Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा-२ मा टेमानीको तीव्र चुनावी दौड, खानेपानीदेखि ढल निकाससम्मका मुद्दामा प्रतिबद्धता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ११, २०८२
पर्सा-२ मा टेमानीको तीव्र चुनावी दौड, खानेपानीदेखि ढल निकाससम्मका मुद्दामा प्रतिबद्धता

वीरगंज (पर्सा), ११ फागुन । पर्सा निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार अशोक कुमार टेमानीले चुनावी गतिविधिलाई तीव्र बनाएका छन् । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का उम्मेदवार टेमानीले सोमबार वीरगंज महानगरपालिका वडा नं. १ मा घरदैलो कार्यक्रमसँगै अगुवा कार्यकर्ता भेला आयोजना गरेका हुन् ।

घरदैलो अभियानका क्रममा टेमानीले ज्येष्ठ नागरिक, महिला, युवा तथा व्यवसायीहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका दैनिक जीवनसँग जोडिएका समस्या र अपेक्षा सुने । आयोजित अगुवा भेलामा स्थानीय बुद्धिजीवी, समाजसेवी, व्यवसायी तथा टोल विकास समितिका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा उनले आफू केवल मत माग्न नभई जनताका गुनासा बुझेर समाधानका लागि स्पष्ट प्रतिबद्धता जनाउन आएको बताए ।

स्थानीय बासिन्दाले सबैभन्दा बढी उठाएको मुद्दा खानेपानीको अभाव थियो। नियमित तथा स्वच्छ पानी नपाउने, चापाकल र धारामा पानी नआउने तथा गुणस्तर कमजोर हुँदा स्वास्थ्यमा असर परेको गुनासो गरिएको थियो । यसबारे टेमानीले संघीय तहबाट पहल गरी दीर्घकालीन खानेपानी आयोजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

शिक्षा क्षेत्रको अवस्था पनि सन्तोषजनक नभएको अभिभावकहरूको भनाइ थियो । सामुदायिक विद्यालयमा भौतिक पूर्वाधारको कमी, शिक्षक दरबन्दी अभाव र गुणस्तरीय शिक्षाको समस्या रहेको उनीहरूले बताएका छन् । यसप्रति टेमानीले विद्यालय स्तरोन्नति, प्राविधिक शिक्षा विस्तार तथा युवालाई रोजगारीमुखी सीप प्रदान गर्ने कार्यक्रम ल्याउने योजना रहेको बताए ।

स्वास्थ्य सेवा पहुँच र गुणस्तरसमेत स्थानीय सरोकारको विषय बनेको छ । सामान्य उपचारका लागि टाढा जानुपर्ने बाध्यता, औषधिको अभाव र स्वास्थ्यकर्मी कमीबारे गुनासा उठेका छन् । टेमानीले वडास्तरमै प्राथमिक स्वास्थ्य सेवा प्रभावकारी बनाउने र सरसफाइ अभियानलाई सुदृढ गर्ने आश्वासन दिए ।

यस्तै, वर्षायाममा देखिने बाढी तथा पानी जम्ने समस्या पनि वडा नम्बर १ का बासिन्दाको चिन्ताको केन्द्रमा छ । कमजोर नाला र ढल निकास प्रणालीका कारण सामान्य वर्षामै सडक र घरभित्र पानी पस्ने अवस्था रहेको स्थानीयले बताएका छन् । यस विषयमा टेमानीले वैज्ञानिक ढंगले ढल निकास प्रणाली निर्माण र सडक पूर्वाधार सुदृढीकरणका लागि विशेष योजना ल्याउने प्रतिबद्धता जनाए ।

अगुवा भेलालाई सम्बोधन गर्दै टेमानीले विकास नारामा सीमित नभई व्यवहारमा देखिनुपर्ने धारणा राखे । ‘जनताको घरदैलोमा पुगेर सुनेका समस्या नै मेरा एजेन्डा हुन्,’ उनले भने, ‘खानेपानी, शिक्षा, स्वास्थ्य, सरसफाइ र ढल निकासका सवालमा संघीय संसद्मा प्रभावकारी आवाज उठाउनेछु ।’ उनले पारदर्शी, जवाफदेही र जनमुखी राजनीतिक अभ्यासलाई आफ्नो मुख्य प्राथमिकता बनाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

भदौ ३, २०८३
अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

भदौ ३, २०८३
वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

भदौ ३, २०८३
साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

भदौ ३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि