Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा-२ का उम्मेदवार अशोक टेमानीको समर्थनमा जसपाको शक्ति प्रदर्शन, वीरगंजका भव्य र्‍याली निकालियो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १५, २०८२
पर्सा-२ का उम्मेदवार अशोक टेमानीको समर्थनमा जसपाको शक्ति प्रदर्शन, वीरगंजका भव्य र्‍याली निकालियो

वीरगंज (पर्सा), १५ फागुन । आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टीले वीरगंजमा शक्ति प्रदर्शन गरेको छ । निर्वाचन प्रचारप्रसार अभियानअन्तर्गत पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीको समर्थनमा पार्टीले भव्य र्‍याली निकालेको हो ।

हजारौं नेताकार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागितामा वीरगंजको घण्टाघरबाट सुरु भएको र्‍याली नगरका मुख्य क्षेत्रहरू परिक्रमा गर्दै अघि बढेको थियो । र्‍याली माइस्थान, आदर्शनगर र कैलाश चोक हुँदै नगर परिक्रमा गर्दै माइस्थान स्थित गहमाई मन्दिर प्राङ्गणमा पुगेर समापन सभामा परिणत भएको थियो । र्‍यालीका क्रममा सहभागीहरूले पार्टीका झण्डा र नारासहित उत्साहपूर्ण उपस्थिती जनाएका थिए, जसले चुनावी माहोललाई थप तातेको देखिएको थियो ।

समापन सभालाई सम्बोधन गर्दै वक्ताहरूले मधेशसहित पर्सा जिल्लाको समग्र विकासका लागि जसपानै उपयुक्त विकल्प भएको दाबी गरेका थिए । उनीहरूले विगतका वर्षहरूमा देखिएका राजनीतिक अस्थिरता, विकासमा देखिएको सुस्तता र जनअपेक्षा पूरा हुन नसकेको अवस्थालाई अन्त्य गर्न सशक्त नेतृत्व आवश्यक रहेको धारणा राखेका थिए । आगामी निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई अत्यधिक मतले विजयी गराउन मतदातासँग अपिल गरिएको थियो ।

कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) बाट पर्सा क्षेत्र नं. २ का उम्मेदवार अशोक टेमानीले फागुन २१ गते हुने निर्वाचनलाई लोकतान्त्रिक पर्वका रूपमा उत्साहपूर्वक सम्पन्न गर्न सबैसँग आग्रह गरे । उनले मतदातालाई उम्मेदवारको पृष्ठभूमि, क्षमता र दृष्टिकोण बुझेर मात्र मतदान गर्न सुझाव दिए । ‘यो निर्वाचन केवल प्रतिनिधि छनोट गर्ने प्रक्रिया मात्र होइन, देशको भविष्य निर्धारण गर्ने अवसर पनि हो,’ उनले भने । टेमानीले मतदातालाई कुनै दबाब, प्रभाव वा लोभलालचमा नपरी स्वतन्त्र रूपमा आफ्नो अमूल्य मत प्रयोग गर्न आह्वान गरे । सक्षम, इमानदार र परिणाममुखी नेतृत्व चयन भए मात्र देशमा सुशासन र समृद्धि सम्भव हुने उनको भनाइ थियो ।

उनले पाँच वर्षमा हुनुपर्ने निर्वाचन तीन वर्षमै हुन लागेको प्रसङ्ग उल्लेख गर्दै पछिल्लो राजनीतिक घटनाक्रम र जनआन्दोलनले देशको सत्ता समीकरण परिवर्तन गरेको बताए । देशमा मौलाएको बेथिति र भ्रष्टाचारका कारण जनस्तरमा असन्तोष बढेको र त्यसकै परिणामस्वरूप परिवर्तनको माग तीव्र बनेको उनले उल्लेख गरे । उम्मेदवार टेमानीले परिवर्तनको यो अवसरलाई सही दिशामा उपयोग गर्न आवश्यक रहेको धारणा राख्दै समस्याको जरा पहिचान गरी समाधान गर्न सक्ने नेतृत्व रोज्न मतदातालाई आग्रह गरे ।

मधेशको अधिकार, समावेशी विकास, रोजगारी सिर्जना र आधारभूत पूर्वाधार विस्तारलाई आफ्नो प्रमुख एजेन्डा बनाएको उल्लेख गर्दै उनले पर्सा क्षेत्र नं. २ लाई विकासको नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाए । वीरगंजमा भएको यो शक्ति प्रदर्शनले पर्सा क्षेत्र नं. २ मा जसपाको चुनावी सक्रियता र जनसमर्थनलाई बलियो सन्देश दिएको विश्लेषण गरिएको छ । पार्टीले आगामी दिनहरूमा पनि घरदैलो, कोर्नर सभा र जनसंवाद कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

जेष्ठ १, २०८३
पर्सा-१ मा रास्वपाका हरि पन्तको फराकिलो जीत, प्रदीप यादव १४ हजार मतान्तरले पराजित

सडक विस्तारमा हतारो नगर्न पूर्वमन्त्री यादवको आग्रह

जेष्ठ १, २०८३
वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

जेष्ठ १, २०८३
डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

जेष्ठ १, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि