Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

ट्रेड युनियनको दबाबले उद्योग चौपट, पर्सा-१ मा ओमप्रकाश सरार्फको उद्योगीमैत्री एजेन्डा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १४, २०८२
ट्रेड युनियनको दबाबले उद्योग चौपट, पर्सा-१ मा ओमप्रकाश सरार्फको उद्योगीमैत्री एजेन्डा

वीरगंज (पर्सा), १४ फागुन । वीरगंज महानगरपालिका वडा नं. १८ (सौराहा, इनर्वा) र वडा नं. २२ (मनियारी) क्षेत्रमा आयोजित घरदैलो तथा भेटघाट कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओमप्रकाश सरार्फले विगतका ट्रेड युनियन गतिविधिकै कारण वीरगञ्जको उद्योग–व्यवसाय धराशायी भएको आरोप लगाएका छन् ।

जनमत पार्टी का तर्फबाट उम्मेदवारी दिएका सरार्फले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) निकट ट्रेड युनियनहरूको हस्तक्षेपका कारण उद्योगीहरू असुरक्षित बनेको दाबी गरे । ‘उद्योगीमैत्री वातावरण अभाव हुँदा वीरगंजको उद्योग धन्दा चौपट भएको छ,’ उनले भने, ‘अब हामी स्पष्ट नीति र स्थिर वातावरण निर्माण गरेर वीरगंजलाई पुनः अर्थपूर्ण औद्योगिक नगरीका रूपमा स्थापित गर्नेछौँ ।’

घरदैलोका क्रममा उनले मतदातासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय अर्थतन्त्र सुदृढीकरणलाई आफ्नो मुख्य प्राथमिकता रहेको बताए । व्यापार विस्तार, रोजगारी सिर्जना, लगानीमैत्री नीति तथा उद्योग व्यवसायको संरक्षणलाई केन्द्रमा राखेर कार्यक्रम अघि बढाइने उनको प्रतिबद्धता थियो ।

स्थानीय उद्योगी तथा व्यवसायीहरूले विगतमा विभिन्न अवरोध, बन्द हडताल र अस्थिर नीतिका कारण उत्पादन र लगानी प्रभावित भएको अनुभव सुनाएका थिए । उनीहरूले स्थायित्व, सुरक्षा र प्रशासनिक सहजीकरण सुनिश्चित गर्ने नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरे ।

सरार्फले वीरगंजको ऐतिहासिक औद्योगिक पहिचान पुनर्जीवित गर्न स्पष्ट कार्ययोजना ल्याउने दाबी गरे । ‘वीरगंज देशकै प्रमुख औद्योगिक प्रवेशद्वार हो, तर गलत नीतिगत हस्तक्षेप र अस्थिर श्रम सम्बन्धका कारण उद्योगीहरू पलायन हुने अवस्था आयो,’ उनले भने, ‘हामी उद्योगी कामदारबीच सन्तुलित र न्यायपूर्ण सम्बन्ध कायम गर्दै उत्पादनमुखी वातावरण बनाउनेछौँ ।’

कार्यक्रममा सहभागी स्थानीयवासीहरूले पनि व्यापार, रोजगारी र पूर्वाधार विकासमा ठोस पहलको अपेक्षा व्यक्त गरे । युवाहरूले विशेषगरी रोजगारी सिर्जना र सीपमूलक तालिम कार्यक्रमको आवश्यकता औंल्याए । घरदैलो अभियानका क्रममा सरार्फले विकास र आर्थिक समृद्धिको एजेन्डालाई चुनावी केन्द्रबिन्दु बनाएका छन् । उनले वीरगंजलाई पुनः औद्योगिक उचाइमा पुर्‍याउने लक्ष्यसहित मतदातासँग समर्थन र आशीर्वाद मागेका छन् ।

वडा नं. १८ र २२ मा बढ्दो चुनावी सक्रियतासँगै औद्योगिक पुनरुत्थानको बहस पनि चर्किएको छ । स्थानीयहरू अब नारा भन्दा व्यवहारिक योजना र कार्यान्वयन क्षमता भएका नेतृत्वको खोजीमा रहेको देखिन्छ ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बालेन सरकारले जनताको ढाड सेक्ने काम गर्‍योः डा. सिके राउत

बालेन सरकारले जनताको ढाड सेक्ने काम गर्‍योः डा. सिके राउत

भदौ २, २०८३
सुबोध स्मृत्ति पत्रकारिता पुरस्कारबाट गौतम सम्मानित

सुबोध स्मृत्ति पत्रकारिता पुरस्कारबाट गौतम सम्मानित

भदौ २, २०८३
वीरगंज चिनी कारखानाः संचालन हुन सक्ने अवस्था र प्रयास, सरकारको घोषणा कागजमै सीमित

वीरगंज चिनी कारखाना पुनः संचालनका लागि कार्यदल गठन

भदौ २, २०८३
सर्पदंश उपचारसेवाका लागि अनुमति दिन आग्रह

सर्पदंश उपचारसेवाका लागि अनुमति दिन आग्रह

भदौ १, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि