Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा-३ मा पाण्डेको उम्मेदवारी यथावत्, सर्वोच्चको ‘कारण देखाउ’ आदेशपछि चुनावी दौड कायमै

सर्वोच्चको इजलास नम्बर-७ मा न्यायाधीश मेघराज पाखरेलले उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षी पक्षसँग स्पष्टीकरण माग्ने आदेश दिएका हुन् । अदालतले मुद्दाको अन्तिम टुंगो नलागेसम्म उम्मेदवारी स्वतः खारेज हुने अवस्था नरहेको कानुनी व्याख्या गर्दै प्रक्रिया अघि बढाएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १४, २०८२
फरक शैली र स्पष्ट योजनासहित पाण्डे चुनावी मैदानमा

वीरगंज (पर्सा), १४ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) का उम्मेदवार रुपेश कुमार पाण्डेको उम्मेदवारी कायम रहने भएको छ । सर्वोच्च अदालतले उनीविरुद्ध दायर गरिएको उत्प्रेषण सम्बन्धी रिटमा ‘कारण देखाउ’ आदेश जारी गरेसँगै तत्कालका लागि उनको उम्मेदवारीमा कुनै अवरोध नरहने स्थिति बनेको हो । बिहीबार सर्वोच्चको इजलास नम्बर–७ मा न्यायाधीश मेघराज पाखरेलले उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षी पक्षसँग स्पष्टीकरण माग्ने आदेश दिएका हुन् । अदालतले मुद्दाको अन्तिम टुंगो नलागेसम्म उम्मेदवारी स्वतः खारेज हुने अवस्था नरहेको कानुनी व्याख्या गर्दै प्रक्रिया अघि बढाएको बताइएको छ ।

पाण्डेविरुद्ध रिट दायर गर्ने पक्ष भने पर्सा–३ कै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार छोटेलाल प्रसाद यादव हुन् । उनले निर्वाचन आयोग, कान्तिपथ काठमाडौंलाई समेत विपक्षी बनाउँदै पाण्डेको उम्मेदवारी रद्द गर्न माग गरेका थिए । रिटमा बैंक ऋण नतिरेको विषय उठाइएको थियो भने कर्जा सूचना केन्द्रको कालोसूचीसम्बन्धी प्रसंगसमेत उल्लेख गरिएको थियो । यसअघि उजुरी परेपछि निर्वाचन आयोगले कर्जा सूचना केन्द्रबाट प्राप्त विवरणका आधारमा पाण्डेसँग लिखित स्पष्टीकरण मागेको थियो । आयोगले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउँदै विषयलाई परीक्षणको चरणमा लगेको थियो । सोही प्रक्रियाका क्रममा विवाद अदालतसम्म पुगेको हो ।

एमाले पक्षले भने यस घटनालाई राजनीतिक प्रतिशोधका रूपमा चित्रण गरेको छ । पार्टीका नेताहरूका अनुसार पाण्डेको जनसमर्थन बढ्दै गएको देखेर विपक्षीहरूले चुनावी मैदानमा प्रतिस्पर्धा गर्न नसकी कानुनी बाटो रोजेका हुन् । उम्मेदवारी दर्ता भएपछि सामाजिक सञ्जाल र स्थानीय तहमा ‘कालोसूची’ सम्बन्धी हल्ला सुनियोजित रूपमा फैलाइएको आरोप एमालेले लगाएको छ ।

पाण्डे स्वयंले बैंकिङ विषयलाई चुनावी मुद्दा बनाइनु लोकतान्त्रिक अभ्यासविरुद्धको कदम भएको बताएका छन् । ‘निर्वाचन आयोग बैंकको लेनदेन जाँच गर्ने निकाय होइन,’ उनले प्रतिक्रिया दिँदै भने, ‘निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनु हरेक नागरिकको मौलिक अधिकार हो ।’ उनले कानुनी प्रक्रिया सामना गर्न आफू तयार रहेको र अन्ततः सत्य स्पष्ट हुने दाबीसमेत गरेका छन् । एमाले पर्साका इन्चार्ज प्रभु हजरा पनि विपक्षी दलहरू जनमतबाट पछि परेको आकलन गर्दै अदालतको सहारा लिएको आरोप लगाउँछन् । उनका अनुसार मतदाताबाट पराजय निश्चित देखेपछि केही शक्तिहरू रिटमार्फत उम्मेदवार हटाउने रणनीतिमा लागेका छन् । ‘जनताको समर्थनले डराएको समूहले न्यायालयको ढोका ढकढक्याएको हो,’ उनले भने ।

यता ‘कारण देखाउ’ आदेश प्रारम्भिक चरणको प्रक्रिया मात्र हो । यसले दुवै पक्षलाई आफ्नो तर्क राख्ने अवसर दिन्छ र अन्तिम निर्णय भने विस्तृत सुनुवाइपछि मात्र आउनेछ । त्यसैले हालका लागि पाण्डेको उम्मेदवारी सुरक्षित रहेको बुझाइ छ । पर्सा–३ मा चुनावी प्रतिस्पर्धा तीव्र बन्दै गइरहेको सन्दर्भमा यो घटनाले थप चासो बढाएको छ । अदालतको आदेशपछि एमाले कार्यकर्तामा उत्साह देखिएको छ भने विपक्षी पक्षले कानुनी लडाइँ जारी रहने संकेत दिएको छ । अब अन्तिम निर्णय अदालतको पूर्ण सुनुवाइपछि आउने भएपनि तत्कालका लागि रुपेश कुमार पाण्डे चुनावी मैदानमा यथावत् रहने भएका छन् ।

Tags: सर्वोच्चद्वारा ‘कारण देखाउ’ आदेश जारी : पाण्डेको उम्मेदवारी सुरक्षित
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

जेष्ठ ३, २०८३
मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

जेष्ठ ३, २०८३
संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

जेष्ठ ३, २०८३
लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

जेष्ठ ३, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि