Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सिए अजय चौरसियाको घरदैलो अभियान, पर्सा-१ मा जनसम्पर्क र विकास एजेन्डा सशक्त

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ११, २०८२
सिए अजय चौरसियाको घरदैलो अभियान, पर्सा-१ मा जनसम्पर्क र विकास एजेन्डा सशक्त

वीरगंज (पर्सा), ११ फागुन । चार्टर एकाउन्टेण्ट (सिए) अजय चौरसिया, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार वीरगंज महानगरपालिका–३१ लालपर्सामामा स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट तथा घरदैलो कार्यक्रम सञ्चालन गरेका छन् ।

भेटघाटका क्रममा चौरसियाले स्थानीय बासिन्दाका दैनिक समस्या, चुनौती र अपेक्षा सुन्ने अवसर पाएका थिए । कार्यक्रममा उनले आफू र पार्टीको चुनावी प्रतिबद्धता स्पष्ट पारेका थिए । नेकपाको प्रतिबद्धता पत्रमा आधारित योजनालाई क्षेत्रीय विकास र समृद्धिसँग जोडेर व्याख्या गर्दै उनले आगामी कार्यकालमा लक्षित नीतिहरू प्रस्तुत गरेका छन् ।

उम्मेदवार चौरसियाले आफ्नो एजेन्डामा सुशासन, पारदर्शिता र मितव्ययिता सुनिश्चित गर्ने प्राथमिकता राखेका छन् । उनले भ्रष्टाचारमुक्त प्रशासन स्थापना गर्ने र सार्वजनिक पद धारण गर्ने व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने आयोग गठन गरी एक वर्षभित्र छानबिन सम्पन्न गर्ने योजना भएको जानकारी दिएका छन् ।

त्यस्तै, उनले आगामी पाँच वर्षभित्र दोहोरो अङ्कको आर्थिक वृद्धिदर हासिल गर्ने, बहुआयामिक गरिबीको दरलाई हालको करिब २० प्रतिशतबाट ५ प्रतिशतमा घटाउने, प्रतिवर्ष ५ लाख रोजगारी सिर्जना गर्ने र विदेशबाट फर्किएका एक लाख युवालाई उद्यमी बनाउने लक्ष्य प्रस्तुत गरेका छन् ।

चौरसियाले घरदैलोका क्रममा भने, ‘हाम्रो अभियान नारा मात्र होइन, नीति र व्यवहारमार्फत परिवर्तन ल्याउने प्रतिबद्धतामा आधारित छ । पर्सा–१ का जनताको घरदैलोमा पुगेर उनीहरूको आवाज सुन्दै समृद्ध, सुशासित र समाजवादी नेपाल निर्माणको अभियान निरन्तर जारी रहनेछ ।’

कार्यक्रममा स्थानीय बासिन्दा, युवाहरू र महिला समूहले सक्रिय सहभागिता जनाएका थिए। घरदैलो अभियानले नेकपालाई स्थानीय तहमा थप मजबुत बनाउँदै मतदातासँग प्रत्यक्ष संवाद र जनसम्पर्क विस्तार गर्ने कार्यमा सहयोग पुगेको आयोजकहरूले बताएका छन् ।

विशेषज्ञहरूले चौरसियाको सक्रिय घरदैलो अभियान, स्थानीय जनसम्पर्क र स्पष्ट विकास एजेन्डालाई आगामी निर्वाचनमा नेकपाको मत प्रतिशत बढाउने र मतदातामा विश्वास कायम गर्ने महत्वपूर्ण कदमको रूपमा मूल्याङ्कन गरेका छन् । यस अभियानले क्षेत्रीय मतदाता समुदायसँग प्रत्यक्ष संवाद, समस्या पहिचान र समाधानको प्रतिबद्धता प्रस्तुत गरी पर्सा–१ मा नेकपाको उपस्थितिलाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि