Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

ओमप्रकाश सरार्फको रानीघाट र श्रीपुरमा घरदैलो, खानेपानी र पूर्वाधार सुधार पहिलो प्राथमिकता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १०, २०८२
ओमप्रकाश सरार्फको रानीघाट र श्रीपुरमा घरदैलो, खानेपानी र पूर्वाधार सुधार पहिलो प्राथमिकता

वीरगंज (पर्सा), १० फागुन । जनमत पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फले आफ्नो चुनावी अभियानलाई तीव्रता दिँद वीरगंज महानगरपालिका वडा नम्बर ११ रानीघाट, श्रीपुर टोलमा व्यापक घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । पछिल्लो समय मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका सरार्फले घरदैलोमार्फत स्थानीय बासिन्दाका समस्या, अपेक्षा र सुझावलाई नजिकबाट सुन्ने प्रयास गरेका हुन् ।

घरदैलो अभियानका क्रममा उनले टोल टोलमा पुगेर ज्येष्ठ नागरिक, महिला, युवा तथा व्यवसायीहरूसँग अन्तरक्रिया गरेका थिए । स्थानीयवासीहरूले विशेषगरी खानेपानी, सडक, ढल निकास, सरसफाइ र रोजगारीका विषयमा गुनासा तथा सुझाव राखेका थिए । ती समस्यालाई गम्भीरतापूर्वक लिँदै सरार्फले दीर्घकालीन र व्यवहारिक समाधानका लागि आफू प्रतिबद्ध रहेको बताए ।

वीरगंज महानगरपालिका वडा नम्बर ११ रानीघाट, श्रीपुर टोलमा देखिएको शुद्ध खानेपानीको अभाव प्रमुख समस्याका रूपमा उठेको थियो । धेरै घरधुरीमा नियमित र स्वच्छ पानी आपूर्ति नहुँदा जनस्वास्थ्यमा असर परेको स्थानीयको भनाइ थियो । यस सन्दर्भमा सरार्फले स्थायी पाइपलाइन विस्तार, नयाँ पानी ट्यांकी निर्माण तथा आधुनिक प्रविधिको प्रयोगमार्फत स्वच्छ र नियमित पानी आपूर्ति सुनिश्चित गरिने योजना अघि सार्ने प्रतिबद्धता जनाएका थिए । खानेपानी समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर सम्बन्धित निकायसँग समन्वय गरी दिगो समाधान निकाल्ने उनले बताए ।

त्यसैगरी, वर्षायाममा हिलाम्मे हुने सडक र अव्यवस्थित ढल निकासका कारण स्थानीयले वर्षेनि सास्ती खेप्नुपरेको गुनासो पनि व्यापक रूपमा आएको थियो । सरार्फले गुणस्तरीय सडक निर्माण, पक्की नाली व्यवस्था र प्रभावकारी ढल निकास प्रणाली विकास गरिने बताए । विकास निर्माणका योजनाहरूलाई पारदर्शी र समयबद्ध रूपमा सम्पन्न गर्न स्थानीय तह र संघीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ थियो ।

भेटघाटका क्रममा भूमिसम्बन्धी विवाद, सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण रोकथामका विषय पनि उठेका थिए । सार्वजनिक सम्पत्तिको संरक्षणमा ढिलासुस्ती हुँदा भविष्यमा थप जटिलता निम्तिने भन्दै सरार्फले पारदर्शी प्रशासनिक प्रणालीमार्फत यस्ता समस्या समाधान गरिने आश्वासन दिए । भूमिसम्बन्धी अभिलेख व्यवस्थापनलाई डिजिटल प्रणालीमा लैजान पहल गरिने र विवाद समाधानका लागि सहज तथा छिटो प्रक्रिया अवलम्बन गरिने उनले बताए ।

युवाहरूका लागि रोजगारी सिर्जना आफ्नो मुख्य एजेन्डा रहेको सरार्फले दोहोर्‍याए । वैदेशिक रोजगारीमा जान बाध्य युवालाई स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिँदै उनले सीपमूलक तालिम, उद्यमशीलता प्रवद्र्धन र साना तथा घरेलु उद्योग विस्तारमा विशेष कार्यक्रम ल्याइने बताए । स्थानीय स्रोत–साधनको उपयोग गरी उद्योग स्थापना, कृषि आधुनिकीकरण तथा सेवा क्षेत्रमा लगानी आकर्षित गरिने उनको प्रतिबद्धता थियो ।

स्वास्थ्य र शिक्षाको गुणस्तर सुधारलाई पनि उनले प्राथमिकतामा राखेका छन् । वडा स्तरका स्वास्थ्य चौकीहरूको स्तरोन्नति, आवश्यक औषधि आपूर्ति व्यवस्थापन तथा विशेषज्ञ सेवाको पहुँच विस्तारका लागि पहल गरिने उनले बताए । शिक्षाको क्षेत्रमा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधार, दक्ष शिक्षक व्यवस्थापन र प्रविधिमैत्री शिक्षण पद्धति लागू गरिने उनको योजना छ । घरदैलो कार्यक्रममा स्थानीय युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय सहभागिता देखिएको थियो ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

भदौ ३, २०८३
अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

भदौ ३, २०८३
वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

भदौ ३, २०८३
साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

भदौ ३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि