Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा २ मा टेमानीको घरदैलो अभियान तीब्र, क्षेत्रको समस्या दीर्घकालीन समाधानको जोड

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १४, २०८२
पर्सा २ मा टेमानीको घरदैलो अभियान तीब्र, क्षेत्रको समस्या दीर्घकालीन समाधानको जोड

वीरगंज (पर्सा), १४ फागुन । पर्सा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अशोक टेमानीले जनतासँग प्रत्यक्ष सम्पर्कलाई प्राथमिकता दिँदै आफ्नो घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् । जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट प्रतिस्पर्धामा रहेका उनले बहुदरमाई नगरपालिका वडा नम्बर २ अन्तर्गतका बस्तीमा पुगेर बासिन्दासँग साक्षात्कार गर्दै उनीहरूको आवश्यकता, सुझाव तथा अपेक्षाबारे जानकारी संकलन गरेका हुन् ।

ग्रामीण परिवेशमा आयोजित उक्त भेटघाटमा सहभागी सर्वसाधारणले आफ्नो दैनिकीसँग जोडिएका विविध चुनौती खुलस्त रूपमा राखेका थिए । स्वागतसहित गरिएको अन्तरक्रियामा खानेपानी अभाव, शैक्षिक पूर्वाधारको कमजोरी, स्वास्थ्य सेवा पहुँचको सीमितता तथा कृषि पेशामा देखिएका कठिनाइहरू प्रमुख रूपमा उठाइए। लामो समयदेखि सम्बोधनको प्रतीक्षामा रहेका यी विषयले दैनिक जीवनमा प्रत्यक्ष असर पुर्‍याएको उनीहरूको भनाइ थियो ।

जनताका गुनासाहरुलाई सम्बोधन गर्दै टेमानीले विकासको आधार जनचाहनामा निहित रहने धारणा व्यक्त गरे । उनले आधारभूत सुविधा विस्तारलाई प्राथमिकतामा राख्दै दीर्घकालीन योजना निर्माणमार्फत परिवर्तन सम्भव हुने बताए । खानेपानी व्यवस्थापन, शैक्षिक गुणस्तर सुधार, स्वास्थ्य सेवा सुदृढीकरण तथा कृषिक्षेत्र आधुनिकीकरण आफ्नो प्रमुख लक्ष्य रहेको उनको भनाइ थियो ।

उनले युवाशक्ति सशक्तीकरणलाई विशेष जोड दिँदै रोजगारी सिर्जना, सीप विकास तथा स्वरोजगार प्रवद्र्धनमा केन्द्रित नीति अघि सार्ने प्रतिबद्धता जनाए। उत्पादन वृद्धि, उचित मूल्य सुनिश्चितता तथा आधुनिक प्रविधिको प्रयोगमार्फत कृषिलाई सम्मानजनक पेशाका रूपमा स्थापित गर्ने योजना उनले सुनाए । साथै, सामाजिक न्याय, समावेशिता तथा समान अवसर सुनिश्चित गर्ने उद्देश्य पनि प्रस्तुत गरे ।

‘जनताको विश्वास प्राप्त भएपछि संसदमार्फत यहाँका चुनौती समाधानका लागि योजनाबद्ध पहल गर्नेछु,’ उनले बताए । जनतासँगको प्रत्यक्ष संवादले वास्तविक अवस्था बुझ्न सहयोग पुगेको उल्लेख गर्दै उनले जनभावनालाई प्राथमिकता दिँदै काम गर्ने प्रतिबद्धता दोहोर्‍याए । स्थानीय समुदायले पनि उम्मेदवारसँग प्रत्यक्ष भेटघाटको अवसरलाई सकारात्मक रूपमा लिएका छन् । यसले आफ्नो आवाज नीति निर्माण तहसम्म पुग्ने विश्वास बढाएको उनीहरूको भनाइ छ । आगामी दिनमा यस्ता कार्यक्रमले विकासप्रतिको आशा अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशनः पर्साका पाँच नेता केन्द्रीय कार्यसमितिमा, चौधरी र कुर्मी पराजित

कांग्रेसको १५औँ महाधिवेशनः पर्साका पाँच नेता केन्द्रीय कार्यसमितिमा, चौधरी र कुर्मी पराजित

अशोज ३१, २०८३
औद्योगिक करिडोरका श्रमिकका पीडाः न्यूनतम पारिश्रमिकदेखि सामाजिक सुरक्षासम्म समस्या

औद्योगिक करिडोरका श्रमिकका पीडाः न्यूनतम पारिश्रमिकदेखि सामाजिक सुरक्षासम्म समस्या

अशोज ३१, २०८३
चाडपर्वमा बासी र अस्वच्छ खाना बिक्री गरे कारबाही, होटल तथा मिठाइ पसललाई विभागको चेतावनी

चाडपर्वमा बासी र अस्वच्छ खाना बिक्री गरे कारबाही, होटल तथा मिठाइ पसललाई विभागको चेतावनी

अशोज ३१, २०८३
चाडपर्वमा चिनी अभाव हुन नदिन सरकारको तयारी, २२ हजार क्विन्टल मौज्दात

चाडपर्वमा चिनी अभाव हुन नदिन सरकारको तयारी, २२ हजार क्विन्टल मौज्दात

अशोज ३१, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि