Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा-२ मा परिवर्तनको हुंकार : ‘कमाउन होइन, बनाउन राजनीति’ अशोक टेमानीले गर्दैन बेइमानी….

टेमानी चुप लागेर बस्ने व्यक्ति नभएकोले उनी सधै केही न केही नयाँ कामहरु गरि नै रहेका हुन्थे । उनी बीरगंज उद्योग बाणिज्य संघको अध्यक्ष हुदा उनकै पहलमा समग्र पर्सा जिल्लालाई समेटेर ग्रेटर बीरगंजको अवधारणा अघि सारेका थिए । उनले सो अवधारणालाई तत्कालिन प्रधानमन्त्री र अर्थमन्त्री समक्ष बुझाएका थिए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १८, २०८२
पर्सा-२ बाट जसपाका उम्मेदवार अशोक टेमानीः सत्ता होइन जनताको समस्या समाधान खोज्न संसदतर्फ

राजकुमार सिग्देल
वीरगंज (पर्सा), १८ फागुन । पर्सा जिल्लाको क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि जनता समाजवादी पार्टीको छाता चुनाव चिन्हबाट उम्मेदवारी दिएका अशोक टेमानी अग्रवाल एक कुशल तथा सफल ब्यापारी मात्र नभई एक दुरदर्शी व्यक्तिको रुपमा समेत चिनिन्छन् । शुरुबाटै ब्यापार व्यवसायमा ब्यस्त रहदै आएका टेमानी पछिल्लो समय देशको अवस्था र व्यवस्थाबाट दिक्दार बनेपछि राजनीतिमा पनि चासो राख्न थालेका थिए ।

सफल व्यवसायी र समाजसेवी टेमानीले प्रमुख राजनीतिक दल पनि छान्न सक्थे तर, उनले जसपालाई नै चुने । आफ्नो बसाई, व्यवसाय मधेसमै भएको र मधेसमा उनले समस्या र समाधानको उपाय देखेकाले पनि जसपा उनको रोजाईमा पर्‍यो । उनको बिचारमा अन्य सबै पार्टीहरु मधेशको फाइदा मात्र लिन्छन, मधेशको विकास र समृद्धिको चिन्ता केवल मधेशकै धर्ति पुत्रले मात्र लिनसक्छग् । यद्दपी टेमानी बीरगंज उद्योग बाणिज्य संघको अध्यक्ष, नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्यको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन । हाल उनी नेपाल उद्योग बाणिज्य महासंघ मधेश प्रदेशको अध्यक्ष जस्तो गरिमामय पदको जिम्मेवारी वहन गर्दै आइरहेका छन । टेमानीले आफ्नो जीवनकालमा करिब दुई दर्जन भन्दा बढी संघ संस्थाको सफल नेतृत्व गरिसकेका छन । उद्योग बाणिज्य महासंघको जिम्मेवारी बोकेर उनी करिब दुई दर्जन देश भ्रमण गरिसकेका छन् ।

उच्च शिक्षा जापान र अमेरिकाबाट पुरा गरेका टेमानीको खेलकुद क्षेत्रमा पनि त्यतिकै महत्वपूर्ण योगदान रहेको छ । टेमानीले करिब ४२ वर्ष अघि सिंगापुरमै पुगेर ग्रेडीङ्ग गरेर ब्ल्याक बेल्ट लिन सफल भएका थिए । त्यतिबेला टेमानीले बीरगंजमै डोजो खोलेर करातेको प्रशिक्षण समेत दिएका थिए । पछि खेलाडी तयार पारेर आफ्नो अध्ययन र काममा लागेका थिए । पर्सा जिल्लामा सितोरियो कराते खेलको विकासमा उनको महत्वपूर्ण योगदान रहेको छ ।

टेमानी चुप लागेर बस्ने व्यक्ति नभएकोले उनी सधै केही न केही नयाँ कामहरु गरि नै रहेका हुन्थे । उनी बीरगंज उद्योग बाणिज्य संघको अध्यक्ष हुदा उनकै पहलमा समग्र पर्सा जिल्लालाई समेटेर ग्रेटर बीरगंजको अवधारणा अघि सारेका थिए । उनले सो अवधारणालाई तत्कालिन प्रधानमन्त्री र अर्थमन्त्री समक्ष बुझाएका थिए । तत्कालिन प्रधानमन्त्री तथा अर्थमन्त्रीले सो कार्यको प्रशंसा गर्दै त्यो अवधारणाको कार्यान्वयनको लागि पहल गर्ने प्रतिबद्धता गरेका थिए । तर दुर्भाग्य नै भन्नु पर्ला, नीति निर्माण गर्नेको महत्वमा अवधारणा कहिले परेन । बुझ्नेहरु नीति निर्माण गर्ने तहसम्म कहिल्यै पुगेनन् । समय समयमा घचघच्याइदिने कोही नभएकोले बीरगंजको भविष्य अहिले पनि मन्त्रालयको कुनै दराजमा कोचिएको होला । केवल सही व्यक्तिको उपस्थिति नभएकै कारण पर्सा जिल्लाको थुप्रै महत्वपुर्ण योजना तथा अवधारणाहरु अलपत्र परेका छन ।अब अरु माथि भर पर्नु भन्दा आफै उठ्नु पर्छ भन्ने सोच बोकेर अशोक टेमानीले पर्साको क्षेत्र नम्बर दुईबाट आफ्नो उम्मेदवारी दिएका छन ।

उनले आफ्नो एक अन्तर्वार्तामा अरु कमाउनको लागि राजनीति गर्छन तर आफू कमाइ छाडेर जिल्लाको बिकासको राजनीतिमा आएको बताइरहेका छन् । ३५ वर्ष सम्म अरुलाई जिताएर पछि पछि लगियो अब आफै अगाडी बढ्नु पर्छ भन्ने लागेर आफ्नो उम्मेदवारी दिएको बताउछन l पर्साबाट ०७९ सालको निर्वाचनमा प्रत्यक्षमा निर्वाचित भएका चारै जना मन्त्री बन्न सफल भए । आफ्नै पार्टीको सरकार भएर पनि पर्सा जिल्लाको विकास र समृद्धिको लागि खासै महत्वपूर्ण नीति निर्माण गर्न सकेनन । तर पर्सा जिल्लाको बेइज्जति हुने निर्णय गर्न चाही भ्याए । अहिले फेरी उनीहरुले नयाँ पार्टी र नारा बोकेर आफ्नो उम्मेदवारी दिएका छन ।

पर्सा जिल्लामा शुरुबाटै मुद्धा भन्दा पनि मनि र मसलको राजनीति हुने गर्छ । यहाँ कोही कसैको बैशाखी बनेर उम्मेदवारी दिएका छन भने कोही माननीय बन्न मन लागेको भरमा उम्मेदवारी दिएका छन । अझै कहिले त पैसाको बलमा उम्मेदवारी दिने गर्छन । उनीहरुसंग क्षेत्र जिल्ला प्रदेशको त कुरै छाडौ वडालाई हुने मुद्धा समेत छैन l उनीहरुसंग सिद्धान्त र विचार पनि छैन । यदी उनीहरु भोलि जिती हाले पनि पुगेर के गर्छन र के बोल्छन होला ? अरुलाई गाली गरेर आलोचना गरेर नेता त बन्न सक्लान तर नेतृत्व बोक्नु त्यति सजिलो हुदैन ।

त्यसैले यतिबेला परिवर्तनको लागि निर्वाचन हुन गैरहेकोले मनि र मसलको प्रभावमा नपरी आफ्नो स्वविवेक प्रयोग गरेर शिक्षित र इमान्दार उम्मेदवारलाई मतदान गरौ । अब हामी पार्टीवाद, नातावाद र जातिवादको साघुँरो घेरालाई तोडेर सक्षम र जुझारु व्यक्तिलाई जिम्मेवारी दिएर पठाउ l ताकी अब माननीयहरुको कामले हामी मतदातालाई सम्मान मिलोस ।

Tags: ‘अब अरु माथि भर होइन आफैं उठ्ने समय’ : जसपाबाट अशोक टेमानीको दमदार इन्ट्री
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि