Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

उम्मेदवारको चुनाव खर्च विवरणमाथि प्रश्न, ‘१०-१५ लाखमा चुनाव ?’ सामाजिक सञ्जालमा तीव्र व्यंग्य !

विनय कुशवाहाले एक उम्मेदवारको पोस्टमा टिप्पणी गर्दै प्रश्न गरेका छन्, ‘नेता ज्यू, यो त ठीकै छ, तर घरघरमा बाँडेको नगद नारायणको हिसाब कहाँ छुट्यो ?’ । विनित चौरसियाले सार्वजनिक गरिएको खर्च विवरणलाई ‘हात्तीका देखाउने दाँत’ जस्तै भएको टिप्पणी गरे ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ३०, २०८२
मधेश प्रदेश : प्रतिनिधिसभाको चार स्थानको नतिजा आउन बाँकी, कहाँ को अगाडि ?

वीरगंज (पर्सा), ३० फागुन । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएपछि पर्सा जिल्लाका उम्मेदवारहरूले आफ्नो चुनावी खर्चको विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाउन थालेका छन् । निर्वाचन आयोगको निर्देशअनुसार उम्मेदवारहरूले बुझाएको खर्च विवरण अहिले सामाजिक सञ्जालमार्फत पनि सार्वजनिक गर्न थालेपछि त्यसबारे जनस्तरमा तीव्र बहस र व्यंग्य सुरु भएको छ ।

निर्वाचन आयोगले पर्साका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १, २ र ३ का उम्मेदवारका लागि अधिकतम २७ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकेको थियो । क्षेत्र नम्बर ४ का उम्मेदवारका लागि भने खर्चको अधिकतम सीमा २९ लाख रुपैयाँ निर्धारण गरिएको थियो । तर हालसम्म निर्वाचन कार्यालयमा पेस गरिएका विवरणअनुसार पर्साका मुख्य प्रतिस्पर्धी उम्मेदवारहरूले न्यूनतम ९ लाख ९५ हजारदेखि अधिकतम २१ लाख ५० हजार रुपैयाँसम्म मात्रै खर्च भएको देखाएका छन् ।

पर्सा–१ मा दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवले चुनावमा १० लाख २४ हजार ९२५ रुपैयाँ खर्च भएको विवरण बुझाएका छन् । सोही क्षेत्रमा तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंगटाले भने २१ लाख ५० हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा पेस गरेका छन् । उक्त क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धि प्रसाद पन्त (हरि पन्त) ले भने खर्च विवरण आइतबार वा सोमबार बुझाउने बताएका छन् ।

पर्सा–२ बाट निर्वाचित रास्वपाका सुशील कुमार कानुले आफ्नो चुनावी अभियानमा ९ लाख ९५ हजार रुपैयाँ मात्रै खर्च भएको विवरण पेस गरेका छन् । त्यहाँका निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार तथा पूर्वमन्त्री अजयकुमार चौरसियाले भने खर्च विवरण आइतबार बुझाउने तयारी भइरहेको उनका सहयोगी चन्दन सहनीले जानकारी दिए ।

त्यसैगरी पर्सा–३ मा विजयी रास्वपा उम्मेदवार रामाकान्त प्रसाद चौरसियाले ११ लाख ६५ हजार ७४० रुपैयाँ खर्च भएको बताएका छन् भने सोही क्षेत्रमा तेस्रो स्थानमा रहेका एमालेका रुपेश कुमार पाण्डेले ११ लाख ७५ हजार रुपैयाँ खर्च भएको विवरण पेस गरेका छन् । यसैगरि पर्सा–४ बाट निर्वाचित रास्वपाका टेकबहादुर शाक्यले भने अहिलेसम्म खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका छैनन् । तर उनका मुख्य प्रतिस्पर्धी कांग्रेस उम्मेदवार तथा पूर्वमन्त्री रमेश रिजालले भने आफ्नो चुनावी खर्च ११ लाख ७३ हजार रुपैयाँ भएको उल्लेख गर्दै विवरण पेस गरिसकेका छन् ।

उम्मेदवारहरूले सार्वजनिक गरेका यी खर्च विवरणहरू सामाजिक सञ्जालमा भने व्यापक आलोचना र व्यंग्यको विषय बनेका छन् । धेरै प्रयोगकर्ताले वास्तविक खर्च लुकाएर केवल कानुनी प्रक्रिया पूरा गर्नका लागि ‘औपचारिक’ हिसाब मात्र सार्वजनिक गरिएको टिप्पणी गरेका छन् । फेसबुक प्रयोगकर्ता राकेश महतोले व्यंग्य गर्दै लेखेका छन्, ‘उम्मेदवारले देखाएको खर्च त पुरै निर्वाचन क्षेत्रको होइन, कुनै एउटा वडाको मात्र हुन सक्छ ।’

त्यस्तै अर्को प्रयोगकर्ता विनय कुशवाहाले एक उम्मेदवारको पोस्टमा टिप्पणी गर्दै प्रश्न गरेका छन्, ‘नेता ज्यू, यो त ठीकै छ, तर घरघरमा बाँडेको नगद नारायणको हिसाब कहाँ छुट्यो ?’ वीरगंज–९ का युवा विनित चौरसियाले सार्वजनिक गरिएको खर्च विवरणलाई ‘हात्तीका देखाउने दाँत’ जस्तै भएको टिप्पणी गरे । उनका अनुसार नयाँ अनुहारले इमान्दार राजनीति गर्ने अपेक्षा गरिएको भएपनि सार्वजनिक विवरणले त्यो अपेक्षामाथि नै प्रश्न उठाएको छ । यस्तै पटेर्वा सुगौली–४ का युवा रामसरोज थारुका अनुसार अहिले चुनाव अत्यन्तै महँगो र भड्किलो भइसकेको छ । ‘एउटै वडामा उम्मेदवारले ४०–५० लाखसम्म खर्च गरेको चर्चा हुन्छ, तर पुरै निर्वाचन क्षेत्रमा १०–१५ लाख मात्रै खर्च भयो भन्नु जनतालाई ढाँट्नु हो,’ उनले भने ।

उम्मेदवारहरूले सार्वजनिक गरेका खर्च विवरण र वास्तविक चुनावी खर्चबीच ठूलो अन्तर रहेको आशंका गर्दै सामाजिक सञ्जालमा अहिले तीव्र बहस चलिरहेको छ । यसले चुनावी पारदर्शिता र सुशासनबारे उठाइएका नारामाथि नै प्रश्न उठाएको धेरैको भनाइ छ ।

Tags: चुनावी पारदर्शितामाथि प्रश्न : पर्सामा खर्च विवरणमाथि व्यंग्य र बहस
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

जेष्ठ १, २०८३
पर्सा-१ मा रास्वपाका हरि पन्तको फराकिलो जीत, प्रदीप यादव १४ हजार मतान्तरले पराजित

सडक विस्तारमा हतारो नगर्न पूर्वमन्त्री यादवको आग्रह

जेष्ठ १, २०८३
वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

जेष्ठ १, २०८३
डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

जेष्ठ १, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि