Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सामा ग्यास, पेट्रोल र डिजेलको अभाव छैन : अनावश्यक भण्डारण नगर्न प्रशासनको आग्रह

नेपाल आयल निगम तथा ग्यास विक्रेता संघ र उद्योगहरूले उपलब्ध गराएको विवरणअनुसार पर्सामा ग्यास, पेट्रोल र डिजेलको मौज्दात पर्याप्त रहेको जानकारी गराइएको थियो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन २७, २०८२
अनाधिकृत लेनदेनको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय पर्सामा अख्तियार पस्यो

वीरगंज (पर्सा), २७ फागुन । जिल्ला प्रशासन कार्यालय पर्साले पर्सा जिल्लामा खाना पकाउने एलपी ग्यास, पेट्रोल र डिजेलको कुनै अभाव नरहेको स्पष्ट पार्दै सर्वसाधारणलाई अनावश्यक रूपमा जगेडा वा भण्डारण नगर्न आग्रह गरेको छ । बुधबार निमित्त प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकले ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्ति अवस्था, सम्भावित अभाव र उपभोक्ता हितविपरीत हुने गतिविधि नियन्त्रणका विषयमा विस्तृत छलफल गर्दै विभिन्न निर्णय गरेको हो ।

बैठकमा नेपाल आयल निगम तथा ग्यास विक्रेता संघ र उद्योगहरूले उपलब्ध गराएको विवरणअनुसार पर्सामा ग्यास, पेट्रोल र डिजेलको मौज्दात पर्याप्त रहेको जानकारी गराइएको थियो । साथै पेट्रोलियम पदार्थको आयात पनि नियमित रूपमा भइरहेकाले जिल्लामा हाल कुनै किसिमको अभाव नरहेको र निकट भविष्यमा पनि अभाव हुने अवस्था नदेखिएको निष्कर्ष बैठकले निकालेको प्रशासनले जनाएको छ ।

बैठकले ग्यास, पेट्रोल र डिजेलको अनावश्यक रूपमा जम्माखोरी गर्ने तथा कृत्रिम अभाव सिर्जना गर्ने गतिविधि रोक्न सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको छ । यसका साथै पेट्रोल र डिजेललाई ग्यालेन, ड्रम जस्ता माध्यमबाट खुला रूपमा बिक्री–वितरण नगर्न तथा त्यस्ता कार्य रोक्न आवश्यक कदम चाल्ने निर्णय पनि गरिएको छ । त्यस्तै, ग्यास डिलरहरूले बिक्री गरेका सिलिण्डरको विवरण उपभोक्ताको नाम, थर, ठेगाना र सम्पर्क नम्बर सहित दैनिक रूपमा सम्बन्धित उद्योगलाई उपलब्ध गराउनुपर्ने निर्णय गरिएको छ ।

ग्यास उद्योगहरूले पनि आफ्ना डिलरहरूलाई बिक्री गरेको ग्यास सिलिण्डरको परिमाणसहितको दैनिक विवरण जिल्ला प्रशासन कार्यालय पर्सा, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंज तथा नेपाल आयल निगम को पर्सा शाखामा इमेलमार्फत अनिवार्य रूपमा पठाउनुपर्ने व्यवस्था गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा सम्पन्न उक्त बैठकमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्की, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जका सुनिल चौरसिया, नेपाल आयल निगमका मोहन कुमार सिंह, वीरगंज उद्योग वाणिज्य संघका मनोज कुमार दास तथा उपभोक्ता मञ्च नेपाल का दिना गुप्ता लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

Tags: सरोकारवालाको बैठकमा आपूर्ति अवस्था समीक्षा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशनः पर्साका पाँच नेता केन्द्रीय कार्यसमितिमा, चौधरी र कुर्मी पराजित

कांग्रेसको १५औँ महाधिवेशनः पर्साका पाँच नेता केन्द्रीय कार्यसमितिमा, चौधरी र कुर्मी पराजित

अशोज ३१, २०८३
औद्योगिक करिडोरका श्रमिकका पीडाः न्यूनतम पारिश्रमिकदेखि सामाजिक सुरक्षासम्म समस्या

औद्योगिक करिडोरका श्रमिकका पीडाः न्यूनतम पारिश्रमिकदेखि सामाजिक सुरक्षासम्म समस्या

अशोज ३१, २०८३
चाडपर्वमा बासी र अस्वच्छ खाना बिक्री गरे कारबाही, होटल तथा मिठाइ पसललाई विभागको चेतावनी

चाडपर्वमा बासी र अस्वच्छ खाना बिक्री गरे कारबाही, होटल तथा मिठाइ पसललाई विभागको चेतावनी

अशोज ३१, २०८३
चाडपर्वमा चिनी अभाव हुन नदिन सरकारको तयारी, २२ हजार क्विन्टल मौज्दात

चाडपर्वमा चिनी अभाव हुन नदिन सरकारको तयारी, २२ हजार क्विन्टल मौज्दात

अशोज ३१, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि