Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मुर्ली टोलमा ओमप्रकाश सरार्फको घरदैलोः खानेपानी, ढल र सडक सुधार पहिलो प्राथमिकतामा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १५, २०८२
मुर्ली टोलमा ओमप्रकाश सरार्फको घरदैलोः खानेपानी, ढल र सडक सुधार पहिलो प्राथमिकतामा

वीरगंज (पर्सा), १५ फागुन । पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फले आफ्नो घरदैलो अभियानलाई तीव्रता दिँदै वीरगंज महानगरपालिका–१२ र १३ अन्तर्गत मुर्ली टोलका मतदातासँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेका छन् । चुनावी कार्यक्रमअन्तर्गत घरघरमा पुगेर सरार्फले स्थानीय बासिन्दाका समस्या, अपेक्षा र सुझाव सुन्दै समाधानका लागि स्पष्ट प्रतिबद्धता जनाएका हुन् ।

घरदैलोका क्रममा मुर्ली टोलमा वर्षौंदेखि देखिँदै आएका खानेपानी अभाव, अव्यवस्थित ढल नाला, वर्षायाममा हुने डुबान, जर्जर सडक तथा सरसफाइसम्बन्धी समस्याबारे उनले विस्तृत जानकारी लिए । स्थानीयहरूले सुरक्षित पिउने पानीको कमीले दैनिकी प्रभावित भएको, वर्षातमा निकास नहुँदा बस्ती जलमग्न हुने गरेको र सडकको खराब अवस्थाले आवतजावतमा कठिनाइ भोग्नुपरेको गुनासो राखेका थिए ।

स्थानीयका धारणा सुनेपछि सरार्फले मुर्ली टोलको समग्र विकासलाई प्राथमिकतामा राख्ने आश्वासन दिए । आधारभूत पूर्वाधार सुदृढीकरण, सुरक्षित खानेपानीको व्यवस्था, व्यवस्थित ढल नाला निर्माण, सडक स्तरोन्नति तथा प्रभावकारी सरसफाइ व्यवस्थापनलाई योजनाबद्ध रूपमा अघि बढाइने उनले बताए । साथै, स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गर्दै दीर्घकालीन समाधान खोज्ने योजना रहेको पनि उल्लेख गरे ।

विकास कार्य सफल बनाउन जनप्रतिनिधि र नागरिकबीच सहकार्य अपरिहार्य रहेको बताउँदै सरार्फले जनविश्वास र सहभागितामार्फत मात्रै ठोस परिवर्तन सम्भव हुने धारणा व्यक्त गरे । उनले वीरगंजलाई स्वच्छ, सुव्यवस्थित र व्यवसायमैत्री सहरका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य प्रस्तुत गर्दै मुर्ली टोलजस्ता क्षेत्रलाई प्राथमिकतामा राखिने स्पष्ट पारे ।

घरदैलो कार्यक्रममा स्थानीयहरूले उम्मेदवार स्वयं टोलमै पुगेर समस्या सुनेकोमा सकारात्मक प्रतिक्रिया दिएका थिए । विगतमा पनि विभिन्न प्रतिबद्धता गरिएपनि कार्यान्वयन पक्ष कमजोर रहेको भन्दै यसपटक व्यवहारिक पहलको अपेक्षा रहेको उनीहरूको भनाइ थियो । त्यसप्रति सरार्फले इमानदारी, पारदर्शिता र उत्तरदायित्वका साथ काम गर्ने अठोट व्यक्त गरे ।

पार्टीले क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, पूर्वाधार विस्तार र जीवनस्तर उकास्ने कार्यक्रमलाई मुख्य एजेन्डा बनाएको जनाएको छ । सरार्फले घरदैलो अभियानलाई जनताको समस्या बुझ्ने र साझा समाधान निर्माण गर्ने माध्यमका रूपमा अघि बढाएको उल्लेख गरे । मुर्ली टोलमा सम्पन्न भेटघाटले स्थानीयवासी र उम्मेदवारबीच प्रत्यक्ष संवादको वातावरण निर्माण गरेको छ । यसले जनताका समस्या सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुग्ने विश्वास बलियो बनेको स्थानीयको धारणा छ ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बालेन सरकारले जनताको ढाड सेक्ने काम गर्‍योः डा. सिके राउत

बालेन सरकारले जनताको ढाड सेक्ने काम गर्‍योः डा. सिके राउत

भदौ २, २०८३
सुबोध स्मृत्ति पत्रकारिता पुरस्कारबाट गौतम सम्मानित

सुबोध स्मृत्ति पत्रकारिता पुरस्कारबाट गौतम सम्मानित

भदौ २, २०८३
वीरगंज चिनी कारखानाः संचालन हुन सक्ने अवस्था र प्रयास, सरकारको घोषणा कागजमै सीमित

वीरगंज चिनी कारखाना पुनः संचालनका लागि कार्यदल गठन

भदौ २, २०८३
सर्पदंश उपचारसेवाका लागि अनुमति दिन आग्रह

सर्पदंश उपचारसेवाका लागि अनुमति दिन आग्रह

भदौ १, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि