Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज-४, ५ मा प्रदीप यादवको घरदैलो, मतदातासँग प्रत्यक्ष संवाद

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ७, २०८२
वीरगंज-४, ५ मा प्रदीप यादवको घरदैलो, मतदातासँग प्रत्यक्ष संवाद

वीरगंज (पर्सा), ७ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदका नेकपा (एमाले) उम्मेदवार प्रदीप यादवले बिहीबार वीरगंज महानगरपालिका ४ र ५ मा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनको पूर्वसन्ध्यामा आयोजित यस कार्यक्रममा यादवले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो विगतको योगदानको मूल्याङ्कन गर्न र सही नेतृत्वमा आफ्नो मत दिन आग्रह गरेका थिए ।

कार्यक्रमका क्रममा यादवले दुवै वडाका प्रत्येक घरमा पुगेर स्थानीय मतदातासँग भेटघाट गरेका थिए । उनले जनताको सुख दुखमा सधैं उपस्थित रहेर काम गरेका नेतालाई चयन गर्नुपर्नेमा जोड दिए । पूर्व मन्त्रीसमेत रहेका यादवले निर्वाचनले केवल क्षेत्रीय मात्रै नभई राष्ट्रिय स्तरमा देशको भविष्य निर्धारण गर्ने भएकाले मतदाताले आफ्नो अमूल्य मत विवेकपूर्ण प्रयोग गर्नुपर्ने बताउँदै, ‘सही व्यक्ति र दललाई मतदान गर्नु आजको जिम्मेवारी हो,’ भन्दै मतदाता अगाडि स्पष्ट अपील गरेका थिए ।

यादवले आफ्नो विगतका दुई कार्यकालका अनुभव र योगदानलाई स्मरण गराउँदै क्षेत्रको पूर्वाधार, स्वास्थ्य, शिक्षा र रोजगारी क्षेत्रमा गरेको कामको मूल्याङ्कन गर्न मतदातालाई आग्रह गरे। उनले चुनावी मौसमी नेता र केवल भोटका लागि देखिने ‘स्टन्ट’ गर्ने नेताबाट सावधान रहन सुझाव दिँदै भने, ‘म चुनावी मौसमी नेता होइन, जनताले यसलाई बुझ्न सक्छन् । केहीले भोटका लागि जे पनि बोल्छन्, तर चुनावपछि गायब हुन्छन् । यो देशलाई संकटबाट बाहिर निकाल्न सक्ने दल एमाले मात्रै हो ।’

यादवले आफ्नो अभियान पूर्णतया विकास र जनताको आवश्यकता केन्द्रित रहेको बताउँदै, एमालेको नेतृत्वमा मात्रै स्थायी समृद्धि सम्भव भएको दाबी गरे । उनले मतदातालाई एमालेमा मतदान गर्न आग्रह गर्दै भने, ‘अमूल्य मत दिदै विकास र स्थायित्व सुनिश्चित गर्न सक्ने पार्टीलाई समर्थन गर्नु जरुरी छ ।’ घरदैलो कार्यक्रममा नेकपा (एमाले) की केन्द्रीय सदस्य निर्मला देवकोटा, क्षेत्रीय संयोजक मानदेव हजरा, नेताहरू शम्भु गुप्ता, सुन्दर कुर्मी, वडा नम्बर ५ का वडाध्यक्ष प्रदीप चौरसिया लगायतका पदाधिकारीहरूले पनि सहभागिता जनाउँदै मतदातासँग संवाद गरेका थिए ।

स्थानीयहरूले यादवको विगतका कार्यहरूलाई सकारात्मक रूपमा मूल्याङ्कन गर्दै निर्वाचनमा समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यस कार्यक्रमले पर्सा १ मा एमालेको पक्षमा मतदाता सम्बन्ध सुदृढ गर्दै चुनावी रणनीतिलाई थप बलियो बनाएको विश्लेषकहरूले बताएका छन् ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

भदौ ३, २०८३
अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

भदौ ३, २०८३
वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

भदौ ३, २०८३
साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

भदौ ३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि