Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

व्यापारिक जगतका परिचित नाम, अब राजनीति मैदानमा: ३५ वर्षको अनुभव बोकेका टेमानी को हुन् ?

उद्योग, व्यापार र सामाजिक सेवाको लामो अनुभव बोकेका टेमानीलाई यसपटक विकास र समृद्धिको एजेण्डासहित चुनावी मैदानमा उत्रिएका उम्मेदवारका रूपमा हेरिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १२, २०८२
व्यापारिक जगतका परिचित नाम, अब राजनीति मैदानमा: ३५ वर्षको अनुभव बोकेका टेमानी को हुन् ?

वीरगंज (पर्सा), १२ फागुन । पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा आगामी प्रतिनिधिसभा निर्वाचनसँगै चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । यसैक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य तथा स्थापित उद्योगपति अशोक कुमार टेमानी उम्मेदवारका रूपमा मतदातामाझ प्रस्तुत भएका छन् । उद्योग, व्यापार र सामाजिक सेवाको लामो अनुभव बोकेका टेमानीलाई यसपटक विकास र समृद्धिको एजेण्डासहित चुनावी मैदानमा उत्रिएका उम्मेदवारका रूपमा हेरिएको छ ।

वीरगंज निवासी अशोक कुमार टेमानी करिब ३५ वर्षभन्दा बढी समयदेखि उद्योग, व्यापार, आयात निर्यात, अन्तर्राष्ट्रिय व्यवसाय तथा लजिस्टिक्स क्षेत्रमा सक्रिय रहँदै आएका छन् । निजी क्षेत्रमार्फत आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवद्र्धनमा उनको भूमिका उल्लेखनीय मानिन्छ । मधेश प्रदेशको आर्थिक केन्द्रका रूपमा परिचित वीरगंजको औद्योगिक वातावरण सुदृढ बनाउन उनले खेलेको भूमिकालाई व्यवसायी समुदायले सकारात्मक रूपमा लिने गरेका छन् ।

शिक्षा तथा अन्तर्राष्ट्रिय अनुभवका दृष्टिले पनि टेमानी फराकिलो दृष्टिकोण राख्ने नेतृत्वकर्ताका रूपमा चिनिन्छन् । उनले हार्बड युनिभरसिटि (अमेरिका) मा नेतृत्व तथा सार्वजनिक नीति सम्बन्धी कार्यकारी शिक्षा हासिल गरेका छन् । अमेरिका, जापान, डेनमार्क लगायतका देशहरूमा व्यवसाय व्यवस्थापन, कर्पोरेट सुशासन र स्वच्छ उत्पादन सम्बन्धी तालिम लिएका उनले अन्तर्राष्ट्रिय अभ्यासलाई स्थानीय सन्दर्भमा लागू गर्नुपर्नेमा जोड दिँदै आएका छन् । साथै अमेरिका, चीन, भारत, जापान, सिंगापुर, थाइल्याण्ड र फिलिपिन्सजस्ता मुलुकहरूमा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्ध विस्तारमा योगदान पुर्‍याएका छन् ।

संस्थागत नेतृत्वतर्फ उनी हाल नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष छन् भने केन्द्रीय कार्यकारी बोर्ड सदस्यका रूपमा पनि क्रियाशील रहेका छन् । यसअघि वीरगंज उद्योग वाणिज्य संघका अध्यक्षको जिम्मेवारी सम्हालिसकेका टेमानीले निजी क्षेत्रको हकहित र औद्योगिक वातावरण सुधारका विषयमा स्पष्ट आवाज उठाउँदै आएका छन् । उनी नेपाल–भारत सामाजिक आर्थिक फोरमका अध्यक्षसमेत छन्, जसले सीमा क्षेत्रको व्यापार सहजीकरण र आर्थिक सहकार्यलाई प्राथमिकता दिँदै आएको छ ।

सामाजिक सेवामा पनि टेमानीको सक्रियता उल्लेखनीय छ । नेपाल रेडक्रस सोसाइटी तथा नेत्र ज्योति संघका आजीवन सदस्य रहनुका साथै उनी लायन्स क्लब वीरगंज आदर्शनगरका पूर्व अध्यक्ष समेत छन् । जिल्ला कराँते संघ पर्साका संस्थापक अध्यक्षका रूपमा युवालाई खेलकुदमार्फत अनुशासन र नेतृत्व विकासमा प्रेरित गरेका छन् । मधेश विश्वविद्यालय र हरि खेतान कलेजका सिनेट सदस्यका रूपमा शैक्षिक क्षेत्रसँगको सम्बन्ध पनि बलियो बनाउँदै आएका छन् ।

राजनीतिक रूपमा उनी जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य छन् । निजी क्षेत्रको अनुभवलाई नीति निर्माण तहमा पुर्‍याउने उद्देश्यसहित उनी यसपटक पर्सा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । ‘उद्योगमैत्री नीति, रोजगारी सिर्जना र पारदर्शी शासन’ आफ्नो मुख्य एजेण्डा रहेको उनी बताउँछन् ।

टेमानीले मधेशको आर्थिक सम्भावनालाई राष्ट्रिय समृद्धिसँग जोड्ने दृष्टिकोण अघि सारेका छन् । सीमा नाकाको व्यवस्थित सञ्चालन, औद्योगिक करिडोरको विस्तार, साना तथा मध्यम उद्यमलाई प्रोत्साहन, युवा उद्यमशीलता विकास र प्राविधिक शिक्षामा लगानी वृद्धि आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ ।

पर्सा क्षेत्र नं. २ मा यसपटक विकास, सुशासन र आर्थिक एजेण्डालाई केन्द्रमा राखेर प्रतिस्पर्धा हुने संकेत देखिएको छ । उद्योग र सामाजिक सेवाको लामो अनुभवसहित उम्मेदवारी दिएका अशोक कुमार टेमानीलाई मतदाताले कत्तिको विश्वास गर्छन् भन्ने विषयले आगामी निर्वाचनको परिणाम तय गर्नेछ । तर एउटा कुरा स्पष्ट छ टेमानीले आफूलाई केवल राजनीतिक उम्मेदवार मात्र नभई अनुभवी व्यवस्थापक र समाजसेवी नेतृत्वका रूपमा प्रस्तुत गरेका छन् ।

Tags: उद्योगका सफल हस्ती अशोक टेमानी किन खोज्दैछन् जनमत ?
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि