Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भवानीपुरमा हरि पन्तको घरदैलो, रास्वपा तर्फ बढ्दो आकर्षण

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ११, २०८२
भवानीपुरमा हरि पन्तको घरदैलो, रास्वपा तर्फ बढ्दो आकर्षण

वीरगंज (पर्सा), ११ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा जिल्ला सभापति तथा पर्सा–१ का प्रतिनिधिसभा उम्मेदवार हरि पन्त वीरगंज–१८ भवानिपुरमा सबै उमेर समूहको साझा रोजाइका रूपमा प्रस्तुत भएका छन् । भवानीपुरमा सम्पन्न घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा जेनेजीदेखि युवा, प्रौढ र ज्येष्ठ नागरिकसम्मको उल्लेख्य सहभागिता देखिएको थियो । टोल टोलमा पुगेका पन्तलाई स्थानीयवासीले उत्साहपूर्वक स्वागत गरेका थिए । खुला संवाद, आत्मीय भेटघाट र सामूहिक उपस्थितिले क्षेत्रको चुनावी वातावरणलाई थप उर्जा दिएको सहभागीहरूले बताएका छन् ।

कार्यक्रममा विभिन्न पेशा, व्यवसाय तथा सामाजिक क्षेत्रसँग आबद्ध व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो । स्थानीय प्रभावशाली अगुवा र समाजसेवीहरूको उपस्थितिले अभियानलाई थप अर्थपूर्ण बनाएको आयोजक पक्षको दाबी छ । भेटघाटका क्रममा धेरै स्थानीयले परम्परागत राजनीतिक दलप्रति निराशा बढ्दै गएको र नयाँ विकल्पको खोजी नै आफ्नो समर्थनको मुख्य कारण भएको बताएका छन् । एक युवा सहभागीले भने, ‘हामीलाई पारदर्शी र जवाफदेही नेतृत्व चाहिएको छ । परिवर्तनको सम्भावना हामीले पन्तजीमा देखेका छौं ।’

सहभागीहरूले सुशासन, भ्रष्टाचार नियन्त्रण र युवालाई निर्णय प्रक्रियामा अग्रस्थानमा राख्ने प्रतिबद्धताले आफूहरूलाई रास्वपातर्फ आकर्षित गरेको उल्लेख गरे । देशव्यापी रूपमा देखिएको वैकल्पिक राजनीतिप्रतिको आकर्षण भवानिपुरमा पनि स्पष्ट झल्किएको उनीहरूको भनाइ छ । कार्यक्रमलाई सम्बोधन गर्दै पन्तले जनताको भरोसालाई केवल मतमा सीमित नराखी विकास र सुशासनको ठोस परिणाममा रूपान्तरण गर्ने प्रतिवद्धता जनाए । ‘राजनीति पद प्राप्तिका लागि होइन, सेवा र परिवर्तनका लागि हुनुपर्छ,’ उनले भने, ‘भवानिपुरवासीले देखाएको विश्वास मेरो लागि ठूलो जिम्मेवारी हो, जसलाई परिणामबाट पुष्टि गर्नेछु ।’

पर्सा–१ अन्तर्गत पर्ने भवानीपुर क्षेत्र चुनावी दृष्टिले पछिल्लो समय महत्वपूर्ण मानिँदै आएको छ । यहाँ युवा मतदाताको संख्या उल्लेख्य रहेकाले समर्थन निर्णायक बन्न सक्ने राजनीतिक विश्लेषकहरूको आकलन छ । घरदैलो अभियानपछि भवानिपुरमा पन्तको पक्षमा सकारात्मक लहर देखिएको समर्थकहरूको दाबी छ । आगामी निर्वाचनमा यस क्षेत्रको मत परिणामले पर्सा–१ को समग्र चुनावी समीकरणमा महत्वपूर्ण प्रभाव पार्न सक्ने अनुमान गरिएको छ ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

जेष्ठ ३, २०८३
मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

जेष्ठ ३, २०८३
संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

जेष्ठ ३, २०८३
लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

जेष्ठ ३, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि