Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जातीय आधारमा हिंसा अस्वीकार्य : दलितसँग सम्बन्धित घटनामा संवेदनशील हुन आयोगको आग्रह

पर्साको जिल्ला प्रशासन कार्यालयमा भएको छलफलका क्रममा राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटीले दलित समुदायका मुद्दा समाधानमा संवेदनशीलता र शीघ्र न्याय सुनिश्चित गर्न आग्रह गरेका हुन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २, २०८२
जातीय आधारमा हिंसा अस्वीकार्य : दलितसँग सम्बन्धित घटनामा संवेदनशील हुन आयोगको आग्रह

वीरगंज (पर्सा), २ चैत । राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटीले दलित समुदायसँग जोडिएका घटनालाई गम्भीरतापूर्वक लिँदै प्रशासनले प्राथमिकताका साथ काम गर्नुपर्ने बताएका छन् । सोमबार बिहान पर्साको जिल्ला प्रशासन कार्यालयमा भएको छलफलका क्रममा उनले दलित समुदायका मुद्दा समाधानमा संवेदनशीलता र शीघ्र न्याय सुनिश्चित गर्न आग्रह गरेका हुन् । छलफलमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल तथा जिल्ला प्रहरी प्रमुख सुदिपराज पाठक सहितका अधिकारीहरू सहभागी थिए । सो अवसरमा पुर्कुटीले पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ महुवनमा हालै भएको कुटपिट घटनाको निष्पक्ष छानबिन गरी पीडितलाई न्याय दिलाउन प्रशासनसँग आग्रह गरे ।

उनले नेपालको संविधानले दलित समुदायका अधिकारलाई स्पष्ट रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै ती अधिकार व्यवहारिक रूपमा कार्यान्वयन भए नागरिकले न्यायका लागि भौतारिनुपर्ने अवस्था नआउने बताए । जातीय विभेदसँग जोडिएका घटनामा कुनैपनि प्रकारको सम्झौता अस्वीकार्य हुने उनको भनाइ थियो । ‘यदि जातीय आधारमा घटना भएको पुष्टि हुन्छ भने दोषीलाई कानुनअनुसार कडा कारबाही हुनुपर्छ । यस्तो विषयमा राजनीतिक दबाब वा हस्तक्षेप स्वीकार्य हुँदैन,’ उनले स्पष्ट पारे । यसैबीच प्रमुख जिल्ला अधिकारी दाहालले कानुन सबै नागरिकका लागि समान रहेको बताउँदै प्रशासनले कसैलाई पनि पक्षपात नगर्ने उल्लेख गरे ।

दलित समुदायसँग सम्बन्धित विषयलाई प्रहरी र प्रशासनले संवेदनशील ढंगले हेर्ने गरेको भन्दै उनले सबै सेवाग्राहीलाई समान व्यवहार र सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाए । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी पाठकले पनि उक्त घटनाको अनुसन्धानलाई गम्भीरताका साथ अघि बढाइएको जानकारी दिए । उनका अनुसार कहिलेकाहीँ राजनीतिक स्वार्थका कारण घटनालाई जातीय रंग दिन खोज्ने प्रवृत्ति देखिने भएकाले तथ्यमा आधारित अनुसन्धान आवश्यक हुन्छ ।

महुवन घटनामा प्रहरीले उजुरी दर्ता गरिसकेको र घाउजाँच (केस फारम) समेत तयार गरिएको उनले बताए । ‘अनुसन्धान प्रक्रियालाई छिटो टुंग्याएर दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाइनेछ,’ उनले भने । सो छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल, दलित समुदायका अगुवा अशोक राउत, मानदेव हजरा, लबकुश बैठा, मनोज राम, सुरेन्द्र पासवान, उर्मिला महतो लगायतको उपस्थिति रहेको थियो ।

यसअघि आयोगको टोली महुवन पुगेर घटनामा घाइते भएका व्यक्तिहरूसँग भेटघाट गरेको थियो । पुर्कुटीको नेतृत्वमा पुगेको टोलीले घटनास्थलमै पुगेर पीडित परिवारसँग कुराकानी गर्दै घटनाको वास्तविकता बुझ्ने प्रयास गरेको हो । गत फागुन २४ गते साँझ महुवन बजार क्षेत्रमा केही गैरदलित व्यक्तिहरूले दलित समुदायका सदस्यहरूमाथि कुटपिट गरेको आरोप छ । उक्त घटनामा स्थानीय मालती देवी राम र उनका ७ वर्षीय भतिज बब्लु कुमार राम घाइते भएका छन् । बब्लुको बायाँ हात भाँचिएको छ भने मालती देवी रामको टाउकोमा चोट लागेर तीन वटा टाँका लगाइएको बताइएको छ ।

घटनाको यथार्थ पत्ता लगाएर पीडितलाई न्याय दिलाउन आयोगले पहल गर्ने जनाएको छ । टोलीले सोही क्रममा वडा नं. ५ का वडाध्यक्ष यशेश्वर प्रसाद यादव सँग पनि छलफल गरेको थियो । भेटघाटका क्रममा पुर्कुटीले जातीय आधारमा हुने हिंसा कानुनी अपराध भएको स्पष्ट पार्दै दलित समुदायमाथि हुने यस्ता घटनालाई कुनै पनि हालतमा सहन नसकिने बताए। कार्यक्रममा मधेश प्रदेशका पूर्व प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा, दलित अगुवा मानदेव हजरा, सुरेन्द्र पासवान लगायतको पनि उपस्थिति रहेको थियो ।

Tags: महुवन घटनाले चर्कायो जातीय हिंसाको बहस : निष्पक्ष छानबिनको माग
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि