Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

उपभोग्य वस्तु खरिद गर्दा सावधानी अपनाउन उपभोक्तालाई आग्रह

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १, २०८२
उपभोग्य वस्तु खरिद गर्दा सावधानी अपनाउन उपभोक्तालाई आग्रह

वीरगंज (पर्सा), १ चैत । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले उपभोक्ता तथा व्यवसायीलाई उपभोग्य वस्तुको खरिद–बिक्री गर्दा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । कार्यालय प्रमुख शुशिल साहले उपभोक्तालाई सामान खरिद गर्दा कारोबारस्थलमा साइनबोर्ड र मूल्यसूची भए–नभएको हेर्न तथा प्याकिङ गरिएका वस्तुमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, तौल, उत्पादन मिति, उपभोग मिति र अधिकतम खुद्रा मूल्य उल्लेख भए–नभएको जाँच गर्न आग्रह गरेका छन् ।

त्यसैगरी उत्पादन वा उपभोग मिति नभएको, केरमेट गरिएको वा पुनः लेबलिङ गरिएको वस्तु खरिद नगर्न पनि उपभोक्तालाई सचेत गराइएको छ । औषधि तथा औषधिजन्य सामग्री खरिद गर्दा प्याकिङमा उपभोग मिति र प्रयोग गर्ने तरिका स्पष्ट रूपमा उल्लेख भए–नभएको हेर्नुपर्ने कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार वस्तु तथा सेवा खरिद गर्दा बिल लिनु उपभोक्ताको अधिकार भएकाले अनिवार्य रूपमा बिल लिनुपर्नेछ । कमसल वा अखाद्य वस्तु बिक्री भएको पाइएमा स्थानीय तह, प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित निकायमा उजुरी दिन पनि आग्रह गरिएको छ ।

यसैबीच कार्यालयले उत्पादक तथा विक्रेतालाई सम्बन्धित निकायमा व्यवसाय दर्ता गरेर मात्र कारोबार सञ्चालन गर्न निर्देशन दिएको छ । उत्पादित वस्तुको लेबलमा उत्पादकको नाम, ठेगाना, उद्योग दर्ता नम्बर, प्रयोग भएका तत्व, तौल, गुणस्तर चिन्ह, अधिकतम खुद्रा मूल्य, ब्याच नम्बर, उत्पादन तथा उपभोग मिति लगायतका विवरण अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने जनाएको छ ।

त्यसैगरी इलेक्ट्रोनिक तथा यान्त्रिक सामग्रीमा वारेन्टी–ग्यारेन्टीको शर्त स्पष्ट उल्लेख गर्नुपर्ने तथा सेवा प्रदायकले सेवा शुल्क, समय र तरिका स्पष्ट जानकारी गराउनुपर्ने पनि कार्यालयले जनाएको छ । उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम लेबलिङ सम्बन्धी विवरण नउल्लेख गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने वा उपभोक्ताको स्वास्थ्यमा असर पर्ने वस्तु उत्पादन तथा बिक्री–वितरण गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा छ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने चेतावनी कार्यालयले दिएको छ ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका डीएसपी विनोद कुमार पोखरेल तथा विभिन्न सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

Tags: उपभोग्य वस्तु खरिद
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एल.एस. न्युरो एण्ड जनरल अस्पतालमा ५७ जनाद्वारा रक्तदान, १७ महिला सहभागी

एल.एस. न्युरो एण्ड जनरल अस्पतालमा ५७ जनाद्वारा रक्तदान, १७ महिला सहभागी

असार २०, २०८३
आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि