Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सिर्सियामा उम्मेदवार टेमानीको मतदातासँग भेटघाट, औद्योगिक प्रदूषणदेखि सडक सुधारसम्म प्राथमिकता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १५, २०८२
सिर्सियामा उम्मेदवार टेमानीको मतदातासँग भेटघाट, औद्योगिक प्रदूषणदेखि सडक सुधारसम्म प्राथमिकता

वीरगंज (पर्सा), १५ फागुन । पर्सा निर्वाचन क्षेत्र नं. २ मा जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीले आफ्नो घरदैलो अभियानलाई तीव्र बनाउँदै वीरगंज महानगरपालिका वडा नं. २५ अन्तर्गत श्रीसिया टोलका मतदातासँग भेटघाट तथा प्रत्यक्ष संवाद गरेका छन् । चुनावी प्रचारप्रसार अभियान अन्तर्गत टेमानीले घरघरमा पुगेर स्थानीय बासिन्दाका समस्या, गुनासा र अपेक्षाबारे जानकारी लिँदै समाधानका लागि ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

घरदैलोका क्रममा टेमानीले श्रीसिया टोल औद्योगिक क्षेत्र नजिक रहेको बस्ती भएकाले यहाँका बासिन्दाले भोग्दै आएका वातावरणीय प्रदूषण, ढल तथा नाला व्यवस्थापनको अभाव, खानेपानीको समस्या, सडकको कमजोर अवस्था, सरसफाइ व्यवस्थापनको चुनौती तथा वर्षायाममा हुने डुबानजस्ता समस्याबारे स्थानीयसँग विस्तृत छलफल गरेका थिए । स्थानीय बासिन्दाले उद्योगबाट निस्किने धुवाँ, धुलो र फोहोर पानीका कारण वातावरण प्रभावित भएको, जसले स्वास्थ्यमा नकारात्मक असर पारिरहेको गुनासो गरेका थिए ।

स्थानीयका अनुसार ढल निकासको उचित व्यवस्था नहुँदा वर्षातको समयमा सडक र बस्तीमा पानी जम्ने समस्या रहेको छ । पानी निकास नहुँदा दुर्गन्ध फैलिने, संक्रमणको जोखिम बढ्ने र दैनिक जीवन प्रभावित हुने गरेको उनीहरूले बताएका छन् । साथै, कतिपय स्थानमा सुरक्षित खानेपानीको अभाव अझै कायम रहेको र उपलब्ध पानीको गुणस्तरप्रति समेत चिन्ता रहेको स्थानीयको भनाइ थियो ।

यसैगरी, श्रीसिया टोलका भित्री सडकहरू जीर्ण अवस्थामा रहेको, वर्षातमा हिलो र पानीका कारण आवतजावतमा कठिनाइ हुने गरेको तथा सडक बत्ती र अन्य आधारभूत पूर्वाधार पर्याप्त नभएको समस्या पनि स्थानीयले उठाएका थिए । फोहोर व्यवस्थापन प्रभावकारी नहुँदा कतिपय स्थानमा फोहोर थुप्रिने र वातावरण अस्वस्थ हुने अवस्था रहेको उनीहरूको गुनासो थियो ।

स्थानीयका समस्या सुनेपछि उम्मेदवार टेमानीले श्रीसिया टोलको समग्र विकासलाई आफ्नो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे । उनले औद्योगिक क्षेत्र नजिक रहेका बस्तीहरूमा वातावरणीय सन्तुलन कायम गर्न आवश्यक नीतिगत पहल गर्ने, प्रदूषण नियन्त्रणका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने तथा स्थानीयको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्ने बताए ।

टेमानीले खानेपानी, ढल तथा नाला व्यवस्थापन, सडक स्तरोन्नति र सरसफाई व्यवस्थापनजस्ता आधारभूत पूर्वाधार विकासलाई योजनाबद्ध रूपमा अगाडि बढाउने स्पष्ट पारे । उनले संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गरी दीर्घकालीन समाधान सुनिश्चित गर्ने आफ्नो योजना रहेको उल्लेख गरे । ‘जनताको आधारभूत आवश्यकता पूरा गर्नु नै विकासको पहिलो चरण हो । श्रीसिया टोलका बासिन्दाले भोगिरहेका समस्या समाधानका लागि म प्रतिबद्ध छु,’ टेमानीले भने ।

उनले विकासका योजनाहरू कागजमा मात्र सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै जनताको विश्वास जितेर परिणाममुखी काम गर्ने बताए । वीरगंजलाई व्यवस्थित, स्वच्छ र सुरक्षित सहरका रूपमा विकास गर्ने आफ्नो दीर्घकालीन सोच रहेको उल्लेख गर्दै उनले औद्योगिक विकाससँगै स्थानीय बासिन्दाको स्वास्थ्य र वातावरणीय सुरक्षालाई सन्तुलित रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए । जनता समाजवादी पार्टीले पर्सा क्षेत्र नं. २ मा विकास, पूर्वाधार विस्तार, वातावरण संरक्षण, रोजगारी सिर्जना तथा नागरिकको जीवनस्तर सुधारलाई प्रमुख एजेन्डाका रूपमा अघि सारेको जनाएको छ ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि