Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज-७ मा जसपा र काँग्रेसका नेता एमाले प्रवेश, देश जोगाउने शक्तिलाई रोज्नुस् : प्रदीप यादव

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ९, २०८२
वीरगंज-७ मा जसपा र काँग्रेसका नेता एमाले प्रवेश, देश जोगाउने शक्तिलाई रोज्नुस् : प्रदीप यादव

वीरगंज (पर्सा), ९ फागुन । वीरगंज महानगरपालिका–७ मा सम्पन्न एक विशेष कार्यक्रममा विभिन्न दल परित्याग गर्दै केही प्रभावशाली स्थानीय नेता नेकपा (एमाले) मा प्रवेश गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका स्थानीय नेता तथा वडाध्यक्षका आकांक्षी दीपक महतोले एमाले रोज्दै औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन् ।

महतोसँगै शिवजी गुप्ता, महिला नेतृ सुनिता देवी, नेपाली काँग्रेसका नेता सियाराम नेपाली लगायत सयौँ स्थानीय कार्यकर्ताले पनि आ–आफ्नो दल छाडेर एमालेमा आबद्धता जनाएका छन् । नवप्रवेशीहरूलाई पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवले फूलमाला र गम्छा ओढाएर स्वागत गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै यादवले दीपक महतो र शिवजी गुप्ताजस्ता स्थानीय प्रभावशाली व्यक्तित्वहरूको आगमनले वडा नम्बर ७ मा एमालेको संगठनात्मक आधार थप सुदृढ भएको बताए । ‘यस प्रवेशले पार्टीलाई नयाँ ऊर्जा र बल दिएको छ,’ उनले उल्लेख गरे ।

आगामी निर्वाचनलाई ‘देश जलाउने र देश जोगाउने शक्तिबीचको प्रतिस्पर्धा’ का रूपमा चित्रित गर्दै यादवले राष्ट्रियता, संघीयता र अखण्डताको रक्षाका लागि एमालेलाई मत दिन मतदातासँग आग्रह गरे । देश अप्ठ्यारो परिस्थितिमा हुँदा खुला रूपमा राष्ट्रको पक्षमा बोल्ने पहिलो नेता एमाले अध्यक्ष केपी शर्मा ओली भएको दाबी गर्दै उनले ओलीजस्ता नेतृत्वको आवश्यकता औँल्याए । वैदेशिक हस्तक्षेप रोक्न र देशलाई स्थायित्व दिन ओली भावी प्रधानमन्त्री बन्नुपर्ने उनको भनाइ थियो ।

यादवले नेपाली काँग्रेसमाथि पनि कडा टिप्पणी गरे । काँग्रेसले आफूलाई नयाँ अनुहारका रूपमा प्रस्तुत गरे पनि पटक–पटक निर्वाचन लड्ने व्यक्तिहरूलाई टिकट दिएको भन्दै उनले आलोचना गरे । पर्सा–१ का काँग्रेस उम्मेदवार व्यवसायिक पृष्ठभूमिबाट आएको उल्लेख गर्दै उनले राजनीतिक योगदान र सामाजिक सक्रियतामाथि प्रश्न उठाए । ‘पाँच वर्ष व्यवसायमा व्यस्त रहने र चुनावका बेला मात्र मत माग्न आउने प्रवृत्ति अब स्वीकार्य हुँदैन,’ उनले भने ।

आफू यसअघि पर्सा–१ बाट निर्वाचित सांसदका रूपमा विकास निर्माण तथा परोपकारी क्षेत्रमा गरेको कामको चर्चा गर्दै यादवले मतदातालाई काम गर्ने नेतालाई रोज्न आग्रह गरे ।

यसैगरि पर्सा क्षेत्र नम्बर १ मा पर्ने वीरगंज महानगरपालिकाको वडा नम्बर २१ श्रीपुर र वडा नम्बर १२ मा शनिबार नेकपा एमालेको चुनावी घरदैलो, चुनावी कार्यालय स्थापना र पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । वीरगंज महानगरपालिका वडा नम्बर २१ श्रीपुरमा एमाले उम्मेदवार प्रदीप यादवले चुनावी घरदैलो गरेपछि चुनावी सम्पर्क कार्यालयको उद्घाटन गरे । त्यहिअवसरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा रेहान मन्सुरीको अगुवाईमा जालिम मियाँ, सैफ अली, इरफान मन्सुरी लगायतका जेनजी युवाहरु एमालेमा प्रवेश गरे । उनिहरुलाई एमाले उम्मेदवार यादवले अबीरटीका लगाएर पार्टीमा स्वागत गरे ।

त्यसपछि वडा नम्बर १२ मा पनि घरदैलो गरेका यादवले पार्टीको चुनावी सम्पर्क कार्यालयको उद्घाटन गरे । त्यसअवसरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा युवा नेता मदन गुप्ताको नेतृत्वमा दर्जनौ स्थानीय युवाहरुलाई उम्मेदवार यादवले अबीरटीका लगाएर पार्टीमा प्रवेश गराएका थिए ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

भदौ ३, २०८३
अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

भदौ ३, २०८३
वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

भदौ ३, २०८३
साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

भदौ ३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि