Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज-४, ५ मा प्रदीप यादवको घरदैलो, मतदातासँग प्रत्यक्ष संवाद

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ७, २०८२
वीरगंज-४, ५ मा प्रदीप यादवको घरदैलो, मतदातासँग प्रत्यक्ष संवाद

वीरगंज (पर्सा), ७ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदका नेकपा (एमाले) उम्मेदवार प्रदीप यादवले बिहीबार वीरगंज महानगरपालिका ४ र ५ मा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनको पूर्वसन्ध्यामा आयोजित यस कार्यक्रममा यादवले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो विगतको योगदानको मूल्याङ्कन गर्न र सही नेतृत्वमा आफ्नो मत दिन आग्रह गरेका थिए ।

कार्यक्रमका क्रममा यादवले दुवै वडाका प्रत्येक घरमा पुगेर स्थानीय मतदातासँग भेटघाट गरेका थिए । उनले जनताको सुख दुखमा सधैं उपस्थित रहेर काम गरेका नेतालाई चयन गर्नुपर्नेमा जोड दिए । पूर्व मन्त्रीसमेत रहेका यादवले निर्वाचनले केवल क्षेत्रीय मात्रै नभई राष्ट्रिय स्तरमा देशको भविष्य निर्धारण गर्ने भएकाले मतदाताले आफ्नो अमूल्य मत विवेकपूर्ण प्रयोग गर्नुपर्ने बताउँदै, ‘सही व्यक्ति र दललाई मतदान गर्नु आजको जिम्मेवारी हो,’ भन्दै मतदाता अगाडि स्पष्ट अपील गरेका थिए ।

यादवले आफ्नो विगतका दुई कार्यकालका अनुभव र योगदानलाई स्मरण गराउँदै क्षेत्रको पूर्वाधार, स्वास्थ्य, शिक्षा र रोजगारी क्षेत्रमा गरेको कामको मूल्याङ्कन गर्न मतदातालाई आग्रह गरे। उनले चुनावी मौसमी नेता र केवल भोटका लागि देखिने ‘स्टन्ट’ गर्ने नेताबाट सावधान रहन सुझाव दिँदै भने, ‘म चुनावी मौसमी नेता होइन, जनताले यसलाई बुझ्न सक्छन् । केहीले भोटका लागि जे पनि बोल्छन्, तर चुनावपछि गायब हुन्छन् । यो देशलाई संकटबाट बाहिर निकाल्न सक्ने दल एमाले मात्रै हो ।’

यादवले आफ्नो अभियान पूर्णतया विकास र जनताको आवश्यकता केन्द्रित रहेको बताउँदै, एमालेको नेतृत्वमा मात्रै स्थायी समृद्धि सम्भव भएको दाबी गरे । उनले मतदातालाई एमालेमा मतदान गर्न आग्रह गर्दै भने, ‘अमूल्य मत दिदै विकास र स्थायित्व सुनिश्चित गर्न सक्ने पार्टीलाई समर्थन गर्नु जरुरी छ ।’ घरदैलो कार्यक्रममा नेकपा (एमाले) की केन्द्रीय सदस्य निर्मला देवकोटा, क्षेत्रीय संयोजक मानदेव हजरा, नेताहरू शम्भु गुप्ता, सुन्दर कुर्मी, वडा नम्बर ५ का वडाध्यक्ष प्रदीप चौरसिया लगायतका पदाधिकारीहरूले पनि सहभागिता जनाउँदै मतदातासँग संवाद गरेका थिए ।

स्थानीयहरूले यादवको विगतका कार्यहरूलाई सकारात्मक रूपमा मूल्याङ्कन गर्दै निर्वाचनमा समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यस कार्यक्रमले पर्सा १ मा एमालेको पक्षमा मतदाता सम्बन्ध सुदृढ गर्दै चुनावी रणनीतिलाई थप बलियो बनाएको विश्लेषकहरूले बताएका छन् ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशनः पर्साका पाँच नेता केन्द्रीय कार्यसमितिमा, चौधरी र कुर्मी पराजित

कांग्रेसको १५औँ महाधिवेशनः पर्साका पाँच नेता केन्द्रीय कार्यसमितिमा, चौधरी र कुर्मी पराजित

अशोज ३१, २०८३
औद्योगिक करिडोरका श्रमिकका पीडाः न्यूनतम पारिश्रमिकदेखि सामाजिक सुरक्षासम्म समस्या

औद्योगिक करिडोरका श्रमिकका पीडाः न्यूनतम पारिश्रमिकदेखि सामाजिक सुरक्षासम्म समस्या

अशोज ३१, २०८३
चाडपर्वमा बासी र अस्वच्छ खाना बिक्री गरे कारबाही, होटल तथा मिठाइ पसललाई विभागको चेतावनी

चाडपर्वमा बासी र अस्वच्छ खाना बिक्री गरे कारबाही, होटल तथा मिठाइ पसललाई विभागको चेतावनी

अशोज ३१, २०८३
चाडपर्वमा चिनी अभाव हुन नदिन सरकारको तयारी, २२ हजार क्विन्टल मौज्दात

चाडपर्वमा चिनी अभाव हुन नदिन सरकारको तयारी, २२ हजार क्विन्टल मौज्दात

अशोज ३१, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि