Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

लक्षमणवा र भेडियाहीमा प्रदीप यादवको जनता दर्शन कार्यक्रम

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १५, २०८२
लक्षमणवा र भेडियाहीमा प्रदीप यादवको जनता दर्शन कार्यक्रम

वीरगंज (पर्सा), १५ फागुन । नेकपा (एमाले) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले शुक्रवार वीरगंज महानगरपालिका वडा नम्बर १५ को लक्ष्मणवा र भेडीयाही टोलमा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन् ।

कार्यक्रमका क्रममा सूर्य चुनाव चिन्हका लागि मत माग्दै यादवले आफ्ना चुनावी एजेन्डाहरू स्थानीयवासीलाई सुनाएका थिए । उनले पर्साको समग्र विकास, समृद्धि र जनताको जीवनस्तर उकास्ने स्पष्ट भिजन तथा क्षमता आफूसँग भएको बताए । ‘काम गरेर प्रमाणित भइसकेको नेतृत्वलाई मत दिनुहोस्, बहरुपियाहरूको पहिचान गर्नुहोस् र सूर्य चिन्हमा मतदान गर्नुहोस्,’ यादवले घरदैलोका क्रममा आग्रह गरे ।

पूर्व मन्त्री समेत रहेका यादवले आफ्ना प्रतिद्वन्द्वीहरूलाई अराजनीतिक व्यक्तित्व भएको बताउँदै चुनावका बेला मात्र जनताको बिचमा आएर ठूल्ठूला आश्वासन बाँड्नेहरूबाट जनतालाई सचेत रहन आग्रह गरे । यादवले पर्सा–१ लाई राम्ररी चिनेको र यहाँका हरेक समस्याबारे आफू पूर्ण जानकार रहेको उल्लेख गर्दै विगतमा दुई पटक सांसद निर्वाचित भएर अधिकांश समस्याहरू समाधान गरेको दाबी समेत गरे । ‘आगामी निर्वाचनमा जितेमा बाँकी रहेका थप समस्याहरू पनि समाधान गर्छु,’ यादवले भने ।

यादव दुई पटक सांसद निर्वाचित भइसकेका छन् । उनले जिल्लाका विभिन्न स्थानमा सडक निर्माण, स्कुल तथा अस्पताल भवन निर्माण, मन्दिर, मस्जिद र धर्मशाला निर्माण तथा अन्तिम संस्कारका लागि मसान घाट निर्माण गराएको दाबी गरे । खानेपानीको समस्या समाधानमा आफूले विशेष ध्यान दिएको उल्लेख गर्दै उनले भने, ‘आकाल पर्दा एक साताभित्र ठाउँ ठाउँमा बोरिङ जडान गरी तत्काल समस्या समाधान गरेँ । दीर्घकालीन समाधानका लागि अर्बौँ रुपैयाँका परियोजना ल्याएको छु ।’

त्यस्तै उनले संसद्मा जिल्लावासीको आवाज बन्दै पटक–पटक पर्साका समस्याहरू उठाएको पनि बताए । कार्यक्रममा स्थानीयवासीले यादवलाई फूलमाला लगाएर स्वागत गरेका थिए भने जनताले आफ्ना समस्या राखेका थिए । यादवले समस्याहरू तत्काल सम्बोधन गर्ने आश्वासन दिएका छन् ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि