Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सर्लाहीका चारै क्षेत्रमा १५४ उम्मेदवारको जमानत जफत, पूर्वमन्त्रीदेखि निवर्तमान सांसदसम्म प्रभावित

निर्वाचन कानुन अनुसार कुल सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने प्रावधान रहेको छ । निर्वाचनमा ६८ स्वतन्त्रसहित १५४ जना उम्मेदवारले आवश्यक मत हासिल गर्न नसकेपछि उनीहरूको जमानत जफत हुने भएको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन २५, २०८२
सर्लाहीका चारै क्षेत्रमा १५४ उम्मेदवारको जमानत जफत, पूर्वमन्त्रीदेखि निवर्तमान सांसदसम्म प्रभावित

बरहथवा (सर्लाही), २५ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही जिल्लाका चारवटै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गरेका पूर्वमन्त्री, निवर्तमान सांसद तथा स्वतन्त्र उम्मेदवारसहित कुल १५४ जनाको जमानत जफत हुने अवस्था देखिएको छ । निर्वाचन कानुनअनुसार कुल सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने प्रावधान रहेको छ ।
मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाका अनुसार सम्पन्न निर्वाचनमा ६८ स्वतन्त्रसहित १५४ जना उम्मेदवारले आवश्यक मत हासिल गर्न नसकेपछि उनीहरूको जमानत जफत हुने भएको हो । जमानत गुमाउने सूचीमा पूर्वमन्त्रीदेखि निवर्तमान प्रतिनिधिसभा सदस्यसम्म परेका छन् ।

सर्लाही–१ : २८ उम्मेदवारको जमानत जफत
सर्लाही क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार शम्भुलाल श्रेष्ठ बाहेक अधिकांश उम्मेदवारले जमानत जोगाउन सकेनन् । यस क्षेत्रमा जमानत सुरक्षित गर्न कम्तीमा ७ हजार ३८५ मत आवश्यक थियो । तर दुई जनाबाहेक अन्य उम्मेदवारले यो सीमा पार गर्न सकेनन् ।
जनता समाजवादी पार्टीका उम्मेदवार तथा निवर्तमान सांसद रामप्रकाश चौधरी, पूर्व सांसद प्रमोद साह तथा ईश्वरपुर नगरपालिकाका पूर्व मेयर मनोजकुमार देवकोटा सहित २८ जनाको जमानत जफत भएको छ ।

चौधरीले ३ हजार ९९१ मत प्राप्त गरेका छन् भने साहले ५ हजार ४९८ मत, देवकोटाले ६ हजार १०१ मत प्राप्त गरेका छन् । कुल १ लाख ३० हजार ८७१ मतदाता रहेको क्षेत्रमा ७९ हजार २०७ मत खसेको थियो, जसमध्ये ७३ हजार ८४२ मत सदर भएको थियो ।

सर्लाही–२ : राजेन्द्र महतोसहित २९ जनाको जमानत जफत
सर्लाही क्षेत्र नम्बर २ मा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो सहित २९ उम्मेदवारले जमानत गुमाएका छन् । तीमध्ये १७ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । यस क्षेत्रमा जमानत जोगाउन ७ हजार २३९ मत आवश्यक थियो । तर महतोले ५ हजार ९९२ मत मात्र प्राप्त गरेपछि उनको जमानत जफत भएको हो ।

यसै क्षेत्रमा पूर्वमन्त्री महेन्द्रराय यादव भने ८ हजार ५२३ मत ल्याउँदै जमानत सुरक्षित गर्न सफल भए । कुल १ लाख २५ हजार ३११ मतदाता रहेको क्षेत्रमा ७७ हजार ७८९ मत खसेको थियो । त्यसमध्ये ७२ हजार ३८१ मत सदर र ५ हजार ८ मत बदर भएको थियो ।

सर्लाही–३ : नारायणकाजी श्रेष्ठ मात्र जमानत जोगाउन सफल
सर्लाही क्षेत्र नम्बर ३ मा ३४ जना उम्मेदवार मैदानमा उत्रिएका थिए । तीमध्ये पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठ बाहेक अन्य अधिकांश उम्मेदवारले जमानत जोगाउन सकेनन् । निर्वाचन अधिकृत नवराज आचार्यका अनुसार १९ स्वतन्त्रसहित ३२ उम्मेदवारले आवश्यक मत नल्याउँदा जमानत जफत हुने भएको छ ।

जमानत सुरक्षित गर्न ७ हजार ७८४ मत आवश्यक थियो भने श्रेष्ठले १३ हजार ३३८ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा पूर्व रक्षामन्त्री तथा निवर्तमान सांसद हरिप्रसाद उप्रेती र नेपाली कांग्रेसका विनोदकुमार खनाल लगायतका उम्मेदवारको जमानत जफत भएको छ ।

सर्लाही–४ : गगन थापा र एमालेका यादवले मात्र जोगाए जमानत
सर्लाही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेकपा एमालेका उम्मेदवार अमनिसकुमार यादव बाहेक अन्य सबै उम्मेदवारको जमानत जफत भएको छ । ३८ जना उम्मेदवार रहेको यस क्षेत्रमा २३ स्वतन्त्रसहित ३५ जनाले जमानत जोगाउन सकेनन् । जमानत सुरक्षित गर्न आवश्यक ७ हजार ३३७ मत धेरै उम्मेदवारले ल्याउन सकेनन् ।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंह ३५ हजार ६८८ मतसहित विजयी भएका छन् । गगन थापाले २२ हजार ८३१ मत प्राप्त गरेका छन् भने अमनिसकुमार यादवले ९ हजार ३४३ मत प्राप्त गरेका छन् । कुल १ लाख २१ हजार १२ मतदाता रहेको क्षेत्रमा ७७ हजार ९३१ मत खसेको थियो । त्यसमध्ये ७३ हजार ३६२ मत सदर र ४ हजार ५६९ मत बदर भएको थियो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको जमानत जफत हुने कानुनी प्रावधान रहेको छ । उम्मेदवारले मनोनयन दर्ता गर्दा बुझाएको उक्त रकम राज्यकोषमा जाने व्यवस्था निर्वाचन आयोगले स्पष्ट पारेको छ । यस पटक जिल्लाका चारवटै क्षेत्रमा विजयी उम्मेदवारहरूले उच्च मत ल्याएपछि जमानत गुमाउने उम्मेदवारको संख्या उल्लेख्य रूपमा बढेको देखिएको छ ।

Tags: सर्लाहीमा पूर्वमन्त्रीदेखि निवर्तमान सांसदसम्म १५४ जनाको जमानत जफत
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि