ने निष्कर्ष निकालेको छ । घटनाको यथाशीघ्र निष्पक्ष अनुसन्धान गरी पर्सा जिल्ला अदालतमा प्रतिवेदन पेश गर्न माग गर्ने निर्णय गरिएको बैठकमा सहभागी नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले जानकारी दिए । बैठकका निर्णयहरू बुधबार संयुक्त प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने र सोही दिन प्रमुख जिल्ला अधिकारी भोला दाहालसँग भेटेर मागहरू पेश गरिने उनले बताए ।

वीरगंजस्थित नेपाल पत्रकार महासंघको सभा हलमा बसेको बैठकमा नेकपाका केन्द्रीय सदस्यहरू नागेन्द्र चौधरी, रामचन्द्र साह, बालगोपाल थापा, बृजलाल पासवान, पिएल श्रेष्ठ, गंगा खड्का, नेकपा पर्साका रामदरश कुशवाहा, नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, नेकपा एमालेका सुन्दर कुर्मी, जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष रामनरेश यादव, जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला सचिव पानालाल पटेल, जनता समाजवादी पार्टीका तबरेज अहमद, प्रगतिशील लोकतान्त्रिक पार्टीका अमिताभ बचन दास, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका जिल्ला संयोजक धनबहादुर श्रेष्ठ तथा राष्ट्रिय जनमोर्चाका जिल्ला संयोजक हिमाल चन्द्र गौतमलगायतको उपस्थिति रहेको थियो ।

उल्लेखनीय छ, फागुन १९ गते नेता चौधरी सवार बा १० च १२५० नम्बरको गाडीमा शंकास्पद वस्तु फेला परेको आरोपमा उनीसहित नेकपा नेता सत्यनारायण थारु, सुरज कार्की र चालक साहब आलम अन्सारी विगत १५ दिनदेखि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा छन् । प्रहरीले निर्वाचन विथोल्ने र विस्फोटक पदार्थ सम्बन्धी कसुरमा तेस्रो पटक चार दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ । नेता चौधरीलाई फसाउने षड्यन्त्र भएको भन्दै सामाजिक सञ्जालमा आवाज उठ्न थालेपछि राजनीतिक दलहरू सक्रिय भएका हुन् ।

Tags: सर्वदलीय बैठकले चौधरी पक्राउविरुद्ध मोर्चाबन्दी गर्ने निर्णय
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि