Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

गादीमाई साझेदारी वनमा विवाद, अध्यक्षको राजीनामा माग्दै वन कार्यालय घेराउ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन २४, २०८२
गादीमाई साझेदारी वनमा विवाद, अध्यक्षको राजीनामा माग्दै वन कार्यालय घेराउ

वीरगंज (पर्सा), २४ फागुन । पर्साको जिराभवानी गाउँपालिका क्षेत्रस्थित गादीमाई साझेदारी वन उपभोक्ता समूह का अध्यक्ष सहरुम राउत गद्दीको राजीनामा माग गर्दै स्थानीय बासिन्दाले आइतबार बसन्तपुरस्थित वन कार्यालयमा विरोध प्रदर्शन गरेका छन् । आक्रोशित नागरिकहरूले बसन्तपुर सब–डिभिजन वन कार्यालय घेराउ गर्नुका साथै उपभोक्ता समूहको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

आइतबार दिउँसो करिब २ बजेदेखि सुरु भएको विरोध कार्यक्रममा जिराभवानी गाउँपालिका अन्तर्गत पर्ने सेढवा, बसन्तपुर, काठमाडौंटोल, भवानीपुर, महादेवपट्टी, हरैया र सुपौलीलगायत गाउँका स्थानीय सहभागी भएका थिए । उनीहरूले वन कार्यालयअगाडि नाराबाजी गर्दै अध्यक्ष गद्दीविरुद्ध कारबाहीको माग गरेका छन् । स्थानीयका अनुसार दाउरा, घाँस तथा घर लिपपोतका लागि आवश्यक माटो लिन वन क्षेत्रमा जाँदा वा पशु चौपायालाई गोठालो लैजाँदा समूहका अध्यक्ष सहरुम राउत गद्दी तथा कार्यालय सहयोगी सोयालाल साह रौनियार र समिन गद्दीले दुर्व्यवहार गर्ने गरेको गुनासो गरेका छन् ।

उनीहरूले अभद्र व्यवहार गर्नुका साथै अश्लील शब्द प्रयोग गरी गालीगलौज गर्ने गरेको स्थानीयले आरोप लगाएका छन् । सरोज चौरसियाको नेतृत्वमा गरिएको आन्दोलनका क्रममा प्रदर्शनकारीहरू कार्यालय पुगेका बेला समूहका अध्यक्षसहित अन्य पदाधिकारी भने कार्यालयमा उपस्थित नभएको बताइएको छ । प्रदर्शनको स्थिति नियन्त्रणमा राख्न इलाका प्रहरी कार्यालय पटेर्वासुगौली, प्रहरी चौकी हरैया तथा शस्त्र प्रहरी बल नेपाल अन्तर्गत सुवर्णपुर बेस क्याम्पबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

आन्दोलनका क्रममा स्थानीयले वन व्यवस्थापनसँग सम्बन्धित गम्भीर आरोपसमेत लगाएका छन् । कार्यपालिका सदस्य चौरसियाका अनुसार डिभिजन वन कार्यालय पर्साका प्रमुख मन्जुर अहमद र समूहका अध्यक्ष गद्दीबीचको मिलेमतोमा लामो समयदेखि राष्ट्रिय वनबाट अवैध काठ तस्करी भइरहेको स्थानीयको दाबी छ ।

यसैबीच गत फागुन १४ गते साँझ करिब ७ बजे तस्करीको काठ बोकेको एउटा ट्याक्टर नियन्त्रणमा लिइएको घटना पनि सार्वजनिक भएको छ । प्र २–०३–००१ त ३८०० नम्बरको उक्त ट्याक्टर सहजानपुर क्षेत्रबाट सतिसाल र सिसौ जातका काठसहित पक्राउ गरिएको थियो । उक्त ट्याक्टरलाई प्रहरी चौकी हरैयामा बुझाइएको बताइएको छ ।

बसन्तपुर सब–डिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत मोवारक अलीका अनुसार जंगलमा छपान गरिएका काठ नै उपभोक्ता समितिका अध्यक्ष तथा अन्य पदाधिकारीहरूले अवैध रूपमा काटेर बिक्री गरेको आशंका गरिएको छ । यस विषयमा कारबाहीका लागि पटक पटक डिभिजन वन कार्यालयमा पत्राचार गरिएको भए पनि हालसम्म कुनै ठोस कदम नचालिएको उनले बताए ।

यता डिभिजन वन कार्यालय पर्साका प्रमुख डिभिजनल वन अधिकृत मन्जुर अहमदले भने घटनासम्बन्धी विषयमा अनुसन्धान भइरहेको प्रतिक्रिया दिएका छन् ।

Tags: गादीमाई साझेदारी वन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशनः पर्साका पाँच नेता केन्द्रीय कार्यसमितिमा, चौधरी र कुर्मी पराजित

कांग्रेसको १५औँ महाधिवेशनः पर्साका पाँच नेता केन्द्रीय कार्यसमितिमा, चौधरी र कुर्मी पराजित

अशोज ३१, २०८३
औद्योगिक करिडोरका श्रमिकका पीडाः न्यूनतम पारिश्रमिकदेखि सामाजिक सुरक्षासम्म समस्या

औद्योगिक करिडोरका श्रमिकका पीडाः न्यूनतम पारिश्रमिकदेखि सामाजिक सुरक्षासम्म समस्या

अशोज ३१, २०८३
चाडपर्वमा बासी र अस्वच्छ खाना बिक्री गरे कारबाही, होटल तथा मिठाइ पसललाई विभागको चेतावनी

चाडपर्वमा बासी र अस्वच्छ खाना बिक्री गरे कारबाही, होटल तथा मिठाइ पसललाई विभागको चेतावनी

अशोज ३१, २०८३
चाडपर्वमा चिनी अभाव हुन नदिन सरकारको तयारी, २२ हजार क्विन्टल मौज्दात

चाडपर्वमा चिनी अभाव हुन नदिन सरकारको तयारी, २२ हजार क्विन्टल मौज्दात

अशोज ३१, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि