वीरगंज (पर्सा), ११ फागुन । पर्सा क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजाल ले सोमबार ठोरी गाउँपालिका वडा नं. ४ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । रिजालले वडा नं. ४ अन्तर्गत विजयबस्ती, निर्मलबस्ती, मालीटोल र शिकारीबास पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरे । घरदैलोका क्रममा उनले स्थानीय बासिन्दाका समस्या, आवश्यकता र सुझाव ध्यानपूर्वक सुन्दै निर्वाचित भएपछि ती विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।
भेटघाटमा स्थानीयले विकास निर्माणका अधुरा काम, सडक पूर्वाधारको अवस्था, शिक्षा र स्वास्थ्य सेवामा देखिएका चुनौतीबारे ध्यानाकर्षण गराएका थिए । त्यसप्रति प्रतिक्रिया दिँदै रिजालले आफू सधैं जनतासँग नजिक रहेर काम गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि जनसेवामा निरन्तर सक्रिय रहने बताए । कार्यक्रमका दौरान स्थानीयले रिजालको स्वागत उत्साहपूर्वक गरेका थिए । घरदैलोमा बृहस्पती कृष्ण श्रेष्ठ, शंकर चौधरी, श्रीकान्त प्रसाद यादव तथा जिवन सापकोटा लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो । 








प्रतिक्रिया दिनुहोस् !