Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा-२ मा चुनावी दौड रोमाञ्चक : जसपाका अशोक टेमानी अग्रस्थानमा, अन्य दलका उम्मेदवार पछ्याउँदै

मुख्य प्रतिस्पर्धा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार अशोक टेमानी र नेकपा एमालेकी उम्मेदवार रिमा यादवबीच हुने आँकलन गरिएको छ । यद्यपी चुनावी गतिविधि र जनसमर्थनको आधारमा टेमानी हाल अग्रस्थानमा देखिएका छन् भने नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिष्ट पार्टीले पछ्याइरहेको स्थानीय विश्लेषकहरूको भनाई छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १६, २०८२
व्यापारिक जगतका परिचित नाम, अब राजनीति मैदानमा: ३५ वर्षको अनुभव बोकेका टेमानी को हुन् ?

वीरगंज (पर्सा), १६ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा चुनावी माहोल रोमाञ्चक बन्दै गएको छ । मुख्य प्रतिस्पर्धा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार अशोक टेमानी र नेकपा एमालेकी उम्मेदवार रिमा यादवबीच हुने आँकलन गरिएको छ । यद्यपी चुनावी गतिविधि र जनसमर्थनको आधारमा टेमानी हाल अग्रस्थानमा देखिएका छन् भने नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिष्ट पार्टीले पछ्याइरहेको स्थानीय विश्लेषकहरूको भनाई छ ।

उद्योग, व्यापार र सामाजिक सेवाको लामो अनुभव बोकेका टेमानीलाई यसपटक विकास र समृद्धिको एजेण्डासहित चुनावी मैदानमा उत्रिएका उम्मेदवारका रूपमा हेरिएको छ । वीरगंज निवासी टेमानी करिब ३५ वर्षभन्दा बढी समयदेखि उद्योग, व्यापार, आयात निर्यात, अन्तर्राष्ट्रिय व्यवसाय तथा लजिस्टिक्स क्षेत्रमा सक्रिय रहँदै आएका छन् । निजी क्षेत्रमार्फत आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवद्र्धनमा उनको भूमिका उल्लेखनीय मानिन्छ । मधेश प्रदेशको आर्थिक केन्द्रका रूपमा परिचित वीरगंजको औद्योगिक वातावरण सुदृढ बनाउन उनले खेलेको भूमिकालाई व्यवसायी समुदायले सकारात्मक रूपमा लिने गरेका छन् ।

शिक्षा तथा अन्तर्राष्ट्रिय अनुभवका दृष्टिले पनि टेमानी फराकिलो दृष्टिकोण राख्ने नेतृत्वकर्ताका रूपमा चिनिन्छन् । उनले हार्बड युनिभरसिटि (अमेरिका) मा नेतृत्व तथा सार्वजनिक नीति सम्बन्धी कार्यकारी शिक्षा हासिल गरेका छन् । अमेरिका, जापान, डेनमार्क लगायतका देशहरूमा व्यवसाय व्यवस्थापन, कर्पोरेट सुशासन र स्वच्छ उत्पादन सम्बन्धी तालिम लिएका उनले अन्तर्राष्ट्रिय अभ्यासलाई स्थानीय सन्दर्भमा लागू गर्नुपर्नेमा जोड दिँदै आएका छन् । साथै अमेरिका, चीन, भारत, जापान, सिंगापुर, थाइल्याण्ड र फिलिपिन्सजस्ता मुलुकहरूमा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्ध विस्तारमा योगदान पुर्‍याएका छन् ।

संस्थागत नेतृत्वतर्फ उनी हाल नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष छन् भने केन्द्रीय कार्यकारी बोर्ड सदस्यका रूपमा पनि क्रियाशील रहेका छन् । यसअघि वीरगंज उद्योग वाणिज्य संघका अध्यक्षको जिम्मेवारी सम्हालिसकेका टेमानीले निजी क्षेत्रको हकहित र औद्योगिक वातावरण सुधारका विषयमा स्पष्ट आवाज उठाउँदै आएका छन् । उनी नेपाल–भारत सामाजिक आर्थिक फोरमका अध्यक्षसमेत छन्, जसले सीमा क्षेत्रको व्यापार सहजीकरण र आर्थिक सहकार्यलाई प्राथमिकता दिँदै आएको छ ।

चुनावी मैदानमा अन्य दलका उम्मेदवारहरू पनि सक्रिय छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशिल साह कानु तेश्रो स्थानमा रहेको आँकलन गरिएको छ भने राप्रपाकी उम्मेदवार विना जयसवाल र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मनोज चौधरी चौथो र पाँचौँ स्थानमा रहेको आँकलन गरिएको छ । यसैगरि नेपाली काँग्रेसका उम्मेदवार अजय चौरसिया चुनावी दौड बाहिर रहेको विश्लेषकहरुको बुझाई छ । चौरसिया पटक पटक निर्वाचित भई जनताको हकहितको लागि सन्तोषजनक काम नगरेको कारण उनीप्रति मतदाताहरु रुष्ट रहेको कारण उनी चुनावी दौड बाहिर रहेको विश्लेषकहरुको भनाई छ ।

यद्यपि अन्तिम परिणाम मतदाताको निर्णयमा निर्भर रहनेछ, हालसम्मको जनसम्पर्क, घरदैलो अभियान र सामाजिक सक्रियताका आधारमा अशोक टेमानी पर्सा क्षेत्र नं. २ को निर्वाचन दौडमा अग्रस्थानमा रहेको सन्देश स्पष्ट देखिएको छ । चुनाव नजिकिँदै जाँदा प्रतिस्पर्धा अझै रोचक बन्ने अपेक्षा गरिएको छ । पर्सा जिल्ला अन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि ९५ हजारभन्दा बढी मतदाता रहेका छन् । पछिल्लो मतदाता नामावलीअनुसार यस क्षेत्रमा कुल ९५ हजार ११२ मतदाता कायम भएका छन् ।

तथ्यांकअनुसार पुरुष मतदाता ५३ हजार ७१३, महिला मतदाता ४१ हजार ३९६ तथा अन्य लिङ्गका ४ जना मतदाता रहेका छन् । मतदाताको यो संख्या अनुसार पर्सा–२ जिल्लाकै महत्वपूर्ण र प्रतिस्पर्धात्मक क्षेत्रको रूपमा चिनिएको छ । निर्वाचनलाई लक्षित गर्दै मतदान स्थल र मतदान केन्द्र व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । यस क्षेत्रमा ३८ मतदान स्थल निर्धारण गरिएको निर्वाचन कार्यालयले जनाएको छ । पर्सा–२ मा विभिन्न नगरपालिका र वडा समावेश छन् ।

विशेषगरी बहुदरमाई नगरपालिका, पर्सागढी नगरपालिका तथा वीरगंज महानगरपालिकाका केही वडाहरू यस निर्वाचन क्षेत्रमा पर्दछन् । यी क्षेत्रहरूमा शहरी तथा ग्रामीण मतदाताको मिश्रित उपस्थिति रहेकाले चुनावी परिणाममा दुवै पक्षको मत निर्णायक बन्ने आँकलन गरिएको छ । मतदाता संख्या उल्लेखनीय रहेकाले पर्सा–२ मा यसपटकको निर्वाचन परिणाम रोचक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । चुनाव नजिकिँदै जाँदा यहाँको राजनीतिक सरगर्मी अझै बढ्दै गएको छ ।

Tags: पर्सा २ मा चुनावी सरगर्मी : जसपाका टेमानी र एमालेकी यादवबीच कडा प्रतिस्पर्धा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि